शेर्पा किदुग अमेरिकाले आर्थिक सहयोग हस्तान्तरण

शेर्पा किदुग अमेरिकाले अपांगता भएका सोलुखुम्बु नेचा सल्यानका पासाङ शेर्पालाई रु पाँच लाख ७४ हजार सात सय ७० रुपैयाँ सहयोग गरेको छ । त्यस्तै नेपाल डिप्राइभ्ड हुमल अपलिफ्ट्मेन्ट सेन्टरका संस्थापक राजन विश्वकर्मालाई नगद रु एक लाख २३ हजार नौ सय ७० रकम हस्तान्तरण गरेका छन । आइताबार नेपालमा रहेका शेर्पा सेवा केन्द्र,हिमालयन शेर्पा साँस्कृतिक केन्द्र शेर्पा सञ्चार समूह नेपाल लगायतका संघ संस्था तथा विभिन्न ब्यक्तित्वहरु लगायतको उपस्थितिमा बुढनिकण्ठ चपली स्थित पासाङ शेर्पाको होटलमा सानो कार्यक्रम गरी शेर्पा किदुग अमेरिकका खेलकुद विभाग संयोजक पुर्वा शेर्पाले रकम हस्तान्तरण गर्नु भएको हो ।
वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका पासाङ शेर्पा अचानक विरामी भएपछि अस्पताल भर्ना भएका थिए । क्यान्सर भएको भन्दै मलेसियामा नै उनको दाहिने खुट्टा काटेको थियो । त्यस पछि विभिन्न व्यतिmत्वहरुको सहयोगमा केहि दिनको उपचार पछि नेपालमा ल्याएका पासाङ शेर्पा अहिले पनि उपचारकै कार्यक्रम हुनुहुन्छ । आफ्नो साथीभाई सहयोगमा वैशाखीको साहारामा पासाङ शेर्पा अहिले होटल सञ्चालन गरि रहेका छन । रकम हस्तान्तरण समोरोहमा बोल्दै शेर्पा सेवा केन्द्रका अध्यक्ष सोनाम छोटी शेर्पाले आर्थिक अवस्था कमजोर भएको व्यक्तिलाई आर्थिक सहयोग उपलब्ध गराएकोमा शेर्पा किदुक अमेरिकलाई धन्यबाद व्यक्त गर्नुभयो ।
शेर्पा किदुग अमेरिकाका खेलखुद विभाग प्रमुख पुर्वा शेर्पाले किदुगले अमेरिकामा रहेका शेर्पाहरुलाई पनि एकजुट गराई अमेरिकामा मात्र नभई आफ्नो मुलुकका दाजुभाई दिदीबहिनीहरुलाई सहयोग गर्न पाउदा खुशी लागेको र यस्ता कार्य किदुगले आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । रकम हस्तान्तरण कार्यक्रममा शेर्पा सेवा केन्द्रका अध्यक्ष सोनाम छोटी शेर्पा, हिमालयन साँस्कृतिक कैन्द्रका अध्यक्ष छिरिङ शेर्पा, मिस शेर्पा २०१७ सोनाम डोल्मा शेर्पा, कलाकार छोङबा शेर्पा, आरोही काजी शेर्पा, शेर्पा संचार समूह नेपालका अध्यक्ष निम्लेकी शेर्पा ,नेपाल डिप्राइभ्ड हुमल अपलिफ्ट्मेन्ट सेन्टरका संस्थापक राजन विश्वकर्मा आदिको उपस्थिति रहेको थियो ।
श्रोत: शेर्पा संचार समुह
Other News
Kyidug notice add notice
Public notice add notice
events calendar
Advertisement matters! You can Advertise your business using this space.
copyright © 2019 United Sherpa Association terms of use | privacy policy | charitable solicitation disclosures
site developed by : sherpa technologies
The site is conceptualized by Gelu Sherpa.