शेर्पा किदुग अमेरिकाको सन २०१९ देखि २०२१ सम्माको नव निर्बाचित कार्यसमितिको सदस्यहरुलाई शेर्पा किदुगका प्रमुख धर्म गुरु उर्गेन टुल्कुज्युबाट शेर्पा र नेपाली भाषामा सपथ ग्रहण गरिएका छ। बौद्धमार्गीहरुको महान तिथी दशमीको दिन शेर्पा किदुगको भवनमा अयोजित उक्त कार्यक्रममा निर्वाचन समितिका सदस्यहरु, संरक्षक समितिका सदस्य, धर्म गुरुहरु लगायत किदुगका संरक्षक अजिबन र साधारण सदस्यहरुको उल्लेखिय उपाथिति रहेको थियो।

नब निर्बाचित सदस्यहरुले त्रिरत्नसामु दुई बर्षको लागि तन मन र बचनका साथ संस्थाका बिधानलाई पालना गरी निस्वार्थ भावनाले संस्थाको हितको लागि कार्य गर्ने प्रतिज्ञा गरेका छन। निर्वाचन समितिले नव निर्बाचित कार्य समितिका सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए भने उपस्थित सबै सदस्यहरुले खाताग लगाई बधाई तथा शुभ कामना दिए।

नयाँ कार्य समितिलाई पूर्णता र कार्य बिभाजन:

शेर्पा किदुगमा उर्गेन शेर्पाको नेतृत्वमा १५ सदस्य नया कार्यसमिति चयन गरी कार्य बिभाजन गरिएको छ।अध्यक्ष उर्गेन शेर्पा दोश्रो पटक पुन अध्यक्ष बनेका हुन। ११ जना सर्ब सम्मातबाट निर्बाचित भएका समितिमा चार जना मनोनित गरिएको छ जसमा निमा नुर्ब शेर्पा, सानु शेर्पा, पासाङ दिकी शेर्पा र पेमा छेवाङ शेर्पा रहेका छन। त्यस्तै नयाँ कार्य समितीका निर्णय अनुसार दुई रिक्त स्थानमा पासाङ गेल्जेन शेर्पा र ङवाङ थाम्जेन शेर्पालाई मनोनित गरि कार्य समितिलाई पूर्णता दिई कार्य बिभाजन गरिएको छ।

नयाँ कार्य समितिका पदाधिकारीहरु:

अध्यक्ष: श्री उर्गेन शेर्पा ( लोदिङ, सोलुखुम्बु)
उपध्यक्ष: श्री फुर्बा शेर्पा (च्याङ्मित्याङ,सोलुखुम्बु): संयोजक खेलकुद समिती
महासचिब: श्री कर्मा लामा (दोलखा),
सचिब: श्री निमा नुर्बु शेर्पा ( नाम्चे, सोलुखुम्बु): संयोजक प्रचार प्रसार समिती
कोषाध्यक्ष: श्रमती छिरिङ शेर्पा ( रामेछाप)
सकोषाध्यक्ष: श्री सानु शेर्पा (दोलखा): संयोजक चालक समिती
प्रबक्ता: श्री फरा देन्डी शेर्पा ( भोजपुर): संयोजक कला तथा संगीत
श्री पाल्जर शेर्पा (रामेछाप): संयोजक छात्रवृत्ति समिती
श्रेमती कान्छी लामा (जाम्बुक, सोलुखुम्बु): संयोजक अतिथी सत्कार समिती
श्री ङवाङ तेन्जी शेर्पा (केरुङ, सोलुखुम्बु): संयोजक शेर्वी रिग्स्युङ लोप्टा
श्रीमती याङ्चेन डोल्मा शेर्पा (सिन्दुपल्चोक): संयोजक सामाजिक तथा मानबिय सेवा समिती
श्रेमती पासाङ दिकी शेर्पा( थामे, सोलुखुम्बु): धार्मिक कार्यक्रम समिती
श्रीमान पेमा छेवाङ शेर्पा( खरिखोला, सोलुखुम्बु): संयोजक जनसंपर्क समिती
श्री पासाङ गेल्जेन शेर्पा( फेरा, सोलुखुम्बु: संयोजक स्वयम सेवक समिती
श्री ङवाङ थाम्जेन शेर्पा (खुम्जुङ, सोलुखुम्बु): संयोजक महिला सशक्तिकरण समिती

बिद्यार्थी तथा युबा ब्यवसायिकहरुको लागि एनएसएसपी, गुम्बा निर्माण तथा आर्थिक संकलनका लागि संरक्षक समिती, युबा तथा खेलकुदको लागि खेलकुद समिती (युएफसी), आर्थिक गतिबिधीको लागि लेखा समिती, धर्म संस्कृतिको लागि शेर्वी रिग्स्युङ लोप्टा रहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat