हाम्रो ल्हप्सो जग्गामा टॉंगिने लुङदरहरू वातवरण मैत्री तथा छिट्टै सड्ने (Environment Friendly, Biodegradable) खालको मात्रै टॉंङ्न मिल्ने निर्णय भई प्रथम पटक,गत महिनाको पहिलो हप्तामा रामेछाप शेर्पा समाज अमेरिका (Ramechhap Sherpa Society America) को पहलमा पुराना लुङदरहरू निकालेर नयॉं वातवरण मैत्री तथा छिट्टै सड्ने खालको (Environment Friendly, Biodegradable) लुङदरहरू ,शेर्पा किदुग अमेरिका बाट खरिद गरि ,धुमधाम् संग साङ सर्किम पुजापाठ गरि टॉंङ्ने कार्य सम्पन्न गरिएको थियो ।

अतः आउदै गरेको बार्षिक शेर्पा ल्हप्सो को अवसरमा लुङदरहरू टॉंङ्न चाहानुहुने सम्पूर्णमा शेर्पा किदुग अमेरिकाबाट सहुलियत दरमा खरिद गरि टॉंङ्नहून अनुरोध गरिन्छ ।
नोट#
वातवरण मैत्री , छिट्टै सड्ने (Environment Friendly, Biodegradable) खालको लुङदरहरू मात्रै टॉंङ्न पाऊने जानकारी पनि सबैलाई गर्दछौं ।

साथै हाम्रो शेर्पा ल्हप्सो जग्गामा रहेका चोदरहरू पनि फेर्नु पर्ने भएको हुंदा चोदरका जिन्दकहरूलाई शेर्पा किदुग अमेरिकको कार्यलयमा प्रति चोदर १०८ डलर ($108.00) का दरमा उपलब्ध रहेको समेत जानकारी गराउँदछौ॥

थप जानकारीको लागि शेर्पा किदुग अमेरिकामा सम्पर्क गर्न हुन समेत अनुरोध गर्दछौं ।
टेलीफोन :७१८७७९७३००(7187797300)
धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat