सम्पूर्ण संघ-संस्था, छोक्पा-चिछोग तथा अन्य शेर्पा समुहहरूको अध्यक्ष, उपाध्यक्ष, महॉंसचिव, संयोजक तथा प्रतिनिधि ज्यूहरूमा न्यनो अभिवादन टसिदेलेग !

गत आईतबार जुन ५ तारिख सन् २०२२ को दिन बसेको युनाईटेड शेर्पा एसोसिएशन ( यु. एस. ए. ) ईंक. / शेर्पा किदुग अमेरिका को बोर्डको ( कार्य समितिको)बैठकले युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक / शेर्पा किदुग अमेरिकाको मुटुको रुपमा रहेको हाम्रो शेर्वी रिग्शुङ लोप्टाको अघुवाई तथा ब्यवस्थापनमा प्रत्येक महिना गरिदै आएको डोल्छोग (माता तारा को पुजा) बिभिन्न स्थानका शेर्पा हरू बाट लावा समुह बनाई पालै पालो गरिदै आएकोमा अब उप्रान्त शेर्पा किदुग अमेरिका मा आबद्ध सम्पूर्ण शेर्पा संघ-संस्था, छोक्पा-चिछोगहरू बाट पालै पालो लावा लिएर डोल्छोग गर्ने निर्णय भए अनुसार यो सुचना यहॉंहरू माझ प्रक्षेपण गरिएको भनी अनुरोध गर्दछौं ।
आफ्नो लावाको पालो कहिले पर्छ भन्ने कुरा गोला प्रथा बाट निर्धारण गर्न सबैजना लाई शेर्पा किदुगमा बोलाई रहनु भन्दा लाईभ प्रसारण गर्दै शेर्पा किगुग अमेरिकाको बोर्डका मेम्बरहरू बाटै लावा छोक्पाहरूको नाम निर्धारण गर्ने भन्ने निधो भएको अवगत गर्दै यस संबन्धी सल्लाह सुजाब दिनु हुन अनुरोध गर्दछौं ।
थुचिछे

शेर्वी रिग्शुङ लोप्टा समिति
युनाईटेड शेर्पा एसोसिएशन ( यु. एस. ए. ) ईंक. / शेर्पा किदुग अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat