आज मार्च १६ तरिक  शनिबार  बौद्ध ज्योतिष शास्त्र अनुसार  छेचु परेको हुनले, यस पवन अवसरमा सधैं झै न्येउ योर्क शेर्पा किदुका लामा गुरुहरु, किदुकका विशिस्ट व्यक्तिहरु, सदस्यहरु अन्या भक्तजानहरू भेला भै पुजा  गर्नु भयो। 

छेचुको बारेमा संक्षिप्त ब्याख्या गर्नु पर्दा यो गुरु पद्मसम्भव अर्थातगुरु रिन्पोछेको जीवन लिला सँग सम्बन्धित रहेको छ। बाह्र महिनामा बाह्र शुक्ल पक्ष दशमी ( छेचु ) हुन्छन, जस्तै: गुरु पद्मासम्भव को जन्म, उहाँले ज्ञान प्राप्त गर्नु भएको दिन, अमर सिद्ध प्राप्त गर्नुभएको दिन, विभिन्न धर्म विरोधी भुत प्रेत हरुलाइ प्रतिकार गर्नु भएको दिन एवम् उहाँको शिष्यहरुलाई उपदेश दिनुभएको  दिनहरु अलगअलग महिनाको दशमीकै दिन पर्ने गर्दछ।

उहाँको योगदान अत्तिनै असीम छन, बिशाल  छन। यस विभिन्न योगदानहरु मध्ये बिशेष गरि भोट नेपालको हिमाली क्षेत्रमाहरुमा बौद्ध धर्म बिकास, प्रचार प्रसार  बिस्तृत रुपले फैलाउन उहाँको अतुलनीय योगदान रहेकोछ। गुरु पद्मामासम्भव जस्तो ब्याक्ती यदि हाम्रो हिमाली क्षेत्र भोट जस्तो ठाँउमा आउनु नभएको भए आज हामीले सायद बौद्ध धर्म दर्शनलाई यसरी अनुसरण गर्ने मौका पाउने थिएन। त्यस कारण हामी माहायनि धर्मलम्बीहरुले उहाँलाई मुल गुरुको रूपमा मानिन्छन, उहाँ लाई दोस्रो बुद्धको रुपमा पनि पुजिन्ने गरिन्छ। 

उहाँले ग्रन्थहरूमा भबिस्यबाणी गरि वचन दिनु भएको छ। जस्ले गुरु पद्मसम्भवालाइ याद गरि श्रद्धा भक्तिका साथ ध्यान गर्छ, पाठ पुजा गर्छ, मन्त्र जब गर्छ त्यस ब्याक्तीहरूको शिरमा सधै  हुनेछु रक्षा गर्ने छु भन्नुभएको छ। त्यस कारण माहायनी बौद्ध धर्मलम्बी हरु यस दशमी( छेचु) को दिनमा विभिन्न पुजा पाठ गरि भव्य रूपमा मनाइन्छ।  

पद्मसम्भवको मन्त्र मात्रै जब गर्नले पनि मन शान्ति हुने लाभ हुने विभिन्न किसिमका दु: कष्ट हटेर  जाने हुन्छ। यस्ता तिथिहरुमा गरेको पुण्यको फल अरु दिन हरुमा गरेको भन्दा धेरै गुन बढी हुने ग्रन्थहरुमा उन्लेखित छ्न। 
उहाँको मुल मन्त्र ( ओंम हुँ बज्र गुरु पद्म सिद्दी हुँ ) रहेको छ। यस मन्त्रलाई सक्दो जाप गर्नु सके अति राम्रो हुन्छ। भवतु सर्वमंगलम।

 

Name lists of Tse-chu Jindaks
1. Tsering Sherpa (Darjeling)
2. Ang Nima Sherpa (Khumjung)
3. Ang Jangbu Sherpa (Khumjung)
4. Sherap Jangbu Sherpa (Khumjung)
5. Ang Phurwa Sherpa (Thamo)
6. Tsutrim Nuru Sherpa (Phurte)

Article Written by Pasang Futi Sherpa (khumbule.com)

A glimpse of Tse-chu Puja

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat