र्पा किदुग स्थापनाको एक्काइसौँ वर्षमा प्रवेशको उपलक्ष्यमा मानव लगायत सम्पूर्ण प्राणीहरुको सुख शान्ति र प्रगतिको लागि एक्काईस ताराको पूजा ( डोल्क्षोक् ) आयोजना भएकोमा थियो |

बिहान ९ बजे देखि १२ बजे सम्म श्यार्वी रिग्श्युङ् लोप्टाको संयोजनमा डोल्क्षोक् (तारा पूजा) भए पछि दिउँसो २ देखि ६ बजे सम्म छेचु लावाहरु द्वारा नियमित रुपमा संचालन हुँदै आएको छेचु पूजा गरिएको थियो |

अाजै एक छुट्टै समारोहका साथ बिश्व शान्तिको लागि श्यार्वी रिग्श्युङ् लोप्टाले प्रायोजन गरेको सौर्य उर्जाबाट बल्ने, बातावरण मैत्री एक सय आठ बत्ती बाल्ने कार्यक्रम पनि सम्पन्न भएको छ |

लामा गुरुहरुद्वारा दीप प्राणिधानका साथ समुद्घाटित ती बत्तीहरुले शेर्पा किदुगको बगैंचाबाट निरन्तर रुपमा बिश्व शान्तिको सन्देश प्रवाह गरिरहने छन् |

बत्ती चढाउने श्यार्वी रिग्श्युङ् लोप्टाका विद्यार्थीहरु, तारा पूजाको लागि आर्थिक सहयोग गर्ने दाता महानुभावहरू र छेचु लावाहरु सबैलाई धन्यवाद |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat