शेर्पा किदुग अमेरिकाले बार्षिक रूपमा मनाउने ल्हासो पूजा यो वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ। भोट पात्रो अनुसार हिमाली बौद्ध धर्मावलम्बीहरूले पहिलो महिनाको तेस्रो दिन ल्हासो पूजा गर्नुपर्ने भए पनि न्यूयोर्कबासी शेर्पा समुदायले वृद्ध र बाल -बच्चाहरू लगायत सबैको सुविधालाई मध्य नजर गक्दै यो बर्ष ल्हासो पूजा अप्रिलको १४ तारिक आयोजना गरिएको थियो। विहानको ९ बजे देखि लामाहरूले रिवोसाङ् पूजा र सोही दिन (छेचु) दशमी परेको हुनाले गुरू रिन्पोचेको पूजा गर्नु भयो। पुजा सकेपछि लामाहरूले लामा नृत्य(क्षाम्) प्रदर्शन गर्नु भएको थियो।उक्त प्रदर्शनीमा सेर्केम् क्षाम्, किङरू क्षाम् र दोर्जे ड्रोलो क्षाम् समावेश गरिएको थियो ।
त्यसपछि लामा लगायत सबै सहभागीहरूले के-के सो-सो ल्हा ग्याल्लो भन्दै सेतो पिठो आकाशतिर छर्किएर एकै स्वरमा देवी देवताहरूको जय जयकार गर्नु भयो। लामाहरूको पूजा पाठ सबै सकिइसके पश्चात शब्रू र डि.जे नाच गरेर हर्षोल्लासको साथ ल्हासोल मनाइयो।ल्हासोलमा सहभागी हुनेहरूको लागि आयोजक समितिले २१ वाट बसको व्यवस्था गरेको थियो साथै लगभग १५0 निजी सवारी पनि लिएर उपस्थित भएका थिए ।ल्हासोल शब्द हिमाली बौद्धमार्गीहरूको भाषा हो, यसलाई सम्भोट लिपिमा लेखिएको हुन्छ।ल्हासोलको अर्थ( ल्हा) भन्नाले स्थानिय देवी,देवता र डाकिनि ईत्यादि भनेर बुझिन्छ। (सोल) भन्नले चढ़ाएको वा खानु होस्, लगाउनु होस् भनेर स्थानिय देवी देवताको पूजा गरेर यो वर्ष भरी आपत-बाधा केही नहोस् भनि प्रार्थना गरिएको हो।

बौद्ध शास्त्र अनुसार स्थानिय देवी देवताहरू पानीमा, जमीन मुनि र पहाड़मा बस्छन् । यी देवी देवताहरूलाई खुशी बनाएमा हामीलाई पनि खुशी मिल्छ। उनीहरू दुखी भएमा हामीलाई पनि दुख दिन्छन् भन्ने विभिन्न शास्त्राहरूमा लेखिएको पाईन्छ। यसको बारेमा एउटा भनाई पनि छ-पहिले तिब्बतमा मिला रेपा हुदाँ एउटा गाँउका मानिसहरू सबै विरामी भएका थिए र यो किन भएको हो भनी मिला रेपालाई प्रश्न राख्दा मिला रेपाले “तिमीहरूले खाना पकाउँदा खाना चुल्होमा पोखिएर त्यो धुँवाले स्थानिय देवी देवताहरू विरामी हुनुभएकाले त्यसैको असरले गाँउका मानिसहरू विरामी पर्न गएका हुन् त्यस्को लागि तिमीहरूले साङ पुजा गर्नु सबै शान्त हुन्छ भन्नु भएको थियो” त्यसैले ल्हासोल साङ् पूजा गर्दा हामीलाई धेरै फ़ायदाहरू हुने भएकोले शेर्पाहरूले वार्षिक रूपमा गर्ने ल्हासोल पुजा सधैं वाल्देन साक्या गोन्पामा मनाउदै आए पनि यो वर्ष कग्यु थुप्तेन क्षोलिं गोन्पामा मनायो।

हरेक वर्ष शेर्पा किंदुगले ल्हासो आयोजक समिती बनाएर ल्हासोलको जिम्मेवार सबै आयोजक समितिलाई दिने गरेको छ। त्यही आयोजाक समितीले पाँच छ महिना देखि रातदिन खटेर ल्हासोल पूजालाई सफाल बनाउने प्रयास गर्छन्। ल्हासोल पूजा शेर्पाहरूले आयोजना गरेपनि यसमा विभिन्न समूदायका मानिसहरू जस्तै योल्मो, मनाङ्गे, तिब्बती, भुटानी ईत्यादि पनि समावेश भएका थिए। यो वर्ष नयाँ स्थान र मौसमले पनि निक्कै साथ दिएको कारण आयोजकहरू र सहभागीहरू सबै खुशी देखिन्थे।

यो वर्षको आयोजक समितीमा १) पासाङ काजी शेर्पा छुलेमु सोलु २) दावा शेर्पा चौरिखर्क सोलु ३) आङ फुरि लामा बाम्ती भण्डार रामेछाप ४) सोनाम टि बरुवा लुङथाङ ताप्लेजुङ ५) वाङछु शेर्पा सोताङ सोलु ६) दोर्जी शेर्पा गोलि पिके सोलु ७) आङ छोग्याल शेर्पा कुरिमा सोलु ८) दावा शेर्पा तल्लो गार्मा सोलु ९) छिरिङ टि शेर्पा मैना पोखरी दोलखा १०) नुर्बु शेर्पा सुन्दर्चे सिन्धुपाल्चोक ११) साम्तेन जि शेर्पा खुम्जुङ सोलु रहेका छन्।

अन्त्यमा : कार्यक्रम सफल बनाउनु हुने आयोजक समितीलाई उपस्थित सबैले खाता लगाएर धन्यवादका साथ विदाई गर्नु भएको थियो भने आउँदो सालको लागि नयाँ आयोजक समिती चयन गरी यो वर्षको ल्हासोल पुजा सु-सम्पन्न गरियो।

भवतु सर्वमंगलम।

पासाङ् फुटी शेर्पा, (Freelancer)Khumbule.com

Lhapso 2019 random photos



Live Chat