संसारकै सबैभन्दा बढी बिबिधता भएको र विश्वकै राजधनी न्युयोर्कको मुटु ज्याक्सन हाइटमा अबस्थित शेर्पा किदुग गुम्बामा सा फो खि लो २१४५ लोशारको पहिलो दिन भब्य पूजा सम्पन्न भएको छ। चरा (च्या लो)बर्ष २१४४ लाई बिधाई गर्दै नयाँ बर्ष २१४५ (खी लो) लाई हर्षो उल्लसका साथ स्वागत गरिएको छ। बिहान देखिनै लामा गुरुहरुले साङ्सेर्किम साथ विश्व शान्ति र समस्त प्राणी जगतको कल्याणको लागि गरिएको पूजा कार्यक्रममा हिमालयन क्षेत्रका बौद्दमार्गी र अन्य लोशार प्रेमिहरुको भक्तजनहरुको हजारौ उपस्थिती रहेको थियो।

किदुगले पहिलो पटक भवन अगाडिको स्ट्रिटलाई पूर्ण बन्द गरी आयोजना गरिएको उक्त कार्यक्रममा न्युयोर्क सिटिको काउन्सिल मेन डेनियल ड्रमको उपस्थिती रहेको थियो। किदुगको प्रंगणमा नयाँ ध्वचापत्ता(तर्चोक) उठाउने र सामुहिक रुपमा “के सो सो ल्हा गेलो”भन्दै सेतो पिठो आकाशमा छर्की भगवानको अराधना र जयजयकरका साथ एक अर्कामा शुभकामना अदानप्रदान गरियो।

सामुहिक रुपमा गुम्बाको प्रंगणमै शेर्पाहरुको परम्परगत स्याब्रु नाचले कार्यक्रमलाई हिमालयन क्षेत्रलाई झाल्किने गरी थप आकर्षक बनाएका थिए।

शेर्पा किदुगले नै आयोजना गरिएको कार्यक्रममा किदुगका शैक्षिक तथा विद्यार्थी समिति एनएसएसपीले बालबालिकाहरुलाई लक्षित गर्दै बाल मैत्री लोसारको रुपमा बिबिध कार्यक्रमहरु गरियो। किदुगले बालबालिकाहरुलाई आफ्नो भाषा, धर्म र संस्कृति प्रति आकर्षित गर्दै समाजमा रहेको पुस्तान्तरको समस्यालाई न्युनिकरण गर्ने उद्धेश्यका साथ ९ बर्ष देखी १७ बर्ष सम्मको बालबलिकाहरुको लागि बिशेष “बाल ल्होसार कार्यक्रम” फेब्रुरी १७मा किदुगकै भवनमा आयोजना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat