फिलिपिनो महिलाको हत्या अभियोगमा कुवेतमा दस वर्ष काराबास जीवन बिताएर फर्किएकी सिन्धूपाल्चोक निबासी डोल्मा शेर्पालाई  शेर्पा किदुक अमेरिकाले ५ लाख ७ हजार सहयोग गरेको छ। काठमाण्ड‍ौमा एक कार्यक्रम अायोजना गरेर किदुकले शेर्पा सेवा केन्द्र मार्फत डोल्मालाई ५ लाख सहयोग गरेको हो। सहयोग रकम विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा शेर्पा किदुग अमेरिकाको कार्य समिति सदस्य श्रीमति फूली शेर्पाले निज डोल्मा शेर्पालाई हस्तान्तरण गर्नु भएको थियो ।

डोल्मा २०६२ सालमा घरेलु कामदारको रूपमा भारतीय बाटो हुँदै कुवेत पुगेकी थिइन्। एउटा घरमा सरसफाइको काम गर्नेक्रममा डोल्मालाई सहकर्मी फिलिपिनो महिलाको हत्या अभियोगमा कुवेत सरकारले पक्राउ गरेर अभियोग सदर गर्दै अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।  डोल्माको घटना विवरण थाहापाएपछि विभिन्न संघसंस्था मार्फत र व्यक्तिगत रूपमा पनि उनको जीबन रक्षाको लागि पहल शुरू गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat