न्युयोर्कमा ल्हाप्सो कार्यक्रम भब्यताका साथ सम्पन्न:

बिश्व शान्तिको कामनाका साथ शेर्पा समुदायले हरेक वर्ष मनाउदै आएको ल्हाप्सो कार्यक्रम यस पटक पनि भव्यताका साथ सम्पन्न भएको छ। हरेक बर्षझै यस बर्ष पनि न्यूयोर्क वल्देन स्थित छेचु कुन्सेलिङ गुम्बामा सम्पन्न ल्हाप्सो कार्यक्रममा उल्लेखेनिय ल्हाप्सोप्रेमिहरुको उपस्थिति रहेको थियो। ल्हाप्सो कार्यक्रम स्थलमा २१ वटा बस र २ सय प्राइभेट कारबाट गरि करिब २ हजार जनाभन्दा बढीको सहाभागीता रहेका थिए । शेर्पा किदुगको ल्हाप्सो आयोजक समितिले हरेक वर्ष वार्षिक रुपमा ल्हाप्सो कार्यक्रमको आयोजना गदै आएको छ । विगतमा ल्होसार आगमानको पहिलो हप्तामा हुदै आएको ल्हाप्सो जाडो मौसमको कारण गत वर्षदेखिन ल्होसार सकेको केही महिनापछि अयोजना गरिन्दै आएको छ। सधैझै गुम्बामा विहानीपुजापाठ सकेर लामाहरुको धार्मिक नृत्यहरु प्रस्तुत गर्दै सहाभागीहरुले आफनो साथमा ल्याएको लुङदा टागेका थिए त्यसपछि सवै जनाले हातको पिठो आकाशमा छर्केर क्ये क्ये स्हो स्हो ल्हा गेलो भन्दै बिस्व शान्तिको शुभकामना गर्दै सामुहिक रुपमा भगवानको जयजयकार गरेका थिए ।उक्त अवसरमा आचार्य ङवाङ सांगेले बुद्ध धर्मको बारेमा शिक्षा दिनु भएका थिए।

 

संयुक्त राष्ट्रसंघमा बुद्द जायन्ती कार्यक्रमको अयोजना

हरेक वर्षको बुद्ध पुणिर्मा अर्थात बुद्ध जन्मेको दिनलाई ‘ इन्टरनेशनल डे अफ बेसक ‘ संयुक्त राष्ट्रसंघ भनेर मनाउदै आएको छ । यसै अवसर पारेर यस पटक पनि श्रीलंकको अयोजनामा राष्ट्रसंघले बुद्ध जयान्तीको अवसरमा विश्वका विभिन्न मुलुकका बौद्धधर्म गुरुहरु तथा सदस्य राष्ट्रका प्रतिनिधिहरुलाई आमन्त्रण गरि बेसक डे कर्यक्रमको आयोजना गरेका थिए । राष्ट्रसंघले आयोजना गरेको कार्यक्रममा विगत झै यस पटक पनि शेर्पा किदुगले भाग लिएका थिए । राष्ट्रसंघमा यस पटक किदुगको महासचिव तेन्डी शेर्पा नेतृत्वमा उपाध्याक्ष डोल्मा शेर्पा, लामा टुल्कु, खेन्पो ङवाङ सांगे, लामा तेन्जिङ, रिग्सुङ लोप्टका संयोजक रिन्जी शेर्पा र कलाकार देण्डी शेर्पा उपस्थित भएक थिए ।

रास्ट्र्संघको लागि श्रीलंकका दुताबासले विहानै पुजाप्रर्थानामा किदुगका धर्मगुरुहरुलाई आमन्त्रण गरेका थिए भने वेलुकी राष्ट्रसंघको कार्यलयमा सिंगापुर, बर्मा, थाइल्याण्ड, भुटान, मालदिब्स, कम्बोडिया, श्रीलंक, बंगलादेश, पाकिस्तान, भारत, कोरिया, जापान, इण्डोनसिया, नेपाल लगायतका मुलुकको भिक्षुहरु तथा राजदुतहरुले बुद्धको बारेमा मन्तब्य ब्यक्त गरेका थिए।

न्यूयोर्कमा बुद्ध जयान्ती मनायो:

न्यूयोर्कमा २५६१ औ बुद्ध जन्म जयान्ती हिमालयन बुद्धिष्ठ कम्युनिटि अन्र्तगत मुस्ताङ किदुगको संयोजनमा विविध कार्यक्रमको साथ मनायो । तीन दिनसम्म अयोजना गरिएको कार्यक्रम अन्तर्गत मे १३ तारिखमा रक्तादान,१४ तारिख विहानीपख धार्मिक पुजाप्रर्थनाको साथै दिउसो धार्मिक प्रवचन र निशुल्क स्वस्थ्य शिविर र मे २१ तारिखमा नेपाल डेको रुपमा मनायो ।शेर्पा किदुगको भवनमा आयोजित बुद्ध जयान्ती कार्यक्रममा बौद्ध धर्मका चार सम्प्रदायका प्रतिनिधिहरु लगायत स्थानीय संघ सस्थाका प्रतिनिधिहरुको उल्लेखेनिय उपस्थिति रहेका थिए ।उक्त अवसरमा शेर्पा किदुगका लामा टुल्कु, लोपेन गिर्मि छोढक, खेन्पो आचार्य ङवाङ सांगेले बुद्धको बारेमा प्रवचन दिएका थिए । त्यस्तै हिमालयन बुद्धिष्ठ कम्युनिटिका अध्यक्ष तेन्जि उक्याप, किदुगका अध्यक्ष उगेन शेर्पा,महासचिव तेन्डी शेर्पा र नेपाली महाबाणिज्यदुताबासका महाबाणिज्यदुत कृषु क्षेत्रीले मन्तव्य दिएका थिए । कार्यक्रममा यो वर्षको बुद्ध जयान्ती कार्यक्रमलाई सहयोग पुर्‍याउनेहरुलाई पनि आयोजकले सम्मान गरेका थिए ।

यस बर्ष मुस्ताङ किदुगको संयोजकत्व तथा ग्याल्सुम्दा सेवा समाज र मनाङको सहसंयोजनमा २५६१ औ बुद्ध जयान्ती भव्यताका साथ मनायो । बुद्ध जयान्तीको अवसरमा अधिकारको कार्यालयमा रक्तदान भएको थियो भने नेपाली नर्स एसोसियसनको सहयोगमा किदुगमा निशुल्क स्वस्थ्य शिविर सञ्चालन गरेका थिए ।

न्युयोर्कको नेपाल डे परेडमा शेर्पा किदुगको सहभागिता:

२५६१औं बुद्ध जायन्ती तथा नेपालको गणतन्त्र दिवसको अवसरमा विश्वकै राजधनी न्युयोर्कको म्यान्हटनमा गत मे २१, २०१७मा अयोजित दोश्रो नेपाल डे परेडले सिंगो नेपाललाई चिनाएको थिए। प्रमुख अतिथि नेपालका उद्योगमन्त्रि नविन्द्रराज जोशीद्धारा उदघाटन गरेको परेडमा ग्राण्ड मार्सलको रुपमा कान्छी सगरमाथा आरोही मिङकिपा शेर्पा रहेका थिए । नेपालको लागि अमेरिकाको राजदुत अर्जुन कार्की,राष्ट्रसंघका लागी स्थायी प्रतिनिधि दुर्गा भट्टराई, बाणिज्यदुत कृषु क्षेत्री, विश्वबिख्यात सगरमाथा आरोहीहरु दोर्जी शेर्पा, आङ्ग फुर्वा शेर्पा, भेनिसा ओबाइरन, युआइजिएमका गाइड ङवाङ ङिमा शेर्पा , न्यूयोर्क काउन्सिल डिष्ट्रिक्ट–२ की डेमोक्रेटिक पार्टीकी उम्मेदवार मेरी सिल्भर, न्यूयोर्क सिटी कम्प्ट्रोलर अफिस प्रतिनिधि अलिया लतिफ, न्यूयोर्क सिटी मेयर कार्यालयका कुविन्स डिरेक्टर निक गुलोता, कुविन्स कम्युनिटी बोर्ड मेम्बर लोप्साङ ठिन्ले शेर्पा र मोहन ज्ञावली, न्यूयोर्क सिटीका काउन्सिल मेम्बर एलिजाबेथ क्राउली लगयात दर्जनौ अतिथिहरु कार्यक्रममा सहभागी थिए।

अमेरिकामै नेपालीहरुको सबै भन्दा गौरबशली संस्था शेर्पा किदुगले कार्यक्रममा बिशेष भूमिका निभाएका थिए। शेर्पा किदुगद्वारा प्रदशन गरिएको बौद्ध धर्म गुरुहरुको विश्व शान्ति प्रार्थना सहितको भगवान बुद्ध सजिएको बिशाल रथ, “सेभ दि हिमालय” लेखिएको आकर्षक रुपमा सजिएको सगरमाथा सहितको विश्व बिख्यात कृतिमानधारी सगरमाथा अरोहीहरु सवर बिशाल रथ, बिबिध शेर्पा गीत संगीत र नृत्यकासाथ शेर्पा कलाकारहरु प्रस्तुति रहेको बिशाल प्लोट ट्रक, मि छिरिङ् सेङ्गे ( सिंह नृत्य) ,सिली नृत्य, श्याब्रु नृत्य, नादिङ नृत्य, श्यार्वी रिग्श्युङ् लोप्टा टोलीको बिशेष मन्त्रोच्चारण र भजन, शेर्पा किदुगकै १८ वर्ष मुनिका फुटबल खेलाडीहरु र हातमा नेपालको झन्डा, अमेरिकन झन्डा र बुद्धका सन्देश लेखिएका प्लेकार्ड र ब्यनार बोकेका हजारौको संख्यामा रहेको शेर्पा किदुगका सदस्यहरुले झन्डै परेडको आधा स्थालनै ढाकेको थियो भने सबैको आकर्षणको केन्द्र समेत बनेका थियो।

शेर्पा किदुगले साठी वर्ष भन्दा माथिकाहरु र साना बाल बालिकाहरुको लागि किदुगको भवनबाटै बसको ब्यवस्था गर्नुको साथै परेड स्थालमा खाने पानीको ब्यबस्थ गरेका थिए भने परेडको लागि आवश्यक स्वयमसेबकहरु खटाएका थिए।

न्यूयोर्कको म्यन्हटनको म्याडिसन एभिन्युको ३८ स्ट्रिटबाट शुरु भएर २६ स्ट्रिटमा परेडलाई समापान गरिएको थियो। समापान कार्यक्रममा एमसी डोल्मा शेर्पाको बेजोड प्रस्तुतिसँगै नेपालको बिबिध मौलिक सस्कृति झल्कने सास्कृतिक कार्यक्रम प्रस्तुति भएको थियो । न्यूयोर्क सिटिको क्विन्स डिरेक्टर निक गुलत्तोले नेपालीहरुको उत्साजनक सहभागीता र बिशेषता शेर्पाहरुको बारेमा तरिफ गर्दै मे २१,२०१७लाई बुद्ध जायन्ती र गणतन्त्र दिवसको रुपमा घोषणा गरी न्युयोर्क सिटीको मेयर बिल दि ब्लजिओ पठाएको प्रोक्लमेसन प्रमाणपत्र कार्यक्रमको कन्भेनर मंगलदास श्रेष्ठलेलाई प्रदान गरेका थिए। कार्यक्रमका कन्भेनर मंगलदास श्रेष्ठले नेपाल डे परेड सफल बनाउनका लागी सहयोग गर्ने सवै समुदाय लगायत सहयोगी, स्वयसेवकहरु स्वयसेवकहरु सवैलाई धन्यवाद ज्ञापन गरेका थिए।

 

न्युयोर्कमा एभरेस्ट डे मनाइयो

विश्वको सर्बोच्च शिखर सगरमाथामा नेपालको तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यन्डका सर एडमन्ड हिलारीले पहिलो मानव पाइला राखेको अवसरमा न्यूयोर्कमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस बिभिन्न कार्यक्रमको साथ मनाइयो । न्युयोर्कस्थित शेर्पा किदुगको भवनमा आयोजित उक्त दिवस युएस नेपाल क्लाइबर्स एसोसियसन र शेर्पा किदुगले संयुक्त रुपमा आयोजना गरिएको थियो दर्जनौ भन्दा बढी विश्व बिख्यात आरोहीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रम दुई चरणमा बर्गिकरण गरी सुरुमा हिमाल आरोहणको क्रममा दिवंगत आरोहीहरुको सम्झनामा गुम्बामा लामा गुरुहरुद्वारा मन्त्रपाठ गरी मनाइएको थियो भने दोस्रो चरणमा एभरेस्ट डे को सन्र्दभमा विभिन्न व्यक्तित्वहरुको मन्तव्यका साथ औपाचारिक कार्यक्रम गरिएको थियो।

शेर्पा किदुगको अध्यक्ष उर्गेन शेर्पाको सभापतित्वमा अयोजित कार्यक्रममा न्युयोर्क सिटिको क्वीन्स डिस्ट्रिक्ट ३का कम्युनिटी बोर्ड मेम्बार तथा किदुगका पुर्व अध्यक्ष लोप्साङ ठिन्ले शेर्पाले विश्वमा नेपाल र नेपालीको प्रतिष्ठालाई उच्चो बनाउने एभरेस्ट डे कार्यक्रमले प्रवासमा नेपालको चिनारी दिदै आएको बताए । सगरमाथा आरोहीहरु अवद्ध एसोसियसनले आगामी दिनमा सिटिसँग मिलेर पनि विभिन्न कार्यक्रम गर्न सकिने सुझाव दिएका थिए । त्यस्तै शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले किदुगले पहिलोपटक आरोहीहरुको संस्थासँग मिलेर एभरेस्ट डे कार्यक्रम मनाउन पाएकोमा खुसी व्यक्त गर्दै नेपाल डे परेड कार्यक्रम सफल पार्न एसोसियसनले खेलेको भुमिकाको सराहना गरे । युएस नेपाल क्लाइबर्स एसोसियसनका अध्यक्ष पासाङरिन्जी शेर्पाले स्वागत मतब्य ब्यक्त गर्दै सुरुको दिनमा गुम्बामा बत्ती बालेर पुजापाठ गदै एभरेस्ट डे मनाउने गरेका थियो तर विगत केही वर्षदेखि भने एभरेस्ट डे को महत्वबारे संस्थागत रुपमा आयोजना गदै आएको हो र पहिलोपटक शेर्पा किदुगसँग मिलेर एभरेस्ट डे कार्यक्रम अयोजना गरेको बताए। जनजाती महासंघ अमेरिकाका महासचिब प्रेम गुरुङले शुभकामना ब्यक्त गरेका थिए भने कलैम्बर्स एसोसियसनका महासचिव ङवाङ ङिमा शेर्पाले सगरमाथा आरोहण र शेर्पा आरोहीहरुको संघर्षको साथै एभरेस्ट डे को महत्वबारे मन्तव्य दिएका थिए।

किदुगका महासचिव तेन्डी शेर्पाद्वारा सन्चालन गरिएको कार्यक्रममा रिग्सुङ लोप्टाका प्रमुख प्रशिक्षक लोपेन गिर्मि छोढक, लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव तथा किदुगका सल्लाहकार आङदावा शेर्पा, किदुगका पूर्व अध्यक्ष तथा सल्लाहकार कर्मा गेल्जेन शेर्पा, कान्छी आरोही मिङकिपा शेर्पा र नेपाल, तिब्बतको क्रस आरोहण गर्ने आङफुर्वा शेर्पा लागयत उल्लेखेनिय ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

किदुगमा नेपाली भाषामा फारम भर्न पाइने IDNYC शिविर:

न्युयोर्क सिटीको मेयरको कार्यालयबाट जारी गरिने अत्यन्त उपयोगी परिचय पत्र, “IDNYC” न्युयोर्क सिटीसँग सहकार्य गर्दै शेर्पा किदुगले IDNYC बितरण शिविर संचालन गरिएको छ।गत मे ३१ तारीख देखि भोली जून ८ तारीख सम्मा शेर्पा सांस्क्रितिक केन्द्रमा न्युयोर्क सिटी मेयरको कार्यालयका कर्मचारीहरुबाट IDNYC बितरण गरिन्दै छ |नेपाली र तिब्बती भाषामा अनुवादको ब्यवस्था गरिएको फारम इच्छा अनुसार नेपाली, तिब्बती या अङ्ग्रेजी भाषामा भर्न पाउनु ब्यबस्था समेत गरिएको छ। गत मे ३१ तारीखमा कउनसिलम्यन डोनल्ड ड्रम्पको प्रमुख अतिथ्य र न्यूयोर्क सिटिको कुईन्स डिरेक्टर निक गुलुतो र अन्य कर्मचारीहरु, किदुगका अध्यक्ष उर्गेन शेर्पा, महासचिब तेन्डी शेर्पा, कान्छी शेर्पा अरोही मिङमा किपा शेर्पा, कुइन्स डिस्ट्रिक्ट ३का कम्युनिटी बोर्ड मेम्बर लोप्सँग ठिले शेर्पा, हिमालयन इल्डर प्रोजेक्टका थुप्तेन ला र किदुगका सदस्यहरुको उपस्थितीमा कार्यक्रम गरी परिचय पत्र बितरण गर्ने कार्य सम्पन्न भएको छ।

अमेरिकामा फुटबल खेलाडी उत्पादन गर्दै शेर्पा किदुग:

न्युयोर्कमा डायस्पोरा नेपाली संस्थाहरुमध्ये सबैभन्दा व्यवस्थित र बलियो संस्थाको रुपमा चिनिएको छ शेर्पा किदुगअमेरिका । सदस्य संख्याको आधारमात्र नभएर शेर्पा किदुगले सथापनाकालदेखि नै आफ्नो लक्ष्य र उद्देश्य प्रप्तिका लागि नेपाली र अमेरिकी समुदायमा विभिन्न रचानात्माक कार्यक्रमहरु गर्दै आएका छन।


किदुगले आफ्नै स्वामित्वना भवन खरिद गरेपछि पछिल्लो समय विभिन्न महत्वपूर्ण समुदाय लक्षित कार्यहरु गर्दै आएको छ ।
प्रवासमा धर्म र संस्कृतिको जगेर्नाका लागि विभिन्न कार्यक्रमहरुको गर्दै आएका शेर्पा किदुगले पछिल्लो समय यही जन्मेका बालबालिकाका लागि मौलिक शेर्पा र नेपाली भाषा र धर्म संस्कृति सिकाउनका साथै खेलकुद अन्तर्गत फुटबल तालिम दिएर नमुना संस्थाको रुपमा चिनिन्दै छ ।

भाषा र संस्कृतिको शिक्षा आफ्नै भवनमा दिइरहेको छ भने फुटबल गर्मीमा पार्कमा तालिम दिइरहे पनि हिउँदको ४ महिना विद्यालयको फुटबल हलमा तालिम दिइरहेका छन् । किदुगले हिउँद आगमनसँगै गत डिसेम्बरको पहिलो हप्तादेखि इन्डोर तालिम दिने गर्छन । सन् २०१६ देखि सुरु भएको इन्डोर फुटबल तालिम सूरुमा कम प्रशिक्षार्थी भएकोले दुई वर्ष हप्ताको एक दिन आइतबार तालिम दिएका थिए भने यो बर्ष धेरै बालबालिका आएकाले शनिबार र आइतबार सिकाउदै आएको छ किदुगले अनुभबी प्रशिक्षकहरु राखी ५ वर्षदेखि १७ वर्ष उमेरको बालबालिकाहरुलाई तालिम दिदै आएका छन।

हिमालयन कम्युनिटीबाट धेरै बालबालिकाहरुले भागलिन थालेपछि सन् २०१६ मा किदुगले युनाइटेड शेर्पा फुटबल क्लब स्थापना गरेको थियो । सुरुमा ७ जनाबाट सिक्न थालेको किदुगको तालिममा अहिले १६० जना भएका छन् ।
किदुग अन्तर्गतको क्लबले गत वर्ष विभिन्न ४ समूहमा हरेक हप्ताको आइतबार ६० जनाले सिकेका थिए भने अहिले शनिबार र आइतबार हप्ताको दुबै दिन १२० जनाले सिकिरहेका छन् ।

गत वर्ष १ सय ३० जनाले शुक्रबार र आइतबार तालिम लिएर ५ टिमले मेट्रो किड्स लिग प्रतियोगितामा भाग लिएका थिए । स्प्रिङमा भएको लिगमा ११ बर्षमुनिको र १५ बर्ष मुनिकोले दोस्रो स्थान हासिल गरेका थिए भने ९ बर्ष मुनिकाले तेस्रो स्थान हासिल गरेका थिए । त्यस्तै गत समरमा जम्मा १ सय ५० ले शुक्रबार र आइतबार तालिम लिएका ५ टिमले मेट्रो किड्स लिगमा भाग लिएका थिए । उक्त लिगमा ९ बर्ष मुनिकाले र १३ बर्ष मुनिकाले प्रथम स्थान हासिल गरेका थिए भने १५ बर्ष मुनिकाले तेस्रो स्थान हासिल गरेका थिए ।

शेर्पा किदुग अमेरिकाको बास्केटबल प्रतियोगिता

शेर्पा किदुग अमेरिकाले आफ्नो वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत “शेर्पा किदुग बस्केट्बल “खेल प्रतियोगिता लाङ आईल्यान्ड स्थित वाईएमसीएको कबर हलमा सम्पन्न गरेको छ। उत्तर अमेरिकाभरिका नेपाली र अन्य हिमालयन समुदायका बस्केट्बल खेलाडीहरुबिच भएको अत्यन्त रोमान्चक र प्रतिस्पर्धात्मक खेल प्रतियोगितामा दुई महिला समुह र आठ पुरुष समुहले भाग लिएका थिए । प्रतियोगितामा न्युयोर्कका शोसटप्पर प्रथम, न्यात्री समुह दोश्रो र महिलातर्फ एनएसएसपी ए समुह प्रथम भएका थिए। शोसटप्परकै सोनाम लामाले म्यान अफ दि म्याचका उपधि प्राप्त गरे भने थ्री पोल सटरका उपधि न्यात्रीका ङवाङ शेर्पाले प्राप्त गरे।

न्युयोर्क स्थित नेपाली महावाणिज्य दूताबासका बाणिज्यदुत किशु छेत्री, किदुगका अध्यक्ष उर्गेन शेर्पा र खेलकूद संयोजक फुर्बा शेर्पाले बिजयी खेलाडीहरुलाई पुरुस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए । प्रथम पुरस्कार १५०० डलर र दोश्रो पुरस्कार ७०० डलर राखी आयोजना गरिएको खेल प्रतियोगितामा क्यानाडाका समेत खेलाडीहरुले भाग लिएका थिए।

उत्तर अमेरिकाभरीकै नेपाली समुदाय र अन्य नेपाली समुदायहरुबिच परिचय, भाईचारा र भात्रित्वको बिकास र खेलप्रति अभिरुची जगाउनकै लागि शेर्पा किदुग अमेरिकाले बिभिन्न खेलहरु सम्मिलित गर्दै हरेक बर्ष ब्रिहद खेल प्रतियोगिता आयोजना गर्दै आएको छ। किदुगले यस अगाडि नै यस बर्षको समर खेल प्रतियोगिता अन्तर्गत भलिबल, फुटबल र गल्फ प्रतियोगिता आयोजना गरीसकेको छ।

न्युयोर्कमा शेर्पा किदुगले वृहत खेलहरुको प्रतियोगिता अयोजना गरियो:

शेर्पा किदुग अमेरिकाले हरेक बर्षझै यस बर्ष पनि बिबिध खेलहरु समाबेश गरी ग्रिस्मकालिन शेर्पा किदुग खेलकुद प्रतियोगिता २०१७ भब्यताका साथ आयोजना गरिएको छ। न्यूयोर्कको क्विन्स ब्रिज पार्क र रेन्डल अैल्यान्डमा गत अगस्ट २९ र सेप्टेम्बर २ र ३ मा आयोजना गरिने उक्त वृहत खेल प्रतियोगितामा भलिबल, फुटबल लागयत बिबिध मनोरन्जात्मक खेलहरु समाबेश गरिएका थिए। प्रतियोगितामा भलिबलका ७ टिम र फुटबलतर्फ ३२ वटा समूहले भाग लिएका थिए।

डायस्पोरा अमेरिकी नेपाली समुदायमा भाईचारा, भात्रित्व, परिचय र खेलप्रति अभिरुची जगाउनको लागि शेर्पा किदुगले स्थापनाकालदेखी नै शेर्पा किदुग समर स्पोर्टस र पोटलोक पिकनिक कार्यक्रमको आयोजना गरिन्दै आएको छ र यो कार्यक्रम अमेरिकामा रहेको नेपाली समुदायबिच अत्यन्त सबल, सफल र लोकप्रिय कार्यक्रमको रुपमा स्थापित भएको छ।

शेर्पा किदुगको बार्षिक गल्फ खेल प्रतियोगिता:

शेर्पा किदुगले बार्षिक रुपमा अयोजना गर्दै आएको गल्फ खेल प्रतियोगिता यस वर्ष पनि गत जुन २७, २०१७ मा न्युयोर्कस्थित मारिन गल्फ कोर्समा सफलता पुर्बक सम्पन्न भएको छ। उक्त खेल प्रतियोगितामा भुटान,भारत, तिब्बत र नेपालका २७ जना गल्फ खेलाडीहरुले भाग लिएका थिए।

अमेरिकामा बालबालिकालाई बौद्ध शिक्षा

शेर्पा किदुग अमेरिकाले अमेरिकामा जन्मेको बालबालिकाहरुलाई लक्षित गरि बौद्ध दर्शन सम्बन्धि शिक्षाका कक्षा संचालन गर्दै आएका छन। करिब तीन वर्षदेखि संचालित उक्त कक्षामा शेर्पा भाषामा बिधार्थीहरुले अध्ययन गर्न अवसर पाएका छन्। हाल बालबालिकाले सिकेको बुद्ध धर्मको आधारभुत ज्ञान र मन्त्र शेर्पा भाषाबाट व्यक्त गर्न सक्ने भएका छन। बालबालिकाहरुलाई सोलुखुम्बुका छोङ्बा शेर्पा लामाले अध्यापन गराउदै आएका छ भने ल्हाक्पा तेन्जी शेर्पाले कार्यक्रमका संयोजक गर्दै आएका छ। किदुगका प्रमुख लामा उर्गेन टुल्कुले बिशेष भूमिका निभाउनु भएको छ।

हरेक शुक्रबार बेलुकी ७ बजेदेखि करिब ९ बजेसम्म संचालन गर्दै आएका कक्षामा १३ वर्ष मुनिका बालबालिका रहेका छन् । एक वर्षभित्रमा करिब ६५ जना बालबालिकाहरुले बुद्ध धर्मको आधाभुत ज्ञान लिन सफल भएका छन। दिश्रो चरणको कक्षामा सम्बोटा लिपि सिकाउने योजना रहेको छ ।

शेर्पा किदुगमा नेपाली भाषाको कक्षा संचालन:

शेर्पा किदुग अमेरिकाले नेपालीहरुको मुख्य रास्ट्रिय भाषा नेपाली भाषाको कक्षा संचालनमा ल्याएको छ। भाषाकै कारण पुस्तान्तरण बिचको खाडल लगायत अन्य बिबिध समस्याहरु सिर्जना भएको कारण किदुगले महत्वका साथ नेपाली भाषालाई प्रथामिकता राखी कक्षा संचालन गर्दै आएको छ। हाल अन्तरास्ट्रिय नेपाली साहित्य समाजसंग सहकार्य गरी संचालित कक्षालाई भबिस्यमा बिशेष महत्वकासाथ संचालन गरिने छ।

रेकी मास्टर लामा तेञ्जिङ्गद्वारा रेकी सम्बन्धि प्रशिक्षण र प्रबचन कार्यक्रम:

प्रख्यात रेखी मास्टर लामा तेञ्जिङ्गद्वारा न्युयोर्कको शेर्पा किदुगको गुम्बामा रेखी रेकी सम्बन्धि महत्वपूर्ण प्रशिक्षण तथा प्रबचन दिनु भएको छ।

शेर्पा धर्म ,भाषा र संस्कृतिको संरक्षणको अभियानमा श्यर्वी रिग्श्युङ् लोप्टा

न्युयोर्कमा शेर्पा किदुगको सांस्कृतिक बिभाग श्यर्वी रिग्श्युङ् लोप्टाले नवौं बर्ष पुरा गरिसकेको छ| यस अवधि भित्र लोप्टाले अकल्पनीय प्रगति गरेको छ | क ख ग गर्दै अक्षर चिन्न सिकेकाहरुले आज बौद्ध दर्शनका ठेलीहरु पल्टाउंदै बिश्लेषण गर्न सक्ने भएका छन भेने कोहि उच्च स्तरीय तान्त्रिक विध्या अभ्यास गर्दैछन् | नयाँ भर्ना हुनेहरुको संख्या पनि निरन्तर बढ्दो छ |श्यर्वी रिग्श्युङ् लोप्टाको गर्विलो पहिचान स्थापनामा नाम्ड्रोलिङ विश्व विद्यालयका पूर्व उपप्राध्यापक लोपेन ग्युर्मे छोडकको स्तरीय र ब्यवहारिक शिक्षण विधिले प्रमुख भूमिका खेलेको छ | प्रमुख गुरु टुल्कु उर्गेन रिन्पोछेको मार्ग निर्देशन र गुरु डा. युलाको साथले लोप्टालाई परिपक्व बनाएको छ |

मुसहर वस्तीको लागि किदुगको सहयोग

गत अगस्त महिनामा नेपालको तराई क्षेत्रमा गएको बाढी पहिरोको चपेटामा परी घरबारविहिन भएकाहरुको लागि शेर्पा किदुक अमेरिकाले नगद रू चार लाख बयासी हजार तीन सय रूपैया सहयेाग गरेका छन् ।
मातृभूमि नेपालमा भएको यस बिपदको समयमा केही मात्रामा भए पनि सेवा र सहयोग पुर्याउने उद्धेश्य लिई शेर्पा किदुग अमेरिकाले गत अगस्त १४ देखी अक्टोबर १, २०१७ सम्म आर्थिक सहयोग संकलन गरेको थियो । उक्त अवधिमा संकलन गरिएको सहयोग रकम जम्मा $४६३८ (चार हजार छ सय अठ्तीस् डलर) संकलित गरिएको शेर्पा किदुकle जनाएको छ ।


साथै उक्त अभियानबाट संकलित रकम नेपालको न्युज २४ च्यानलका कार्यक्रम ‘सीधा कुरा जनता सँग’का प्रस्तोता पत्रकार रबि लामिछानेको पहलमा सप्तरीको हनुमाननगर स्थित तिलाठी कोइलाडीमा रहेको मुसहर वस्ती निर्माणको लागि हस्तान्तरण गरिएकेा समेत शेर्पा किदुगले आफ्नो फेसबुक पेज मार्फत जानकारी गराएका छन ।
साथै शेर्पा किदुगले तथा सेवा नै धर्म हो भन्ने सम्झी शेर्पा किदुग अमेरिकाले संचालन गरेको यस महान अभियानमा आर्थिक सहयोग पु-याउनु हुने सम्पूर्ण दाता महानुभाव प्रति हार्दिक आभार प्रकट गर्दै सम्पूर्ण दाताहरुको नामावली समेत वेब पेज मार्फत सार्वजनिक गरेका छन । “मातृभूमीका आइपर्ने कूनै पनि विपत्तिमा यथासक्य सहयोग गर्नु हाम्रो परम कर्तव्य हो,” केदुगंका अध्यक्ष उर्गेन शेर्पाले भने ।
यूनाइटेड शेर्पा एसोसीएसन सन् १९९६ मा अमेरिकामा स्थापना भएको गैरनाफामुलक संस्था हो । न्यूयोर्क आसपासमा रहेका नेपाली शेर्पाहरुको विशेष सक्रियतामा स्थापित यो संस्थाले बौद्ध धर्मसंस्कृतीको प्रवर्धनका अलवा नेपाली अमेरिकन बालबालीकाको लागी नेपाली भाषा कक्षा संचालन गरिरहेको छ भने, यूएसएफसी नामको फुटवल क्लव पनि संचालन गरिरहेको छ/

Sherpa Kyidug Participated NYPD 5K Walk/Run

The United Sherpa Association Inc. has been participating and collaborating with the different programs organized by various organization including NYC Mayor’s office, NYPD, UN, and other organizations. Considerable number of our members, volunteers and other community members actively participated in the 5KWalk/Run organized by the Police Department of New York city in June, 2017.

न्युयोर्कमा ल्होसार

संसारकै सबैभन्दा बढी बिबिधता भएको र विश्वकै राजधनी न्युयोर्कको मुटु ज्याक्सन हाइटमा अबस्थित शेर्पा किदुग गुम्बामा सा फो खि लो २१४५ लोशारको पहिलो दिन भब्य पूजा सम्पन्न भएको छ। चरा (च्या लो)बर्ष २१४४ लाई बिधाई गर्दै नयाँ बर्ष २१४५ (खी लो) लाई हर्षो उल्लसका साथ स्वागत गरिएको छ। बिहान देखिनै लामा गुरुहरुले साङ्सेर्किम साथ विश्व शान्ति र समस्त प्राणी जगतको कल्याणको लागि गरिएको पूजा कार्यक्रममा हिमालयन क्षेत्रका बौद्दमार्गी र अन्य लोशार प्रेमिहरुको भक्तजनहरुको हजारौ उपस्थिती रहेको थियो।

किदुगले पहिलो पटक भवन अगाडिको स्ट्रिटलाई पूर्ण बन्द गरी आयोजना गरिएको उक्त कार्यक्रममा न्युयोर्क सिटिको काउन्सिल मेन डेनियल ड्रमको उपस्थिती रहेको थियो। किदुगको प्रंगणमा नयाँ ध्वचापत्ता(तर्चोक) उठाउने र सामुहिक रुपमा “के सो सो ल्हा गेलो”भन्दै सेतो पिठो आकाशमा छर्की भगवानको अराधना र जयजयकरका साथ एक अर्कामा शुभकामना अदानप्रदान गरियो।

सामुहिक रुपमा गुम्बाको प्रंगणमै शेर्पाहरुको परम्परगत स्याब्रु नाचले कार्यक्रमलाई हिमालयन क्षेत्रलाई झाल्किने गरी थप आकर्षक बनाएका थिए।

शेर्पा किदुगले नै आयोजना गरिएको कार्यक्रममा किदुगका शैक्षिक तथा विद्यार्थी समिति एनएसएसपीले बालबालिकाहरुलाई लक्षित गर्दै बाल मैत्री लोसारको रुपमा बिबिध कार्यक्रमहरु गरियो। किदुगले बालबालिकाहरुलाई आफ्नो भाषा, धर्म र संस्कृति प्रति आकर्षित गर्दै समाजमा रहेको पुस्तान्तरको समस्यालाई न्युनिकरण गर्ने उद्धेश्यका साथ ९ बर्ष देखी १७ बर्ष सम्मको बालबलिकाहरुको लागि बिशेष “बाल ल्होसार कार्यक्रम” फेब्रुरी १७मा किदुगकै भवनमा आयोजना गरिएको छ।

न्यूयोर्कमा ल्हाप्सो मनाए:

बिश्व शान्तिको कामनाका साथ शेर्पा समुदायले हरेक वर्ष मनाउदै आएको ल्हाप्सो कार्यक्रम यस पटक गत फेब्रुअरी २५, २०१८ मा भव्यताका साथ सम्पन्न गरिएको छ। हरेक बर्षझै यस बर्ष पनि न्यूयोर्क वल्देन स्थित छेचु कुन्सेलिङ गुम्बामा सम्पन्न ल्हाप्सो कार्यक्रममा उल्लेखेनिय ल्हाप्सोप्रेमिहरुको उपस्थिति रहेको थियो। शेर्पा किदुगको ल्हाप्सो आयोजक समितिले हरेक वर्ष वार्षिक रुपमा ल्हाप्सो कार्यक्रमको आयोजना गदै आएको छ।

बौद्धमार्गीहरुको पवित्र दिन दशमी अर्थात छेचुको दिन बिहानदेखी लामा गुरुहरुको विश्व शान्ति र सम्पूर्ण प्राणी जगत र मानब काल्यणको लागि गरिएको साङ सर्किम पूजा र परम पुज्यानिय यब्गोन गोङ्मा ट्रिचेन रिन्पोछेको उपस्थिती र दर्शनले यस बर्षको ल्हाप्सो पूजा कार्यक्र्म महत्वपूर्ण रहयो। कार्यक्रममा बालबालिकाहरुको लागि राखिएको बिबिध कार्यक्रमले बाल बालिकाहरुलाई ब्यस्त मात्र बनाएन आफ्नो धर्म संस्कृतिको बारेमा धेरै कुरा सिक्ने मौका समेत पाएका थिए।

कार्यक्रममा सार्किम ,मि छिरिङ्ग र दोर्जी ठालुको छ्याम प्रस्तुत गरेका थिए भने लामा गुरु र उपस्थितजनहरुले “के के सो ल्हा गेलो”भन्दै सेतो पिठो आकाशमा छर्दै भगवानको जयजयकार गरी सम्पूर्ण प्राणी जगतको काल्यण र विश्व शान्तिको कामना गरेका थिए। नेपाली लोक गीत र संगीतमा चुर्लुम्म डुबी गुम्बाको आगनमा कम्मर मर्काइ मर्काइ नाच्ने समुह र गुम्बकै तल्लो तहमा खुट्टा ठट्टै ठट्टै स्याठु नाच्ने समुहले वाल्देन क्षेत्रलाई नै नेपालमय बनाएको थिए।

न्युयोर्कमा शेर्पा किदुगको लोशार साँस्कृतिक कार्यक्रम सम्पन्न:

मार्च ५, २०१८,न्युयोर्क: शेर्पा किदुग अमेरिकाले वार्षिक रुपमा आयोजना गरिने लोशार साँस्कृतिक कार्यक्रम भब्यताका सम्पन्न भएको छ। न्युयोर्कको म्यान्हटनको अर्मनियन चर्चमा गत मार्च ३,२०१८मा प्रमुख अतिथी महाबणिज्यदुत श्री मधु मराशनीको प्रमुख अतिथ्य र शेर्पा किदुग अमेरिकाका अध्यक्ष श्री उर्गेन शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्युयोर्क सिटी मेयरको अफिसका क्विन्स बोरो कूम्युनिटी डिरेक्टर निक गुलता लाययत नेपाली संघ संस्थाका प्रमुख एबम प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

 

बालबालिकाहरुले बुद्ध पार्थनाको साथै नेपाली र अमेरिकी राष्ट्रगानबाट शुभाराम्भ गरिएको कार्यक्रममा प्रमुख अतिथी महावाणिज्यदूत मधु मरासिनी र प्रमुख धर्म गुरु उर्गेन टुल्कुज्युले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गर्नु भएको थियो। उल्लेखिय लोशारप्रेमीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा क्विन्स बोरो कम्युनिटीका डिरेक्टर निक गुलताले न्यूयोर्क सिटीका मेयर बिल दि ब्लासियोले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए। मेयरले पठाएको उक्त लोशार शुभकामना सन्देशमा शेर्पा समुदायको ठुलो संख्या न्युयोर्कमा रहेकोमा गर्ब गर्दै शेर्पा किदुगले गरेको बिभिन्न रचनात्मक कार्यहरुको प्रशांसा गरेका छ। प्रमुख अतिथी महाबाणिज्यदुत मधु मराशनीले नेपालका गौरब बुद्धका अनुयायी शेर्पाहरुको पहिचन सगरमाथा अटल र अंमर रहेको र नेपाल चिनाउनमा शेर्पाहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै शेर्पा किदुगले शेर्पाहरुको धर्म संस्कृतिको संरक्षण र सन्बर्द्वनको लागि मात्र नभएर समग्र नेपाली भाषा, कला र संस्कृतिको संरक्षण र बिकासमा महत्वपूर्ण भूमिका निभाएको कुरा उद्रित गर्दै अमेरिकी डायस्पोरा नेपाली समुदायको हितमा गरेको कार्यको खुलेर प्रशांसा गरे।

किदुगका महासचिब तेन्डी शेर्पाद्वारा सन्चालित पहिलो चरणको औपचारिक कार्यक्रममा अमेरिकी नेपाली समुदायको सामाजिक र आर्थिक रुपन्तारणको लागि निस्वार्थ र निडर रुपमा आग्रणी भूमिका निर्बाह गर्दै आएका संचारकर्मी, अधिकारकर्मी र सामाजिक अभियानता शैलेश श्रेष्ठलाई “नेपालीज अमेरिकन हिरोको “रुपमा सम्मान गरियो। शेर्पा जातिको धर्म संस्कृतिको संरक्षण र बिकासमा महत्वपूर्ण योगदान प्-याएका पुरुषतर्फा ल्हाक्पा तेन्जी शेर्पालाई यस बर्षको “शेर्पा अफ दि इयर”र श्रीमती दिकी डोल्मा शेर्पालाई “शेर्पा वोमेन अफ दि इयर ” उपधिको रुपमा सम्मान गरियो। त्यस्तै यस बर्षका “शेर्पा चिल्ड्रेन् अफ द ईयर “पाल्देन शेर्पा (सलाका) तथा युनाइटेड शेर्पा फूटबल क्लबका एडविन शेर्पा, रुआन शेर्पा, लहाक्पा लामा र याङ्चेन शेर्पालामालाई पनि बिशेष सम्मान गरिएको छन। गत बर्ष २०१७ का ल्हाप्सो अयोजक समितिका सदस्यहरुलाई पनि सम्मान गरिएको छन। ल्हाप्सो अयोजक समितीले शेर्पा किदुगलाई ल्हाप्सो कार्यक्रमको सबै खर्च कटाई बाँकी रहेको $१२३३७.३४ हस्तान्तरण गरेका थिए।

 

किदुगका उपध्याक्ष श्रीमती डोल्मा शेर्पाले स्वागत मन्तब्य र अध्यक्ष उर्गेन शेर्पाले धन्यवाद मन्तब्य प्रकाट गरेका थिए। उदघोषिका डोमा शेर्पाद्वारा सन्चालित दोश्रो चरणको बिबिध सँगालो सहितको साँस्कृतिक कार्यक्रममा शेर्पा, नेपाली, हिन्दी, अङ्रेजी र टिबेटेन भाषाका संगीत तथा नृत्यहरुले सबैलाई मनोरंजन दिलाएका थिए।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat