[ihc-hide-content ihc_mb_type=”block” ihc_mb_who=”” ihc_mb_template=”-1″ ][/ihc-hide-content]

शेर्पा किदुग गल्फ प्रतियोगिता-२०१८ को प्रथम उपाधि तेन्जिङ धिङ्गाङले प्राप्त गरेका छन् । शेर्पा किदुग अमेरिकाले वर्षेनी आयोजना गर्दै आएको गल्फ प्रतियोगिता यस बर्ष गत जून् १६ का दिन सम्पन्न भएको थियो । न्युयोर्कस्थित ब्रुकलिनको मारिन गल्फ कोर्समा आयोजित उक्त प्रतियोगिताको जम्मा छ समुहले भाग लिएका थिए ।

प्रतियोगिताको दोस्रो स्थान ङवाङ रिजिनले प्राप्त गरेका छन् भने तेस्रोमा भर्मन्टका ल्हाक्पा लामाले हात परेका छन् ।

लाङ्गेस्ट ड्राइभ (high HCP) मा सोनाम ग्याछो र क्लोजेस्ट टु पिन (high HCP) ङवाङ रिङ्जिनले उछिनेका छन् । लाङ्गेस्ट ड्राइभ (low HCP) फुर्वा ग्याल्जेन शेर्पाले हात पारे भने क्लोजेस्ट टुटुल्को पिन (low HCP) भर्मन्टको ल्हाक्पा लामाकै भागमा पर्न गयो ।बेस्ट नेट स्कोरमा आङ छिरिङ् शेर्पा र दावा लामा भर्मन्टले प्राप्त गरेका छन।

बिहान नौ बजेको टि टाइमबाट शुरु भएको कार्यक्रमको दोश्रो चरण साँझ किदुगकै भवनमा बिजयी खेलाडीहरुलाई शेर्पा किदुगको अध्यक्ष उर्गेन शेर्पाले शील्ड तथा ट्रफी प्रदान गरेका थिए । शेर्पा किदुगका गल्फ ब्यवस्थापक ल्हाक्पा रिन्जी शेर्पाद्वारा संचालित कार्यक्रममा किदुगका खेलकुद संयोजक फुर्बा शेर्पाले विजयी खेलाडीहरुलाई खातक लगाई बधाई ज्ञापन गरेका थिए ।

सन २००७ मा केही गल्फ प्रेमी शेर्पाहरुको पहलमा शुरु भएको शेर्पा किदुगको गल्फ प्रतियोगिता नेपाली, तिब्बती र भुटानी मूलका खेलाडीहरु माझ सर्वाधिक लोकप्रिय भएको ल्हाक्पा रिन्जी शेर्पाले बताए। शेर्पा किदुगले गल्फ खेल सकिना साथ भलिबल र फुटबल खेलको तयारी गरिन्छ। आगामी सेप्टेम्बर १ र २ तारीखका दिन हजारौंको उपस्थिति सहित भलिबल र फुटबल प्रतियोगिता हुने र डिसेम्बरमा बास्केटबल प्रतियोगिता आयोजना गरिन्दै छ। २०१८ का विजेता तेन्जिङ धिङ्गाङले शेर्पा किदुगको खेलकुद व्यवस्थापन जहिले पनि सर्बोत्क्रिष्ट हुने बताउँदै किदुगको वार्षिक खेलकुद प्रतियोगिता कहिल्यै नछुटाउने बताए ।
प्रतियोगितामा न्युयोर्क, न्यु जेर्सी लगायत कनेक्टिकट र भर्मान्टबाट समेत खेलाडीहरु भाग लिन आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat