अमेरिकी नेपाली समूदायमा ठूलो खेल प्रतियोगिताको रुपमा आयोजना हुँदै आएको शेर्पा किदुगको २२ औं खेल प्रतियोगिताको फुटबल तर्फको उपाधि एनवाइएफसि, सुनि र युनाइटेड शेर्पा वुमेन सकर टिमले पाएको छ भने भलिबलतर्फको उपाधि म्याग्दी समाजले जितेको छ ।

सेप्टेम्बरको पहिलो दिन रायनडाल आइल्याण्डमा र दोस्रो दिन क्विन्सव्रिज पार्कमा भएको प्रतियोगितामा फुटबलतर्फ ३५ बर्षमुनिका २१ टिम, ३५ वर्षमथिका ४ टिम र २ महिला टिम गरी २७ टिमको सहभागिता थियो । पुरुषको पहिलो सेमिफाइनल र क्वाटर फाइनल रायनडल आइल्याण्डमा भएको थियो भने महिला टिमबीच दोस्रो दिन क्विन्सब्रिज पार्कमा भएको थियो ।

३५ बर्षमुनिको फुटबल प्रतियोगितामा एनवाइएफसी टिमले च्याम्पियनसीपको उपाधि पायो भने भने दोस्रो उपाधि सुनि टिमले । यो उमेर समूहमा यस वर्षको फेयर प्लेयर टिमको उपाधि पारुहाङ लिम्बु र गुरुङ टिमले पाए । बेस्ट गोलकिपरको उपाधि एनवाइएफसी छिरिङ दोङ लामाले पाए र गोल्डेन बुट एनवाइएफसीका सागर गुरुङले पाए ।

त्यस्तै महिलाहरु वीचको प्रतियोगितामा युनाइटेड शेर्पा वुमन टिमले एसएमटि टिमलाई ६ -0 सुन्यले पराजित गरि च्याम्पियन बन्यो भने एसमडी टिमले उपविजेतामा चित्ता बुझायो । महिलाहरु बीचको प्रतिस्प्रर्धामा बेस्ट गोलकिपरको उपाधि एसएमटिका डोमा शेर्पाले हात पारिन् । त्यस्तै युनाइटेड शेर्पा वुमेनका लक्ष्मी पौडेल र उषा भण्डारीले धेरै गोल हानेर गोल्डेन बुट उपाधी पाएकी थिइन । न्युयोर्कमा गत वर्षदेखि वुमेन फुटबल टिमले किदुगको समर स्पोर्टस्मा भाग लिँदै आएको छ । निमि शेर्पाको नेतृत्वमा रहेको यो टिम गत वर्ष पनि विजेता बन्न सफल भएको हो ।

३५ बर्षमाथिको च्याम्पियनसीप उपाधि सुनी टिमले पाउँदा ग्याल्सुम्दा दोस्रो बन्यो । यो उमेर समूहमा उत्कृष्ट खेलाडीको उपाधि सुरज गुरुङ बने भने फेयर प्लेयर टिमको उपाधि मुस्ताङ किदुग एफसीले पायो ।

त्यस्तै भलिबल प्रतियोगिताको च्याम्पियनसीप उपाधि म्याग्दी समाजले पायो । दोस्रो रनरअप उपाधि सिन्धु टिमले पायो । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि सिन्धुका कुन्साङले पाएका छन् ।

२२ औं किदुग बार्षिक खेल प्रतियोगिता भव्यताका साथ सम्पन्न

शेर्पा किदुगको २२ औं बार्षिक खेल प्रतियोगितामा विजयी खेलाडीहरुलाई आइतवार साँझ नगद, शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरियो । किदुगको महासचिव तेन्डी शेर्पाद्वारा सञ्चालित कार्यक्रममा शेर्पा किदुगका प्रवक्ता पेम्बा गेलु शेर्पाले सात समुन्द्र वारी अमेरिकामा बसोबास गर्दै आइरहेका नेपालीबीच भाईचाराको सम्बन्ध स्थापना गर्नुका साथै समूदायबीच क्षमता अभिवृद्धि गराउने उद्देश्यका साथ अग्रजहरुले शुरु गरेको यो खेल प्रतियोगिता कार्यलाई निरन्तरता दिँदै आएको बताए ।

‘नेपाली समूदायबीच आपसी सद्भाव बढाउनका साथै समूदायभित्रका व्यक्तिहरुमा रहेका कला, कौशल र प्रतिभाशाली खेलाडीलाई अघि बढाउने उद्देश्यअनुरुप आयोजित यो कार्यमा भाग लिने खेलाडी, सहयोग र साथ दिने व्यक्तिहरुको साथै उपस्थित सबैलाई धन्यवाद,’ प्रवक्ता शेर्पाले भने । कार्यक्रममा शेर्पा रिग्सुङ लोप्टाका प्रमुख प्रशिक्षक गिर्मी छोढकले विजयी खेलाडीहरुलाई खादा र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगिता किदुगको सदस्य फुर्वा शेर्पाको संयोजनमा भएको थियो । उक्त अवसरमा किदुगका अध्यक्ष उर्गेन शेर्पाले शेर्पा किदुगले २२ बर्षदेखि गर्दै आएको यो ऐतिहासिक बार्षिक खेल प्रतियोगितामा अमेरिकाकै ठुलो खेल प्रतियोगिता भएको र यो प्रतियोगितामा साथ दिने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि सबैको साथ र सहयोगको लागी अनुरोध गरे ।

आयोजक शेर्पा किदुगले प्रतियोगितामा फुटबलतर्फ पहिलोेलाई ३५ सय डलर र दोस्रोलाई १ हजार डलर प्रदान गरेको छ । त्यस्तै भलिबलमा पहिलो हुनेलाई १ हजार डलर र दोस्रो हुनेलाई ५ सय डलर दिएको छ । फाइनल प्रतियोगितासँगै क्विन्सब्रिज पार्कमा किदुगले दिउँसो बालबालिकाका लागि चम्चामा गुच्चा राखेर दौडिने प्रतियोगिता, सहाभागीबीच डोरी तान्ने, छेलो हान्ने र महिलाका लागि म्युजिकल चेयर प्रतियोगितासमेत भएको थियो । करिब १२ सय सहाभागीबीच क्विन्सव्रिज पार्कमा भएको खेलमा सहाभागीबाट खानेकुरा पकाएर ल्याउनेलाई पनि किदुगले विशेष पुरस्कार प्रदान गरिएको प्रवक्ता पेम्बा गेलु शेर्पाले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat