टशिदेलेग् अनि नमस्कार 🙏

जनगणना-2020 शुरु भै सक्यो। आज देखि सबैले तलको लिँकमा गएर जनगणना भर्न सक्नु हुन्छ । आआफ्नो डाँक बाकस् हेर्नु भएमा खाम बन्दी INVITATION पनि पाउनु हुनेछ। त्यस भित्रको कागजी फारम भरेर हुलाक मार्फत पनि पठाउन सक्नु हुन्छ।

यदि जनगणनाको फारम भर्न सहयोग चाहिएमा हामीलाई फोन गर्न सक्नु हुन्छ। अथवा शेर्पा किदुगमा पनि आउन सक्नु हुन्छ।

हामी मद्घत गर्छौं।

जसरी भए पनि सबैले जनगणनामा भाग चाहिँ लिनै पर्छ। यो हाम्रो नागरिक दायित्व हो। प्रत्येक दश वर्षमा मात्र आउने अवसर हो।

संभावित ठगीबाट बच्न निम्न कुरामा सावधान पनि रहनु होला।

१) तपाईंको सोसियल सेक्युरिटी नंबर (Social Security Number) सोधिने छैन ।

२) कुनै नगद (Cash) वा चन्दा (Donation) माग्ने छैन ।

३) कुनै राजनैतिक दलको पक्ष या बिपक्षमा सहयोग माग्ने छैनन् ।

४) तपाईंको बैंक खाता या क्रेडिट कार्डका नंबर माग्ने छैनन् ।

५) अनि तपाईंको नागरिकता (Citizenship) संबन्धी कुनै पनि प्रश्न सोध्ने छैनन् ।

तपाईंलाई माथिका यी प्रश्नहरु सोधिने छैनन्। यस्ता प्रश्न सोधेर ल्याएमा तपाईंलाई ठग्न खोजेको हो भन्ने बुझ्नु होला। ठगीको आशंका भएमा तत्काल यस (800)923-8282 नंबरमा फोन गरेर जानकारी गराउनु होला।

जनगणनामा भाग लिऔं। भविश्य बनाऔँ।

जनगणनामा भर्न तलको लिँकमा जानु होस्।

https://my2020census.gov/login

थुचिक्षे/धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat