न्यूयोर्कमा पहिलो पटक वज्रगुरु मन्त्र जप कार्यक्रम भब्यताका साथ सम्पन : शेर्पा किदुग अमेरिकाको आयोजनामा  विश्व शान्ति, सम्पूर्ण प्राणी जगतको काल्यण दिर्गकालिन विश्व पर्याबरणिय स्थिरताको  लागि पहिलो पटक अमेरिकाको न्युयोर्कमा चार दिने वज्रगुरु मन्त्र जप कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। शेर्पा किदुगको आफ्नै भवनमा गत जुलाई ११ देखी १४ तरिख सम्मा आयोजना गरिएको उक्त कार्यक्रममा बौद्ध धर्मका महान गुरु परम पुज्यानिय नाम्खी ङिङपो रिन्पोछेको उपस्थिती रहनु भएको थियो।  

सन १९६६मा भुटानमा जन्मिनु भएका रिन्पोछेलाई भुटान सरकारको निगरानीमा १६औँ ग्याल्वा कर्मापाले नाम्खी ङिङ्पो रिन्पोछेको सतौं आवतारी रुपमा घोषणा गर्नुको भएको थियो। परम पुज्यानिय दालाई लामा, ग्याल्वा कर्मापा, डिल्गो खेन्चे रिन्पोछेले लगयात अन्य महत्वपूर्ण रिन्पोछे गुरुहरुबाट उहाँलाई बिभिन्न समयमा प्रशिक्षण दिनु भएको थियो। उहाँले भुटानको बुमथाङमा सन १९८४मा ल्होड्रक खर्चु गुम्बाको स्थापना गरी सन १९९६ देखी सेड्रा संचालन गर्दै अाउनु भएको छ।

नाम्खी ङिङपो रिन्पोछेलाई सतौ तथा अाठौ सतब्दीमा बौद्ध दर्शनका प्रबतक तथा दर्शानिक शान्तरक्षित(चिवाछो)ले गुरु रिन्पोछे पदमसम्भवको चेलाको रुपमा नियुती गर्नु भएको थियो। सातौं सतब्दीका तिब्बतका राजा ठिचौ दिउचेनले नाम्खी ङिङ्पो रिन्पोछेलाई नेपाल भारतमा बुद्ध दर्शनको बारेमा थप अध्ययन गर्न पठाउनु भएको थियो। गुरु रिन्पोछेको २५ चेलाहरु मध्ये उहाँले महासिद्ध प्राप्त गर्नु भएको थियो। 

गुरु रिन्पोछे (पद्मसंभव)को महत्वपूर्ण तिथि टेल्दा छेचु (पाचौं महिना) दशमीको अवसर पारेर शुभराम्भ गरिएको बज्र गुरु मन्त्र जाप कार्यक्रममा दैनिक ५० जना टुल्कु, खेन्पो, आचार्य, लोपेन लामा गुरुहरुको साथमा सयौं उपासक उपासिकाले मन्त्र जाप गर्नु भएको थियो। उक्त जप गरेको मन्त्रलाई अन्तिम दिन गन्ति गरी रिम्पोचेबाट हजारौं भक्तजनहरुलाई बज्रगुरु तथा दिर्गायुको अभिषेक प्रदान गर्नु भएको थियो। 

वज्रगुरु मन्त्र गुरु पद्म संभवको हृदय मन्त्र हो नेपाल, भारत, तिब्बत, भुटान, मंगोलिया आदि हिमाली मुलुकहरुमा फैलिएको वज्रयान परम्पराको संस्थापक गुरु पद्मसंभवको चमत्कारिक आगमनको बारेमा भगवान गौतम बुद्ध स्वयंले आफ्नो जीवनको अन्तिम समयमा भविष्यवाणी गर्नुभएको थियो  

वज्र गुरुको जप ध्यान गर्दा स्वच्छ बोधिचित्त उत्पन्न गरेर यो मन्त्र जप गरेमा सम्पूर्ण अकुशल कर्मका दोषहरु हट्ने  जन्म, जरा, ब्याधि मरणको भयबाट मुक्त हुनेछ समाजमा सुब्यवस्था कायम हुने  रोग ,भोखमरी हट्ने , झैझगडा कलहहरु शान्त हुने , युद्धहरुमा बिराम लाग्ने , विश्वमा दिगो शान्ति अमन चयन कायम हुने धार्मिक विश्वाश रहेको छ। 

हिमालयन समुदायका बौद्दमार्गीहरुको उल्लेखिनिय उपस्थिती रहेको कार्यक्रम स्थल धाजा पत्ताले बिशेष सिगारिएका थिए भने रिम्पोचे आगमान हुदा शेर्पा किदुगले विशेष स्वागत गरेका थिए शेर्पा किदुगले कार्यकमको लागि तीन महिना अगाडिनै एक मुल आयोजक समिती गठन कार्य बिभाजन गरी कार्य गर्दै आएका थिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat