न्युयोर्कमा नेपाली र हिमालयन समुदायमा पहिलो पटक अमेरिकाको अग्रणी संस्था शेर्पा किदुग अमेरिका र न्युयोर्क सिटी डिस्ट्रिक्ट २५का काउन्सिल मेम्बर डानियन ड्रमले बिर्हत श्रोत मेलाको आयोजना गरिएको छ। जनजाति महासंघ अमेरिको सहयोगमा अयोजित उक्त कार्यक्रममा न्युयोर्कको नेपाली समुदाय र हिमालयन समुदायलाई लक्षित गरी सरकारी निकायहरुबाट पाउन सक्ने सेवा सुविधा र अवसरहरुका बारेमा जानकारी प्रदान गरिएको थियो। शेर्पा किदुगकै भवनमा अयोजित उक्त कार्यक्रममा साना तथा माझौला ब्यापार, सहुलियत दरको हाउजिङ, स्वास्थ्य बिमा, ट्याक्सी तथा लिमोजिन सम्बन्धी जानकारी, आप्रबासी सम्बन्धी अधिकार, अध्यगमन तथा अन्य आवश्यक कानुनी परामर्श, श्रम तथा रोजगार, सामाजिक सुरक्षा सम्बन्धी लगायत अन्य विविध जानकारी प्रदान गरिएको थियो।

कार्यक्रम नेपाली र हिमालयन समुदायलाई लक्षित गरिएता पनि स्थानिय र अन्य समुदायहरुले पनि सिटी र राज्यको बिभिन्न सरकारी बिभागबाट प्राप्त हुने सेवा सुबिधा लगायत श्रोत साधनहरुको बारेमा यथेस्ट जानकारी लिए।

 

सरकारी र गैरसरकारी गरी २२ वटा भन्दा बढी एजेन्सीहरुलाई समेल गराई आयोजना गरिएको उक्त कार्यक्रममा मेमोरियल स्लोन केटेरिङ केन्सर सेन्टर र नानाद्वरा निशुल्क स्वास्थ्य शिबिर पनि राखिएको थियो।

” हिमालयन र नेपाली समुदायको हित लागि गरिएको कार्यक्रमबाट धेरैलाई फाईदा पुगेको र यस समुदायको कुनै पनि सदस्यहरु न्यूयोर्कको सरकारी बिभागहरुबाट प्राप्त हुने सेवा र सुबिधा बाँन्चित नहुन भन्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो” काउन्सिल मेन डोनल्ड ड्रमले भने। “नेपाली समुदायको लागि यो कार्यक्रम अत्यन्त उपयोगी साबित भएको, नेपालीहरु कुनै न कुनै रुपमा सिटिको हरेक बिभागहरुसंघ सम्बन्धित भएर काम गरिरहेको र नेपाली समुदायमा केही भाषागत समस्याहरु भएकोले न्यूयोर्क सिटिले नेपाली भाषालाई पनि सिटिको सरकारी कामकाजको भाषाको रुपमा राख्नु पर्छ। नेपाली समुदायहरुले पनि न्यूयोर्क सिटी र राज्यबाट प्राप्त हुने सेवा सुबिधाहरु लिन सक्नु पर्छ।” नेपाली महाबाणिज्यदुत पुष्प राज भट्टराई भने।

शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले सबैलाई धन्यवाद दिदै यो कार्यक्रम न्युयोर्कको राज्य सरकार र सिटी सरकारलाई सर्व साधारणको घर दैलो सम्म ल्याउने प्रयत्न र सरकारी श्रोतमा नेपाली समुदायको पहुँच पुर्याउने उद्धेश्यका साथ पहिलो चोटि आयोजना गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat