शेर्पा किदुगले  लोशार २१४६को अवसरमा आयोजना गरिएको लोशार साँस्कृतिक कार्यक्रम भब्यताकासाथ सम्पन्न भएको छ। म्यान्हटनको अर्मनियन  सभा हलमा गत फेब्रुरी ९, २०१९ अयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाली महाबाणिज्यदुत पुष्प राज भट्टराई थिए भने अतिथीहरुमा न्यूयोर्क राज्यका एसेम्ब्ली सदस्य केटालिना क्रुज, मेयर अफिसका प्रतिनिधि निक गुलता, र अदिबाशी जनजाती  महासंघ अमेरिका अध्यक्ष मन राणा मगर लगायत न्यूयोर्क स्थित नेपाली समुदायका बिभिन्न संघसंस्थाका प्रमुख एबम प्रतिनिधिहरुको उपस्थिती रहेका थिए।

 

धर्म गुरु उर्गेन  टुल्कु र महाबाणिज्यदुत पुष्प भट्टराईले पनासमा बत्ती बाली समुद्घाटन र बालबलिकाहरुले  नेपाली र अमेरिकाको राष्ट्रिय गनबाट शुभरम्भ गरिएको कार्यक्रममा किदुगका प्रबक्ता पेम्बा गेलु शेर्पाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने अध्यक्ष उर्गेन शेर्पाले धन्यवाद प्रदान गरेका थिए। किदुगकै संरक्षक समितिका संयोजक कल्साङ छोपेलले १२ बर्ष किदुगमा काम गरेको सुनौलो अनुभब सुनाउदै  आफ्नो कार्यकल सकिन लागेको र भबिस्यमा पनि शेर्पा किदुगको हितको लागि काम गर्ने प्रतिबद्दता ब्यक्त गरे। असेम्ब्ली  सदस्य केटालिना क्रुजले बालबालिकाहरुको  प्रस्तुतिको प्रशंसा गर्दै अमेरिकामा पनि शेर्पाहरुको परम्परागत धर्म संस्कृतिलाई जिबन्त राख्नुको अलावा शेर्पा किदुगले गरेको समुदाय  लक्षित हरेक गतिबिधीहरु प्रशंसा गरे। हरेक अाप्रबासी जातिको धर्म संस्कृति अमेरिकाको ठुलो सम्पत्ति भएको र यसको संरक्षणको लागि आफ्नोतर्फ सहयोग गर्ने बताए।

  

 

शेर्पा किदुगले प्रदान गरिने अमेरिकन हिरोको उपधि साहित्यकार तथा समाज सेवी पद्मा लिंखा मगरलाई प्रदान गरेका थिए भने शेर्पा बर्षको लागि पुरुषतर्फा ङिमा शेर्पा ,महिलातर्फा कान्छी शेर्पा र बालबलिकातर्फा छिरिङ ड्याना शेर्पालाई प्रदान गरेका थिए। त्यस्तै स्वायमसेवकतर्फा दावा शेर्पा, निमी शेर्पा, महिला फुटबल समुह,  ल्हाक्पा रिन्जी शेर्पा, सेकी शेर्पा, बिमला शेर्पा र टाशी  शेर्पालाई सम्मान गरिएका थिए भने संरक्षक समितिका संयोजक कल्साङ छोपेललाई बिशेष सम्मान पत्र प्रदान गरिएका थिए।

दुई चरणमा बिभाजन गरी अयोजन गरिएको पहिलो चरणको औपचारिक कार्यक्रम किदुगका महासचिब तेन्डी शेर्पाले र दोश्रो चरण साँस्कृतिक कार्यक्रमको  संचालन सोनाम गेल्जेन शेर्पाले गरेका थिए। न्यूयोर्क शेर्वी डाम्यङ छोक्पा र स्यामा शेर्पा समुहको बेजोड  प्रस्तुतिसँगै र अन्य कलाकारहरुले बिबिध नेपाली र शेर्पा गीत संगीत र नृत्यहरु प्रस्तुत गरेका थिए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat