आईतबार जुलाइ २४ तारिख सन् २०२२ को दिन बसेको शेर्पा किदुग अमेरिकाको कार्य समितिको बैठकले अब देखि शेर्पा किदुग अमेरिकाको रिग्जीन छोखोर्लिङ गुम्बाको प्रङगणमा र प्रबिश्वका अन्य बौद्ध स्थालहरूमा झै युनाईटेड शेर्पा ल्हप्सो ल्याण्ड वालकीलमा पनि चोदर र लुङदरहरू लोसरको शुरूताका र छैटौं महिनाको चौंथो दिन टुक्पा छेजीको दिन (सुबिधा हेरी एकदुईदिन तल माथि पर्न सक्ने) बर्ष भरिमा ६ – ६ महिनाको अन्तरालमा चोदर र लुङदार टॉंग्ने निर्णय भएको सबैमा जानकारी गर्दछौं ।

त्यसै अनुसार यही आउने आईतबार जुलाइ ३१ तारिख सन् २०२२ को दिन चोदरको जिन्दग सबैजना र अन्य ईच्छुक महानुभावहरुमा आफुहरू जानु हुने भए शेर्पा किदुग अमेरिका न्यूयोर्कको कर्यलयमा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ ।

गत ल्हप्सो २०२२ मा वातवरण मैत्री चोदर र लुङदरहरू मत्रै राख्ने निर्णय भए अनुसार गर्दा केही जिन्दगहरूले सो निर्णय हुन अगावै पहिले देखि चलनमा आएकै चोगर र लुङदरहरूआफैले खरिद गरि सकेकोले सो चोदर र लुङदरहरू टॉंग्न नपाएको गुनासोलाई मध्ये नजर गरि एक पटकलाई ऊहॉंहरूसंग भएको चोदर र लुङदरहरू टॉंग्न पाउने निर्णय भएकोले आफुं संग को चोदर र लुङदरहरू ल्याएर सो दिन टॉग्नहुन अनुरोध गर्दछौं ।

त्यस दिन को लन्च सबैले पटलक (Potluck) को रूपमा ल्याउन हुन पनि अनुरोध गरिन्छ ।

युनाइटेड शेर्पा एस्सोसिएशन ईंक / शेर्पा किदुग अमेरिका न्यूयोर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat