शेर्पा किदुगको लोशार साँस्कृतिक कार्यक्रम सम्पन्न:

शेर्पा किदुग अमेरिकाले वार्षिक रुपमा आयोजना गरिने लोशार साँस्कृतिक कार्यक्रम भब्यताका सम्पन्न भएको छ। न्युयोर्कको म्यान्हटनको अर्मनियन चर्चमा गत मार्च ३,२०१८मा प्रमुख अतिथी महाबणिज्यदुत श्री मधु मराशनीको प्रमुख अतिथ्य र शेर्पा किदुग अमेरिकाका अध्यक्ष श्री उर्गेन शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्युयोर्क सिटी मेयरको अफिसका क्विन्स बोरो कूम्युनिटी डिरेक्टर निक गुलता लाययत नेपाली संघ संस्थाका प्रमुख एबम प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।
बालबालिकाहरुले बुद्ध पार्थनाको साथै नेपाली र अमेरिकी राष्ट्रगानबाट शुभाराम्भ गरिएको कार्यक्रममा प्रमुख अतिथी महावाणिज्यदूत मधु मरासिनी र प्रमुख धर्म गुरु उर्गेन टुल्कुज्युले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गर्नु भएको थियो। उल्लेखिय लोशारप्रेमीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा क्विन्स बोरो कम्युनिटीका डिरेक्टर निक गुलताले न्यूयोर्क सिटीका मेयर बिल दि ब्लासियोले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए। मेयरले पठाएको उक्त लोशार शुभकामना सन्देशमा शेर्पा समुदायको ठुलो संख्या न्युयोर्कमा रहेकोमा गर्ब गर्दै शेर्पा किदुगले गरेको बिभिन्न रचनात्मक कार्यहरुको प्रशांसा गरेका छ। प्रमुख अतिथी महाबाणिज्यदुत मधु मराशनीले नेपालका गौरब बुद्धका अनुयायी शेर्पाहरुको पहिचन सगरमाथा अटल र अंमर रहेको र नेपाल चिनाउनमा शेर्पाहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै शेर्पा किदुगले शेर्पाहरुको धर्म संस्कृतिको संरक्षण र सन्बर्द्वनको लागि मात्र नभएर समग्र नेपाली भाषा, कला र संस्कृतिको संरक्षण र बिकासमा महत्वपूर्ण भूमिका निभाएको कुरा उद्रित गर्दै अमेरिकी डायस्पोरा नेपाली समुदायको हितमा गरेको कार्यको खुलेर प्रशांसा गरे।
किदुगका महासचिब तेन्डी शेर्पाद्वारा सन्चालित पहिलो चरणको औपचारिक कार्यक्रममा अमेरिकी नेपाली समुदायको सामाजिक र आर्थिक रुपन्तारणको लागि निस्वार्थ र निडर रुपमा आग्रणी भूमिका निर्बाह गर्दै आएका संचारकर्मी, अधिकारकर्मी र सामाजिक अभियानता शैलेश श्रेष्ठलाई “नेपालीज अमेरिकन हिरोको “रुपमा सम्मान गरियो। शेर्पा जातिको धर्म संस्कृतिको संरक्षण र बिकासमा महत्वपूर्ण योगदान प्-याएका पुरुषतर्फा ल्हाक्पा तेन्जी शेर्पालाई यस बर्षको “शेर्पा अफ दि इयर”र श्रीमती दिकी डोल्मा शेर्पालाई “शेर्पा वोमेन अफ दि इयर ” उपधिको रुपमा सम्मान गरियो। त्यस्तै यस बर्षका “शेर्पा चिल्ड्रेन् अफ द ईयर “पाल्देन शेर्पा (सलाका) तथा युनाइटेड शेर्पा फूटबल क्लबका एडविन शेर्पा, रुआन शेर्पा, लहाक्पा लामा र याङ्चेन शेर्पालामालाई पनि बिशेष सम्मान गरिएको छन। गत बर्ष २०१७ का ल्हाप्सो अयोजक समितिका सदस्यहरुलाई पनि सम्मान गरिएको छन। ल्हाप्सो अयोजक समितीले शेर्पा किदुगलाई ल्हाप्सो कार्यक्रमको सबै खर्च कटाई बाँकी रहेको $१२३३७.३४ हस्तान्तरण गरेका थिए।
किदुगका उपध्याक्ष श्रीमती डोल्मा शेर्पाले स्वागत मन्तब्य र अध्यक्ष उर्गेन शेर्पाले धन्यवाद मन्तब्य प्रकाट गरेका थिए। उदघोषिका डोमा शेर्पाद्वारा सन्चालित दोश्रो चरणको बिबिध सँगालो सहितको साँस्कृतिक कार्यक्रममा शेर्पा, नेपाली, हिन्दी, अङ्रेजी र टिबेटेन भाषाका संगीत तथा नृत्यहरुले सबैलाई मनोरंजन दिलाएका थिए।
Other News
Kyidug notice add notice
Public notice add notice
events calendar
Advertisement matters! You can Advertise your business using this space.
copyright © 2019 UNITED SHERPA ASSOCIATION (USA), INC. terms of use | privacy policy | charitable solicitation disclosures
Media, News site supported by : Khumbule.com Redefining Media
The site is updated by Nima Sherpa. Follow Instgram @khumbule_nima/