
युनाइटेड शेर्पा एसोसिएशन (यू.एस.ए.) इन्क. / शेर्पा किदुग अमेरिका – न्यूयोर्क
मिति: शुक्रबार, नोभेम्बर २८, २०२५
स्थान: United Sherpa Association (USA) Inc., Sherpa Kyidug America Hall, Elmhurst,
युनाइटेड शेर्पा एसोसिएशन (यू.एस.ए.) इन्क./शेर्पा किदुग अमेरिका – न्यूयोर्कले मिति नोभेम्बर ८, २०२५ मा सम्पन्न कार्यसमिति बैठक तथा मिति नोभेम्बर १५, २०२५ मा बसेको बोर्ड अफ ट्रस्टी र कार्यसमितिको संयुक्त बैठकका निर्णयहरूअनुसार, दुई महत्वपूर्ण परियोजना—
तेन्जिङ नोर्के शेर्पा वे मा अवस्थित गुम्बा तथा सामुदायिक केन्द्र भवन विस्तार परियोजना, तथा
वालकिल, न्यूयोर्कस्थित करिब ५०० रोपनी “शेर्पा ल्हाप्सो ल्यान्ड विकास परियोजना” अन्तर्गत कम्युनिटी हाउस निर्माण योजना
लाई सफलतापूर्वक अघि बढाउन गठन गरिएको स्थायी मूल समितिको पहिलो बैठक, समितिको औपचारिक घोषणा, तथा पदाधिकारीहरूको पदभार हस्तान्तरण कार्यक्रम ऐतिहासिकरूपमा सम्पन्न भयो।
कार्यक्रम आज साँझ ५ बजेदेखि राति ९ बजेसम्म United Sherpa Association Hall मा आयोतना गरिएको थियो।
यस समारोहका झलकहरूले संस्थाको दीर्घकालीन विकास, सामुदायिक पूर्वाधार सुदृढीकरण, सांस्कृतिक पहिचान संरक्षण, तथा भावी पुस्ताका लागि स्थायी आधार निर्माण गर्ने सामूहिक संकल्पलाई स्पष्ट रूपमा अभिव्यक्त गरेको छ।
यस ऐतिहासिक दिनले—भवन विस्तार योजनालाई औपचारिक रूपमा सुरूवात गर्यो,Sherpa hapso Land को दीर्घकालीन पूर्वाधार निर्माणलाई संस्थागत मार्गदर्शन प्रदान गर्यो,र मूल समितिको अधिकृत नेतृत्वसहित कार्यान्वयन चरणको शुभारम्भ गर्यो।
सम्पूर्ण समुदायलाई जानकारी गराइन्छ कि यी परियोजनाहरू सफलतापूर्वक सम्पन्न गर्न संस्थाले सर्वस्तरीय सहकार्य, पारदर्शिता, र समुदायको एकताको भावना सहित अगाडि बढ्नेछ।
