
शुभकामनाका साथ,
यस वि.सं. २०२५ सालको ल्हाबप दुछेन पर्व यही आगामी मङ्गलबार, नोभेम्बर ११ गते पर्ने व्यहोरा अवगत गराउँदै, उक्त पवित्र एवं पुण्य पर्वलाई यस वर्ष पनि सधैंझैं श्रद्धा, भक्ति र उल्लासका साथ सामूहिक रूपमा मनाउन सबैमा हार्दिक निमन्त्रणा गर्दछौं।
समुदायको एकता, सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गर्न लागिएको यस पर्वमा सबैको सहभागिता तथा सहयोग अपेक्षित छ।
तपाईंहरूको अमूल्य योगदान यस पर्वको भव्यता र सफलतामा महत्वपूर्ण हुनेछ।
सहयोग गर्न चाहनुहुने महानुभावहरूले निम्न शिर्षकहरू अन्तर्गत सहयोग प्रदान गर्न सक्नुहुनेछः
१. ब्रेफास्ट (नास्ता)
२. लन्च (दही सहितको भोजन)
३. पानी
४. चिया
५. छोक (पेमीर सहित)
तपाईंहरूको सहयोग, उपस्थिती र सहभागिताको लागि अग्रिम धन्यवाद ज्ञापन गर्दै,
यस, “धार्मिक तथा सांस्कृतिक पर्वलाई सफलतापूर्वक सम्पन्न गर्न सबैमा हार्दिक अनुरोध गर्दछौं।”
