Home » Notice » शेर्पा किदुगको अधिबेशनमा सहभागी हुन अनुरोध।

शेर्पा किदुगको अधिबेशनमा सहभागी हुन अनुरोध।

  • Posted on: 01, 31, 2017
  • By :  
  • Categories :  
  • Comments Off on शेर्पा किदुगको अधिबेशनमा सहभागी हुन अनुरोध।

शेर्पा किदुगको अधिबेशनमा सहभागी हुन अनुरोध।

सम्पूर्ण संरक्षक, अजीवन तथा साधारण सदस्यहरु,
शेर्पा किदुग न्युयोर्क, अमेरिका
शेर्पा किदुगको बिधान अनुसार प्रत्येक २ बर्षमा अधिबेशन गर्नु पर्ने प्रावधानअनुसार शेर्पा किदुगको अधिबेशन आगामी फेबररी २६ तारिख आईतवारका दिन बिहान १०:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म शेर्पा किदुग हलमा हुने भएको हुँदा सम्पूर्ण संरक्षक, अजीवन तथा साधारण सदस्यहरुलाई सहभागी भै भाग लिनु हुन हार्दिक अनुरोध गर्दछ।
कार्यक्रम तालिका:
१. उद्घाटन समारोह कार्यक्रम (१ घण्टा ३० मिनेट )
२. बन्द शत्र कार्यक्रम: (१२:०० बजेदेखि ५:०० बजेसम्म)
क. महासचिबको प्रतिबेदन प्रस्तुत गरिने र त्यसमाथि छलफल गर्ने ।
ख. कोषाध्यक्षको अायब्याय आर्थिक प्रतिबेदन प्रस्तुत गरिने र त्यसमाथि छलफल गर्ने ।
ग. आवश्यक प्रस्ताबहरु तथा संशोधन प्रस्ताबहरु पेश गरिने र त्यसमाथि आवश्यक छलफल गर्ने।
घ. बिभिन्न समितिका संयोजकहरुको प्रतिबेदन प्रस्तुत गरिने।
ङ. कार्यक्रम समापन समारोह।
शेर्पा किदुगको आगामी कार्य समितिको लागि धेरै उम्मेदवारी पर्न आई चुनाव गर्नु पर्ने अवस्था आएको खण्डमा निर्वाचन समितिले सोही दिन ५:०० बजेपछि निर्वाचन कार्यक्रम गर्नेछ।
(नोट: शेर्पा किदुगले चिया तथा दिउसो खानाको ब्यबस्था गर्नेछ।)

महासचिब
आङ जाङ्बु शेर्पा
शेर्पा किदुग न्युयोर्क, अमेरिका

Comments are closed.