डोल्क्षोक् पूजा

शेर्पा किदुग, अमेरिका सन् १९९६ जून तीन तारीखका दिन दर्ता भएको थियो । आउँदो जून तीन तारीख शेर्पा किदुग २० बर्ष पुरा गरी २१ औं बर्षमा प्रवेश गर्दै छ |

एक्काइसौँ वर्ष प्रवेशको पुनीत उपलक्ष्यमा शेर्पा किदुगले सबै खाले बिघ्न बाधाहरु हटाउँदै मानव लगायत सम्पूर्ण प्राणीहरुको सुख शान्ति र प्रगतिको लागि एक्काईस ताराको पूजा ( डोल्क्षोक् ) आयोजना गर्न गईरहेको हुँदा यहाँहरु सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं | बिहान ९ बजे देखि १२ बजे सम्म श्यार्वी रिग्श्युङ् लोप्टाको संयोजनमा
डोल्क्षोक् पूजा भए पछि दिउँसो २ देखि ६ बजे सम्म छेचु लावाहरु द्वारा नियमित रुपमा गरिंदै अाइरहेको छेचु पूजा सम्पन्न हुनेछ |

सोही दिन शेर्पा किदुगले बिश्व शान्तिको कामना गर्दै सौर्य उर्जाबाट बल्ने, बातावरण मैत्री र सुरक्षाका दृष्‍टिकोणले समेत भर पर्दो एक सय आठ बत्ती बाल्ने कार्यक्रम रहेको छ | लामा गुरुहरुद्वारा बिशेष प्राणिधानका साथ बालिने ती बत्तीहरु शेर्पा किदुगको बगैंचामा ज्ञान ज्योतिको रुपमा सँधै बलिरहने छन् |

बिघ्न बाधाहरु हटाउन, कसैको सुस्वास्थ्य र दिर्घायुको कामना गर्न या कुनै पनि मनोकाङ्क्षा पुरा गर्नको लागि डोल्क्षोक् पूजामा आर्थिक सहयोग गर्न चाहने महानुभावहरुले श्यार्वी रिग्श्युङ् लोप्टामा या शेर्पा किदुगमा संपर्क गर्न हुन अनुरोध गरिन्छ |

धन्यवाद |

मिति: जून ४ तारीख अाईतबार २०१७।

समय: बिहान ९ बजे देखि १२ बजे सम्म डोल्क्षोक् (तारा पूजा)
दिउँसो २ बजे देखि ६ बजे सम्म छेचु पूजा |
बेलुकी ७ बजे बिश्व शान्तिका लागि बत्ती बाल्ने |

स्थान: शेर्पा किदुग
41-01 75th Street
Elmhurst, NY 11373

(डोल्क्षोक् पुजाको पुस्तक छपाईको लागि प्रायोजन गर्नु हुने डा. मिङ्मार नूर्बु शेर्पा र श्रीमती निमा फुटी शेर्पा प्रति शेर्पा किदुग हार्दिक आभार प्रकट गर्दै बत्तीको लागि आर्थिक सहयोग गर्नु हुने सबैमा धन्यवाद ज्ञापन गर्दछ)

date :

time : दिउँसो २ बजे देखि ६ बजे सम्म छेचु पूजा बेलुकी ७ बजे बिश्व शान्तिका लागि बत्ती बाल्ने |

organizer : United Sherpa Association Inc.

venue : शेर्पा किदुग 41-01 75th Street Elmhurst, NY 11373

The site is conceptualized by Gelu Sherpa.