Discussion Forum >
Breaking News
>
१८ विश्व आदिवासी दिवस सन्र्दभ सामाग्री र सूचना
|
Reply to Message |
There
are 3 messages in this thread.
|
|
This thread has been viewed
269 times. |
kisan
Reply
| Notify
Admin
7/27/2012 11:47:15 PM
विश्वका आदिवासी एक हौ
आदिवासी जनजातिको अभियान, जातिय पहिचान सहितको संघीय संविधान
विश्व आदिवासी दिवास किन मनाइन्छ ?
पृष्टभुमी ः जेनेभा स्विटरजरल्याण्डमा डिसेम्बर १९८२ मा बसेको संयुक्त राष्ट्र संघको आदिवासी जनसंख्या संम्बन्धि कार्यदलको पहिलो वैठकले प्रत्येक वर्षको ९ अगष्टलाई विश्वका आदिवासीहरुको अन्तर्राष्ट्रिय दिवसकोे रुपमा मनाउने निर्णय ग¥यो । २००४ को साधारण सभाले २००५ देखि २०१४ को दशकलाई विश्व आदिवासी दशक घोषण ग¥यो । सो साधारण सभाले दोस्रो दशकमा पनि वािर्षक रुपमा विश्व आदिवासी दिवस मनाउने निर्णय ग¥यो । प्रथम दशकको उद्धेश्य आदिवासी जनजातिले संस्कृति, शिक्षा, स्वास्थ्य, मानव अधिकार, वातवरण, सामाजिक र राजनैतिक विकासमा भोग्नु परेका समस्या समधान गर्न अन्तराष्ट्रिय सहकार्यलाई सुदृढ गर्नु थियो ।
अप्रिल २००० मा संयुक्त राष्ट्र संघमा आदिवासी स्थायी मञ्च स्थापना गर्ने मानव अधिकार आयोगको संकल्प प्रस्तावलाई संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक परिषदले पनि अनुमोदन ग¥यो । आदिवासी जनजातिले संस्कृति, शिक्षा, स्वास्थ्य, मानव अधिकार, वातवरण, सामाजिक र राजनैतिक विकासमा आदिवासी जनजातिले भोग्नु परेका समस्याबारे छलफल गर्ने अख्तियारी आदिवासी स्थायी मंञ्चलाई प्रदान गरियो । संयुक्त राष्ट्र संघ आदिवासी स्थायी मंञ्चले आदिवासी जनजातिकंो अधिकार प्रर्वद्धन र संरक्षणका लागि प्रत्येक वर्षको अगष्ट ९ लाई आदिवासीको अधिकार संम्बन्धि विशेष नारा र कार्यक्रम सहित विश्वका आदिवासीहरुको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउदै आएको छ ।
नेपालमा १८ औ विश्व आदिवासी दिवस कसरी मनाउदैछ ?
यसवर्षको १८ औ विश्व आदिवासी दिवस ९ अगष्ट, तदानुसार २५ श्रावणमा परेकोछ । नेपालका आदिवासीले आप्mनो भाषा, धर्म, संस्कृति, रीतिरिवाज संरक्षण र विकासका साथै शिक्षा, स्वाथ्य, वातवरण, मानव अधिकार, सामाजिक र राजनैतिक अधिकार, राज्यसत्ता सबै तह र तप्कामा पहिचान सहितको समानुपातिक प्रतिनिधित्व र पहुचलगायतका माग संम्बोधन गराउन विश्व आदिवासी दिवसलाई अवसरका रुपमा उपयोग गर्दै राज्यसत्तामाथि दवाव दिने काम गर्दै आएका छन् । संविधानसभा विघटन पछिको यो पहिलो विश्व आदिवासी दिवास भएको परिप्रेक्षमा नेपालका डेढ करोड आदिवासी जनजातिका एकमात्र साझा संगठन नेपाल आदिवासी जनजाति महासंघले १८औ विश्व आदिवासी दिवसलाई जातिय पहिचान सहितको संघीय संविधान सुनिश्चित गर्ने अभियानको रुपमा काठमाडौ लगायत देशव्यापीरुपमा मनाउनेछौ । साथै अन्तरिम संविधानमा घोषणा गरिसकेको संघीयता, लोकतान्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र आदिवासी जनजातिको अधिकारहरुलाई नया“ संविधानमा सुदृढ र सुनिश्चित गर्ने आन्दोलनको रुपमा पनि यस दिवसलाई मनाउनेछौ । साथै यस दिवसको अवसरमा आयोजित अन्तर्रक्रियात्मक कार्यमहरुमा नयाँ संविधानमा आदिवसी जनजाति, र उत्पीडित क्षेत्र र वर्गका अधिकार सम्वोधन र सुनिश्चितताको लागि एउटा राष्ट्रिय वैकल्पीक शक्ति गठन लगायत भावि कार्यदिशा र भावि रणीनीतहरुबारे व्यापक छलफल गरेर निर्माण गर्नेर्छौ ।
श्रावण २५ गते (अगष्ट ९, २०१२) विहान १० बजे भृकुटी मण्डप, प्रदर्शनी मार्ग, काठमाडौबाट शुरु हुने झाँकी ¥याली साथै साँस्कृतिक कार्यक्रम र मूल समारोहमा आ–आफ्नो जातिय पोशकमा बाजगाज, जातिय संगठनका झण्डा, व्यानरका साथै लिम्वुवान, किराँत, ताम्सालिङ, नेवा, शेर्पा, तमुवान, मगरात, थारुहट, वल्लो किराँत स्वायत्त प्रदेशका झण्डा, व्यानर लिएर संंम्पूर्ण ५६ जातिय संगठनहरु, सम्बन्धन सगठनहरु, विद्यार्थी, युवा, विद्यार्थी, महिला, शिक्षक, कर्मचारी, विभिन्न दलका जातिय संगठनहरु, आदिवासी जनजातिका राजनीतिक दलहरु, आदिवासी जनजातिका गैर सरकारी संगठनहरु, आदिवासी जनजाति दिदिवहिनि, दाजुभाई र न्यायप्रेमी जनसमुदयहरुको सहभागिताको लागि १८ औ विश्व आदिवासी दिवस मूल आयोजक समिति, नेपाल आदिवासी जनजाति महासंघ हार्दिक अपील एवं निमन्त्रणा गर्दछौ ।
¥याली मार्ग ः भृकुटी मण्डप, भद्रकाली , शहिद गेट, विर हस्पिटल, विश्वज्योती सिनेमा हल, घण्टाघर, विद्युत प्राधिकरण र भृकुटी मण्डप । साँस्कृति तथा मूल समारोह कार्यक्रम दिउसो ११ देखि साँझा ६बजेसम्म भृकुटी मण्डप, प्रर्दशनी मार्गमा हुनेछ ।
साथै नेपालको सबै ७५ जिल्लाहरुमा र २५०० भन्दा बढी गाविसमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदहरु र गाउँ समन्वय परिषदहरुले आयोजना गरेको कार्यक्रमहरुमा पनि उपस्थितिको लागि हार्दिक अपील गर्दछौ ।
राजकुमार लेखी थारु
संयोजक
१७ औ विश्व आदिवासी दिवस–२०६८ मूल आयोजक समिति तथा
अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ
नेपाल आदिवासी जनजाति महासंघ वर्तमान र निवर्तमान संघीय परिषद सचिवालय, वर्तमान तथा पूर्व सल्लाहकारहरु, निवर्तमान अध्यक्ष तथा पूर्व महासचिवहरु, नेपाल कुमाल समाज सुधार समिति, तमू ह्यूल छौंजधी ( गुरुङ्ग राष्ट्रिय परिषद ) नेपाल चेपाङ (प्रजा) संघ, नेपाल छन्त्याल संघ, जिरेल संघ नेपाल, नेपाल तामाङ घेदुङ, तोक्पेगोला समाज सेवा समिति, थकाली सेवा समिति, नेपाल थामी समाज, थारुm कल्याणकारी सभा, दुरा सेवा समाज, नेवाः देय दवु, नेपाल पहरि बिकास संघ, नेपाल बराम संघ, भुजेल समाज सेवा समिति, नेपाल मगर संघ, किराँत याक्खा छुम्मा, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोक्खा, लार्के समाज कल्याण केन्द्र, वालुङ सेवा समाज, शिङ्सा कल्याण केन्द्र, नेपाल शेर्पा संघ, सियार समाज कल्याण केन्द्र, सुनुवार सेवा समाज, नेपाल ह्योल्मो समाज सेवा संघ, नेपाल डोल्पो जनजाति विकास केन्द्र, थुदाम सेवा समाज, नेपाल धानुक समाज, किसान समुदाय क्लव, नेपाल गनगाई कल्याण परिषद, नेपाल झाँगड (उरावं) कोड्रेम सुधा«रा, ताजपुरिया समाज कल्याण परिषद, तांवे समाज सेवा संघ, दनुवार जागरण समिति, नेपाल दराई उत्थान समाज, धिमाल जाति बिकास केन्द्र, नेपाल बोटे समाज सेवा, नेपाल भोटे जनजाति सेवा समिति, नेपाल माझि उत्थान संघ, मुगाल जनजाति समाज कल्याण केन्द,्र मेचे समाज सिवीयारी अफात, राजवंशी समाज विकास समिति, राजी शाल्म समाज, रोङ सेजुम ठी (लाप्चा), ब्याँसी शौंका समाज, नेपाल संन्थाल आदिवासी उत्थान संघ, वायु गुखाता कोलु पंदाक्मी (हायु), मार्फा थकाली समाज सेवा सदन, तीन गाउँले थकाली सेवा समिति, सुरेल जाति उत्थान समाज, कुचबाडिया उत्थान संघ, बाह्रगाउ समाज सेवा समिति, लोछोधुन ल्होपा संघ, नेपाल राउटे विकास संघ र नेपाल कुसुण्डा विकास समाज,
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, आदिवासी जनजाति युवा महासंघ नेपाल, आदिवासी जनजाति विद्यार्थी महासंघ, आदिवासी जनजाति कानुन व्यवसायी परिषद, आदिवासी जनजाति पत्रकार महासंघ, अदिवासी जनजाति चलचित्र संघ, आदिवासी जनजाति मजदुर संघ, अदिवासी जनजाति कला संस्कृति सञ्जाल र आदिवासी जनजाति अपाङ्ग संघ
नेपाल आदिवासी जनजाति महासंघ अर्घाखाची, अर्घाखाची, ओखलढुङ्गा, इलाम, उदयपुर, कञ्चन्पुर, कपिलबस्तु, कैलाली, काभ्रे, कास्की, गुल्मी, गोरखा, चितवन, जाजरकोट, झापा, डडेलधुरा, डोल्पा, ताप्लेजुङ, तेह्रथुम, तनहु, दाङ, दैलेख, दोलखा, धनकुटा, धनुषा, धादिङ, नवलपरासी, नुवाकोट, पर्वत, पर्सा, पाँचथर, पाल्पा, प्युठान, बर्दिया, बाग्लुङ, बाँके, बारा, भोजपुर, मकवानपुर, मुस्ताङ, मोरङ, महोत्तरी, म्याग्दी, रसुवा, रौतहट, रुकुम, रामेछाप, रुपन्देही, लमजुङ, सप्तरी, संखुवासभा, सर्लाही, सल्यान, सिन्धुपाल्चोक, सिन्धुली, सोलुखुम्बु, सुर्खेत, सुन्सरी, सिराहा जिल्ला समन्वय परिषदहरु
नेपाल आदिवासी जनजाति महासंघ अमेरीका, जापन, यू के, अष्टे«लिया, क्यानडा, कटार, ईजिरेल, वेल्जियम, हङकङ, पोर्चुगलका अन्र्तराष्ट्रिय मंञ्चहरु
|
|
| |
kisan
Reply
| Notify
Admin
7/27/2012 11:57:09 PM
१८ औ विश्व आदिवासी दिवसका नारा
१८औ विश्व आदिवासी दिवस सफल पारौ — सफल पारौ
विश्वका आदिवासी एक हौ — एक हौ
आदिवासी जनजातिको एकता जिन्दावाद — जिन्दावाद
आदिवासी जनजाति माथीको सबै खाले उत्पीडनको अन्त्य हुनै पर्छ — हुनैपर्छ
राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षा गर —रक्षा गर
देशलाई राजनीतिक अनिर्णयको बनाउन पाईन्दैन —पाईन्दैन
जाती, भाषा ऐतिहांसिक पहिचानको आधारमा राज्यको पुनर्सरचना हुनै पर्छ — हुनै पर्छ
जातिय पहिचान विरोधी होशियार — होशियार
संघीयता विरोधी होशियर — होशियर
गणतन्त्र, सघीयता र धर्मनिरपेक्षतालाई संस्थागत गर — संस्थागत गर
आदिवासी जनजातिको अधिकार सुनिश्चित भएको संविधान जारी गर — जारी गर
राज्य पुनर्सरचना आयोग गठन गर्न पाईन्दैन — पाईन्दैन
जनमत संग्रह चाहिन्दैन — चाहिन्दैन
समावेशी तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर — लागु गर
प्रकृतिक श्रोत साधान माथी अदिवासी जनजातिको अग्रअधिकार ग्यारेण्टी गर —ग्यारेण्टी गर
प्रथाजन्य परम्परागत न्यायिक प्रणालीको संवैधानिक ग्यारेण्टी गर — ग्यारेण्टी गर
आदिवासी जनजातिको आन्दोलन जारी छ — जारी छ
आदिवासी जनजातिको एकता बाँडनेदेखि होशियर — होशियर
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद — जिन्दावाद
धर्म निरपेक्ष नेपाल जिन्दावाद — जिन्दावाद
नेपाल सरकार र आदिवासी जनजातिबीच भएको संझौताहरुको — कार्यन्वयन गर
आई एल ओ अभिसन्धी १६९ र यू एन ड्रीपलाई कार्यान्वयन गर — कार्यान्वयन गर
राज्यले खोसेको आदिवासी जनजातिहरूको भूमीहरू तुरून्त फिर्ता गर — फिर्ता गर
आदिवासी जनजातिको भाषालाई सरकारी कामकाजी भाषाको मान्यता प्रदान गर — प्रदान गर
आदिवासीको मातृभाषामा निःशुल्क उच्चा शिक्षाको व्यवस्था गर — व्यवस्था गर
आदिवासी महिलाको पहिचान सहितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर—सुनिश्चित गर
आदिवासीको पहिचानमा आधारित समवेशी संघीय शिक्षा प्रणाली सुनिश्चित गर —सुनिश्चित गर
राज्यको सबै तह र तप्कामा आदिवासीको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर —सुनिश्चित गर
|
|
| |
kisan
Reply
| Notify
Admin
7/27/2012 11:59:12 PM
आदिवासी गान
हामी आदिवासी हामी जनजाती
श्रृष्टिको सुन्दर बिहान हामी
मानीसको पहिलो पहिचान हामी
यो विशाल धर्ती हाम्रो रचना
हेर कहाँ छैन हाम्रो पसिना ।
हामी सँगै जन्मे तराई पहाड हिमाल
हामी सँगै हुर्के नदी, वन, जंगल
हामीलाई पछ्याउँदै बन्यो मूलबाटो
हाम्रै रगतको हो रंग यो माटो ।
हामीले सिकायौँ अरुलाई हिँड्न
अब हामी आफैँ तयार छौँ भिड्न
आधिकार खोजौँ आत्म निर्णयको
जातीय पहिचान सभ्यता सुनौलो ।
रचना ः श्रवण मुकारुङ
संगीत ः शान्तिराम राई
स्वर ः आदिवासी गायक÷गायिकाहरु
|
|
| |
|
Back to Home | Discussion
Thread List | Forums List
| |
|