२४० वर्ष अगाडी देखि व्रहमाणवादी शासकहरुले आदिवासी जनजाति, मधेशी, मुस्लीम र दलित माथी गर्दै आएको राजनैतिक, भाषिक, धार्मिक, सा“स्कृतिक, आर्थिक, शैक्ष्ँिक र सामाजिक विभेद, शोषण र दमन अन्त गर्न हामी आदिवासी जनजाति, मधेशी, मुस्लीम र दलितका एक जुट भएर आन्दोलनको आ“धीवेरी उठाउदैछौ । आन्दोलनको विरोधमा उभिने चेष्टा नर्गन विनम्र अनुरोध गर्दछौ, यदि अनुरोधलाई नजरअन्दाज गरेमा परिणाम भयनक हुन सक्दछ ।
आदिवासी जनजाति, मधेशी, मुस्लीम र दलितले आफुहरुमाथी भएको विभेदको विरोधमा उठाएका आवजले देश टुक्रयाउछ भन्ने मिथ्या निराधर कपोकल्पीत आरोप लगाएर हाम्रा न्यायोचित आवज दबाउने षडयन्त्र, फगत दिवा स्वप्ना हुनेछ । वाहुन क्षेत्री मित्रहरुमाथी पनि राज्यसत्ताबाट कुनै पनि उत्पीडन भएको छ भने आवज उठाउनुस, हामीलाई कुनै आपति छैन । तपाईहरुमाथी भएको उत्पीडनको अन्त्यको लागि हामी ऐक्यवदता जाहेर गर्नेछौ । तर हामी माथीको उत्पीडन विरोधमा उठेका हाम्रो आवज अपमान, अवमुल्यन र अपव्यख्या गर्ने अधिकार किमार्थ कसैले हुने छैन । आदिवासी जनजाति, मधेशी, मुस्लीम र दलितलाई लागेको चोट निको पार्न मलाम पट्टी लगाएर सहयोग गर्नुको सट्टा १९ औ शताब्दीको व्राहमाण शासकले उल्टो चोट बल्झाउन अमिलो कागती निचोर्ने काम गरेता पनि २१ औ शताव्दीका वाहुन क्षेत्री मित्रहरुबाट यस्तो कुकर्म दोहरिने छैन भन्ने आशा र विश्वास लिएकाछौ ।
आदिवासी जनजाति र वाहुन क्षेत्रीबीचको मित्रता सदा कायम रहोस !
राष्ट्रिय एकता जिन्दावाद !
नेपाली एकता जिन्दवाद !