USERNAME
PASSWORD
Remember me
Users Online :   199
Registered Members : 2995
Home | About Us | Community | E-Talk | News | Newsletter | Help | Stats
 Discussion Forum > General Forum II > शेर्पा संचार र हिमालयन शेर्पा सांस्कृतिक केन्द्रलाई सहयोग .
There are 1 messages in this thread.
This thread has been viewed 367 times.

ksherpa08             Reply | Notify Admin
 7/25/2012 1:12:07 PM


शेर्पा संचार र हिमालयन शेर्पा सांस्कृतिक केन्द्रलाई बेल्जियम शेर्पा किदगको सहयोग.
साउन १० गते/काठमाडौं –शेर्पा किदुग बेल्जियमले शेर्पा टेलिभिजन कार्यक्रम संचालनका लागि शेर्पा संचार समूह नेपाललाई आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । शेर्पा टेलिभिजन कार्यक्रम संचालनका लागि शेर्पा किदुग बेल्जियमले रु पाँच सय युरो सहयोग स्वरुप उपलब्ध गराउनुभएको हो । शेर्पाहरुलाई आम संचार क्षेत्रमा अग्रसर गराउनको लागि यस भन्दा अघि सन २००८ मा पनि बेल्जियम शेर्पा किदुगले शेर्पा संचारलाई रु दुई लाख सहयोग उपलब्ध गराउनुभएको थियो । त्यस्तै गरी शेर्पा किदुग बेल्जियमले शेर्पा भाषा, कला संस्कृतिहरुको समुचित प्रवद्र्धनका लागि सो सँग सम्बन्धित एक मात्र संस्था हिमालयन शेर्पा सांस्कृतिक केन्द्रलाई अक्ष्यकोषका लागि रु पाँच सय युरो सहयोग गर्नुभएको छ । शेर्पा किदुग बेल्जियमले उपलब्ध गराउनुभएको सहयोग रकम बुधबार हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको कार्यलयमा नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ काजी शेर्पा र बेल्जियम शेर्पा किदुगका रिन्जी शेर्पाले हस्तान्तरण गर्नुभएको थियो ।
बेल्जियममा शेर्पाहरुको सामाजिक हित र अधिकारका लागि स्थापना भएको शेर्पा किदुग बेल्जियमले यो लगायत अन्य विभिन्न क्षेत्रहरुमा पनि सहयोग रकमहरु उपलब्ध गराउँदै आएनुभएको छ । किदुगले गत माघमा नेपाल शेर्पा संघले आयोजना गरिएको अधिकारमुखी कार्यक्रम शेर्पा भेलाका लागि पनि रु एक लाख रुपैया सहयोग गर्नुभएको थियो भने धार्मिक कार्यक्रमको रुपमा सोलुखुम्बुको गोलीमा आयोजित बज्रगुरु जप कार्यक्रमका लागि पनि रु ६ लाख पचास हजार रुपैया सहयोग रकम उपलब्ध गराउनुभएको थियो ।

शेर्पा किदुग बेल्जियमले निकट भविष्यमा विभिन्न कारणले परिवारबाट एक्लिएका वृद्धवृद्धा तथा टुहुरा बालबालिकाहरुलाई सहयोग गर्नका लागि विशेष किसिमको योजना ल्याउने तयारी रहेको बेल्जियमबाट किदुगका अध्यक्ष आङ दोर्जी शेर्पा सोनामले बताउनुभएको छ । बेल्जियममा शेर्पाहरु थोरै संख्यामा भएपनि सामाजिक एकताभावका कारण सामाजिक क्षेत्रमा शेर्पा किदुग बेल्जियम एउटा शसक्त संस्थाको रुपमा रहन सफल रहेको बताउनुहुँदै उहाँले निकट भविष्यमै बेल्जियममा शेर्पाहरुको सांस्कृतिक भवन निर्माण गरिने योजना रहेको जानकारी गराउनुभएको छ । अहिलेको समयमा शेर्पाहरुको विश्वका विभिन्न देशहरुमा छरिएर रहेकोले यतिबेला विश्वमै छरिएर रहेका शेर्पाहरुको बीचमा एकता कायम गर्नका लागि ग्लोबल शेर्पा नेटवर्कको आवश्यकतालाई महसुस गरी आगामी लोसारको अवसरमा बेल्जियममा यसका लागि पनि विशेष भेला गरिने जानकारी समेत उहाँले टेलिफोनमार्फत जानकारी गराउनुभएको छ ।
 
| Back to Home | Discussion Thread List | Forums List |

 

 

RECENT logins
show | hide
sherpa-kyidug 6:01:36 PM
ksherpa08 3:52:37 AM
ksherpa08 12:56:01 AM
sherpa-kyidug 5:34:33 PM
stairway 8:14:00 PM
stairway 8:13:20 PM
sherpa-kyidug 7:56:52 PM
sherpa-kyidug 4:38:30 PM
stairway 10:05:31 AM
stairway 10:04:23 PM
sherpa-kyidug 9:25:02 PM
sherpa-kyidug 9:10:44 PM
sherpa-kyidug 9:09:57 PM
stairway 9:01:40 PM
photohera 2:33:58 PM
photohera 2:33:39 PM
photohera 2:27:50 PM
sherpa-kyidug 1:14:50 PM
photohera 3:46:58 AM
photohera 2:18:39 AM
photohera 1:54:17 AM
photohera 1:07:36 AM
SSherpa 1:24:25 PM
SLama 11:49:01 AM
sherpa-kyidug 11:43:31 AM
kisan 9:26:30 PM
admin 12:36:40 PM
ksherpa08 5:30:23 AM
ksherpa08 5:28:27 AM
angsamir 8:00:47 PM
Refer to a friend


Featured Ads
 
© 2003-2005 New York Sherpa Kyidug