भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नु भएको सात हप्ता पछी भारतको सारनाथ ( वरनासी ) मा पाँच बर्गिय भिक्छु सहीत ईन्द्र, ब्रम्ह इत्यदिलाई बुद्ध बाट चार आर्य सत्य को बिषयमा धर्म चक्र प्रबचन गर्नु भएको महत्व पूर्ण दिन छोखोर दुचेन ( ठुक्पा छेशी ) हो । यो दिन शेर्पाहरुको प्रतेक बर्षको छैठौ महिना ( दावा ठुक्पा ) को चौथो दिन अर्थात छेवा शि मा पर्दछ । चार आर्य सत्य भनेको दु:ख सत्य, समुदाय सत्य, मार्ग सत्य, र निरोध सत्य हुन । यस् बर्षको ठुक्पा छेशी जुलाई २३ तारिख सोमबारको दिन भएकोले उक्त दिनको पूजा गर्ने जिन्दग हरुको नामावली निम्न प्रकार छन :