USERNAME
PASSWORD
Remember me
Users Online :   97
Registered Members : 2995
Home | About Us | Community | E-Talk | News | Newsletter | Help | Stats
 Discussion Forum > New York Sherpa Kyidug Issues > नेपाल पनि अमेरिका जस्तो कहिले होला भनेर सधै सोचिरहन्छु ः सोनाम
There are 1 messages in this thread.
This thread has been viewed 477 times.

sherpa-kyidug             Reply | Notify Admin
 7/1/2012 12:41:46 PM


नेपाल पनि अमेरिका जस्तो कहिले होला भनेर सधै सोचिरहन्छु ः सोनाम ग्याल्जेन शेर्पा




सोनाम ग्याल्जेन शेर्पा सोलुखुम्बुको लोदिङमा जन्मनुभएको हो । २७ बर्ष पहिले अमेरिकातर्फ लाग्नुभएका उहाँ विदेशमै पहिलोपटक १९९८ मा स्थापना भएको शेर्पाहरुको सामाजिक संस्था युनाईटेड शेर्पा किदुग अमेरिकाको संस्थापक अध्यक्ष हुनुहुन्छ । अमेरिकामा शेर्पा लगायत अन्य विभिन्न टिवटियन संस्थाहरुमा समेत अवद्ध रहिसक्नुभएका उहाँसँगको कुराकानी प्रस्तुत छ ः

टसिदेलेक, आजभोली के मा व्यस्त हुनुहुन्छ ?
– आजकाल त्यस्तै हो अमेरिकाको जीविका, काममा गयो, त्यो सँगसँगै आफ्नो फुर्सदको समयमा समुदायलाई कहीकतै कुनै किसिमको साथ सहयोगहरु गर्नु पर्ने हो त्यस्तो अवस्थामा व्यकराउण्डबाट सघाउने जस्ता कार्यहरुमा नै व्यस्त रहने गरेको छु ।
तपाई युनाईटेड शेर्पा किदुग अमेरिकाको संस्थापक हुनुहुन्छ, सर्वप्रथम शेर्पा किदुग अमेरिका स्थापना गर्नुहुँदाको अवस्थाको बारेमा केही    अनुभवहरु सुनाईदिनुहोस न ?
– अफकोर्स शेर्पा किदुग अमेरिकाको स्थापना गर्दाको अवस्थामा संस्थापकको रुपमा म लगायत अन्य शेर्पा साथीहरु पनि हुनुहुन्थ्यो, जतिबेला अमेरिकामा लगभग ४०/५० संख्याको हाराहारीमा मात्रै शेर्पाहरुको रहेको थियो । त्यो समयमा विशेष गरी शेर्पाहरुले मान्ने लोसार चाडलाई अमेरिकामा पनि सामुहिक रुपमा मनाउनु पर्छ भन्ने उद्देश्यका साथ कसैको घरमा पार्टी भएको बेलामा मेरो पुरानो साथी पासाङ तेम्बा शेर्पाले हामीले कुरा मात्रै गरेर हुँदैन, यसबारेमा तुरुन्तै बैठक गर्ने सहयोग उठाउने कामहरु सुरु गरौ भन्नुभएकोले यस बारेमा यहाँका सबै शेर्पाहरुबाट सहयोग संकलन गरेर एउटा पार्कमा बैठक गरी हामीले संस्था खोल्ने कामको आरम्भ भएको थियो र त्यो अवस्थाबाट सुरु भएको हाम्रो संस्था युनाईटेड शेर्पा किदुग अहिले निरन्तर रुपमा चलिरहेको छ ।
युनाईटेड शेर्पा किदुग अमेरिकाको स्थापना सन १९९८ मा यहाँहरुले नै स्थापना गर्नुभएको थियो । त्यस ताका तपाईसँग रहनुभएका संस्थापकहरुको नाम लिनुपर्दा को को हुनुहुन्थ्यो ?
– अब अहिले स्थापना भएको पनि धेरै लामो समय भएको छ त्यसैले सबैको नाम त मैले सम्झन सक्छु या सक्दिन त्यसमा क्षमा चहान्छु । हामीले सुरु गर्दाको अवस्थामा जम्मा ११ जना साथीहरु हुनुहुन्थ्यो । त्यसमा अब दार्जीलिङका लाक्पा शेर्पा दाई उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो त्यसैगरी कालिङपोङ ङवाङ शेर्पा कोषाध्यक्ष, एल जी खाम्बचे, पासाङ तेम्बा, शुसिला शाक्य (उहाँ शाक्य भएपनि शेर्पासँग विवाह गर्नुभएकोले संस्थामा आवद्ध हुनुभएको हो ) फुर्वा ग्याल्जेन शेर्पा, दानु शेर्पा, लगायतका जम्मा ११ जना साथीहरु त्यो बेलामा हुनुहुन्थ्यो अहिले मैले नाम सबैको लिन सकिएन त्यसैले छुटेका साथीहरुलाई माफी चहान्छु ।
जतिबेला यहाँहरुले अमेरिकामा शेर्पाहरुको सामाजिक उत्थानको लागि संस्था खोल्नुभयो त्यत्तिबेला कतिको गाह्रो अनुभव भयो तपाईलाई ?
– मेरो आफ्नो अनुभवबाट हेर्दा शुरुमा संस्था खोलेर संचालन गर्ने खासै गाह्रो भएन र के लाग्छ भने शुरुमा ने पनि खासै गाह्रो हुँदैन तर त्यसलाई निरन्तर अगाडी बढाउनको लागि चहि गाह्रो हुन्छ । त्यत्तिबेलामा म शेर्पामा मात्रै नभएर अन्य विभिन्न संस्थाहरुमा पनि रहेर कार्य गरिरहेको हुनाले त्यहाबाट संस्था संचालनका लागि अनुभवहरु पनि भएको र साथीहरु पनि सबै जना मुखले मात्रै नभएर व्यवहारमा नै केही गर्नुपर्छ र गरौं भन्ने भएकोले मलाई खासै गाह्रो भएको अनुभुति भएन । स्थापना ताका साथीहरुको टिमवर्क पनि धेरै राम्रो थियो र कुनै पनि संस्थालाई अगाडी बढाउनको लागि एक जनाले मात्रै गरेर हुँदैन त्यसमा सबैको टिमवर्क राम्रो भयो भने त्यो अवस्य पनि राम्ररी अगाडी बढ्न सक्दोरहेछ ।
अमेरिकामा शेर्पा किदुग यहाँहरुले स्थापना गर्नुभयो र उक्त संस्था अहिलेको अवस्थासम्म आइपुग्दा तपाईले के कतिको फरक पाउनुभएको छ ?
- पहिलेको र अहिलेको किदुगलाई तुलना गर्नुपर्दा राम्रो दृष्टिकोणबाट धेरै फरक छ । त्यत्तिबेला हामी ५०/६० जनाको हाराहारीमा मात्रै शेर्पाहरु थियौं तर अहिले लगभग दुई तीन हजारको हाराहारीमा शेर्पाहरु पुगिसकेको अवस्था छ । अमेरिकाको न्यूयोर्कमा अहिले जे पनि कामहरु गर्दा सामुहिक रुपमा धेरै राम्रो हुँदै गइरहेको छ । पहिला जे जति सुरुवाती अवस्थामा गरेको कार्यहरुमा भएका त्रुटिहरुलाई सच्याउदै अगाडी बढिरहेको छ । वास्तवमा हामीले शुरुमा हामी सिमित ५०/६० जनाको संख्यमा भएका शेर्पाहरु एक आपसमा दुखविमार भएको बेला एकले अर्कालाई हेर्ने उद्देश्यले पनि यो संस्थाको स्थापना गरेको हो । सँगसँगै कुनै त्यस्तो विशेष अवसरहरुमा सामुहिक जमघट पनि गर्ने उद्देश्यले संस्था स्थापना गरिएको हो । तर अहिले आएर सो संस्थाले अमेरिकामा आफ्नै घर नै किन्नु पर्छ, आफ्नो संस्कृति र पहिचानलाई जोगाउनु पर्छ भन्ने ठुला उद्देश्यहरु बोकेर अगाडी बढिरहेको छ । त्यसकारणले फरकहरु धेरै छ र राम्रो पनि छ ।
सुरुवाती अवस्थामा निश्चित केही उद्देश्यहरु बोकेर स्थापना भएको संस्था आज आएर सिङ्गो समुदायको पहिचान, हक अधिकार र भाषा, संस्कृति संरक्षणको ठुला ठुला उद्देश्यका खातिर अगाडी बढिरहेको छ, तपाईलाई कस्तो अनुभुति भइरहेको छ यतिबेला ?
– अहिले अब शेर्पा किदुगले स्थापनाको बेलामा अवलम्बन गरेको उद्देश्यहरुको साथसाथमा अन्य विभिन्न ठुला ठुला उद्देश्यहरु पनि बोकेर अगाडी बढिरहेको छ यसमा मलाई ज्यादै खशी लागेको छ । अहिलेको परिस्थितिमा त्यो हुनु पनि पर्छ यतिबेला स्रोत साधनहरु पनि बढी नै छ, जनमास पनि बढी नै छ । त्यसकारण मेरो आफ्नो विचारमा ज्यादै राम्रो भईरहको छ । अझ राम्रो गर्दै अगाडी बढ्नुपर्छ त्यसको लागि संस्थाका वर्तमान पदाधिकारीहरु र बाहिर रहनुभएका सदस्यहरुले पनि सल्लाह सुझावहरु दिएर अगाडी बढाउने प्रयासहरु जारी नै राख्नु पर्छ । सुरुको अवस्थामा हामीले के सोच्थ्यो भने पहिला हाम्रो संस्थालाई मजभुत बनाउ र त्यसपछि अरुलाई पनि कहाँ के सघाउनु पर्छ त्यता तिर पनि सोच्नुपर्छ भन्ने थियो र त्यो अहिले यतिेबला आएर सार्थक भएको छ । धेरै खुशी लागेको छ ।
तपाई लामो समयदेखि अमरिकामा रहदै आउनुभएको छ र अहिले त्यहाँ धेरै शेर्पाहरुको बसोबास रहेको ठाँउ पनि हो । आम शेर्पाहरुको अवस्था कस्तो पाउनुभएको छ ?
– अवश्य नै यहाँ शेर्पाहरुको अवस्था धेरै राम्रो छ अर्थिक पक्षमा हेर्ने हो भने पनि त्यत्ति नै राम्रो छ । तर जे जति नै राम्रो भए पनि हामी विदेशमा नै छौं भन्ने अनुभुति चहि हुँदोरहेछ । जस्तै म अहिले यहाँ आएको करीब २७ बर्ष जति भएछ तर पनि भर्खर जस्तै लागिरहेको छ । किनकी विदेश भनेको आफ्नै घर जस्तो कहिल्यै पनि हुँदैनरहेछ र हाम्रो घर त सोलुखुम्बु हो । तर पनि अहिलेसम्म यहाँ आउनुभएका शेर्पाहरुको मैले हेर्दा राम्रै पाएको छु जति पनि शेर्पाहरुको बालबच्चाहरु यहाँ छन उनीहरुलाई पनि यहाँको सुविधामा अध्ययन गराइरहेको पाउछु र यस्तो अवस्था देखेर मलाई पनि राम्रो लाग्छ ।
नेपालबाट नेपालीहरु विशेष गरी अमेरिका भनेपनि हुरुक्कै हुने र त्यहाँ गएर पलायन हुने गरेको प्रशस्तै उदाहरणहरु छन, खासमा किन यस्तो भएको होला ?
– हो नेपालीहरु विशेष गरी अमेरिका भनेपछि हुरुक्कै हुने गर्दछ । कुनै पनि समयमा म आफु पनि त्यस्तै थिए अमेरिका भनेपछि हुरुक्कै हुन्थे । वास्तवमा यो संसार र मानवीय स्वभाव नै कस्तो भने कहाँ अलि बढी खुशी होला, सुविधा सम्पन्न होला भनेर तुलना गर्ने र त्यति तिर नै बढी उन्मुख हुने हुन्छ । यो फेरी अहिलेको मात्रै सिनारियो पनि होइन पहिला पहिला हाम्रो बाउ बाजेहरु सोलुखुम्बुको दुर्गम भेगमा बसिरहनुभएको थियो त्यत्तिबेला उहाँहरुलाई काठमाडौं भनेपनि हुरुक्कै हुने अवस्था हुन्थ्यो भने त्यसपनि हामी विदेशतिर भनेपछि हुरुक्कै हुने अवस्थाहरु आयो यसरी निरन्तर रुपमा मानवीय स्वभाव र परिस्थितीले नै यस्ता अवस्थाहरु सिर्जना गराउछन ।
लामो समय अमरिकामा रहनुभयो कहिलेकाही यस्तो लाग्दैन तपाईलाई कि आफ्नो देश नेपाललाई पनि अमेरिका जस्तै बनाउन पाए हुन्थ्यो भनेर ?
यसमा त हामीले सपना त कति देख्छौ कति । यसो यहाँका हाइवेईहरुमा गाडी लिएर जाँदा ७०/८० माईल प्रतिघण्टाको गतिमा जाँदा, चार/पाँचवटा गाडीहरु एक लाईनमा आइरहेको अर्कोतर्फबाट त्यसरी नै गइरहेकोहरु दख्दा हाम्रो नेपाल पनि यस्तो कहिले हुने हो भनेर हामी सोचिरहेका हुन्छौं । हुन त सबै कुराहरु यहाँ मात्रै राम्रा छैनन् कतिपय कुराहरु नेपालमा पनि यहाँभन्दा राम्रा छन तर पनि यहाँका विशेष राम्रा कुराहरु देख्दा हाम्रो नेपाल पनि यस्तै भए हुन्थ्यो भनेर सोच्छौं । तथापी नेपालमा केही नभएरहेको भने होइन नेपालमा पनि केही न केही परिवर्तन र प्रगतिहरु त भइ नै रहेका छन । कुनै न कुनै दिनमा नेपाल पनि अवश्य अमेरिका जस्तै बन्नेछ भन्ने आशा गर्दछु ।
अन्तमा तपाईका केही सुझावहरु भए राखिदिनुहोस ।
अन्तमा अहिले तपाईहरुले जसरी शेर्पाहरुको हरेक कुराहरुको बारेमा रेडियोमा टेलिभिजनमा पत्रपत्रिकामार्फत आम रुपमा सुसुचित गराउने कार्यहरु गरिरहनुभएको छ यो धरै राम्रो छ । वास्तवमा हामीले हाम्रो लागि हामी आफैले गर्नुपर्छ र हाम्रो लागि कोही आएर गरिदिन्छ की भनेर नसोचेर आफैले सुरुवात गरेर देखाउनुपर्छ । अरुले यसो गर्नुपथ्यो भनेर सुझाव मात्र नदिइकन आफैबाट सो कार्यको थालनी हुनुपर्छ र मात्रै हामी अगाडी बढ्न सक्छौं । अहिले नेपालमा केही जातिगत कुराहरु पनि आउछन हामीलाई हेप्यो यसो गर्‍यो उसो गर्‍यो भनेर कतिपयले भन्छन पनि तर त्यस्तो कुराहरु नगरेर हामी आफैपनि अगाडी बढेर उनीहरु जस्तै बन्ने प्रयास गर्नुपर्छ । आफैभित्र पनि कसैले केही गर्न खोजेको छ भने त्यसलाई समर्थन र सहयोग गरेर अगाडी बढ्नका लागि म सबैमा हादिक अनुरोध पनि गर्न चहान्छु ।        धन्यवाद

–प्रस्तुतिः पेम्बा गेलु शेर्पा

Source: www.sherpasanchar.com.np
 
| Back to Home | Discussion Thread List | Forums List |

 

 

RECENT logins
show | hide
stairway 10:05:31 AM
stairway 10:04:23 PM
sherpa-kyidug 9:25:02 PM
sherpa-kyidug 9:10:44 PM
sherpa-kyidug 9:09:57 PM
stairway 9:01:40 PM
photohera 2:33:58 PM
photohera 2:33:39 PM
photohera 2:27:50 PM
sherpa-kyidug 1:14:50 PM
photohera 3:46:58 AM
photohera 2:18:39 AM
photohera 1:54:17 AM
photohera 1:07:36 AM
SSherpa 1:24:25 PM
SLama 11:49:01 AM
sherpa-kyidug 11:43:31 AM
kisan 9:26:30 PM
admin 12:36:40 PM
ksherpa08 5:30:23 AM
ksherpa08 5:28:27 AM
angsamir 8:00:47 PM
ksherpa08 1:27:35 PM
ksherpa08 5:13:20 AM
photohera 2:25:54 AM
khumjungmingma 6:15:13 PM
photohera 12:57:28 PM
kisan 10:48:20 PM
dendi 9:54:16 AM
BhikshuniLozang 3:20:10 AM
Refer to a friend


Featured Ads
 
© 2003-2005 New York Sherpa Kyidug