USERNAME
PASSWORD
Remember me
Users Online :   82
Registered Members : 2995
Home | About Us | Community | E-Talk | News | Newsletter | Help | Stats
 Discussion Forum > Law & Immigration > ओबामाको अर्को उपहार आप्रवासीलाई अमेरिकामा अस्थायी बसोबास
There are 1 messages in this thread.
This thread has been viewed 454 times.

ksherpa08             Reply | Notify Admin
 6/24/2012 1:12:56 PM


ओबामाको अर्को उपहार
आप्रवासीलाई अमेरिकामा अस्थायी बसोबास र कामको अनुमति
विनोद रोका

१५ जुन २०१२ का दिन अमेरिकी सरकारको डिपार्टमेण्ट अफ होमलेण्ड सेक्युरिटीले निकालेको सूचना अनृसार १६ बर्षको उमेर पुग्नु भन्दा अगाडी नै अमेरिकामा आएका युवा र युवतीहरुलाई अमेरिकी सरकारले देश निकाला नगर्ने र उनीहरुलाई हाल अमेरिकामा अस्थायी रुपबाट बस्न र काम गर्ने अनुमति दिने घोषणा गरेको छ जसलाई Deferred Action भनिन्छ । यस्ता व्यक्तिहरुलाई ग्रिनकार्ड हुँदै अमेरिकाको नागरिकता प्राप्त गर्न पाउने खालको विल ड्रिम एक्ट अमेरिकी संसदबाट राजनितिक दाउपेचका कारणले धेरै लामो समयसम्म पास हुन नसकेको हुँदा राष्ट्र्पति ओबामाले भै रहेको कानुनको आधारबाट यो सुविधा दिने व्यवस्था मिलाएका हुन् । राष्ट्र्पतिले संसदले कानुन नबनाएसम्म ग्रिनकार्ड लगायतका सृविधा पाउने निर्देशन मौजुदा कानुनको आधारमा आफ्नो प्रशासनलाई दिन सक्दैनन् । यद्यपी रिपव्लिकनहरुले यो सुविधा पनि कानुन विपरित दिइएको हो भन्ने आरोप लगाइरहेका छन् ।

यो अस्थायी किसिमको सुविधा पाउनका लागि अमेरिकी अद्यागमन निकाय USCIS ले आउँदो अगष्ट १५ तारिखपछि मात्र के,कसरी र कहाँ ? निवेदन दिने भन्ने ब्यवस्था मिलाउने र त्यसपछि मात्र निवेदन स्वीकार गर्ने अवस्था देखिन्छ । तथापि यो सुविधा पाउनका लागि निवेदन दिने प्रकृया सुरु भै सक्यो भनेर अनधिकृत व्यक्तिहरु, एजेण्ट, एकाउण्टिंग र अन्य विविध सेवा प्रदान गर्ने व्यवसायीहरुले योग्यता पुगेका एवं नपुगेका व्यक्तिहरुबाट समेत मोटो रकम लिन थालेको खबर सृन्नमा आउन थालेको छ । अतः अनधिकृत रुपबाट सेवा प्रदान गर्ने व्यक्तिहरुबाट सतर्क हुनका लागि अमेरिकी सरकारको सम्वन्धित निकायले सर्वसाधारणको सुविधाका लागि टेलिफोन मार्फत जानकारी गराउने र गलत व्यक्तिलाई हतोत्साहित गर्ने व्यवस्था मिलाएको छ । ती टेलिफोन नम्बरहरु हुन् Law Enforcement Support Center Tel: 1-855-448-6903; ICE Office of the Public Advocate, Tel: 1-888-351-4024. यसका अतिरिक्त अद्यागमन कार्यालयको (DHS-USCIS) वेभसाइट हेर्ने वा अद्यागमन सम्वन्धि कानुनको एटर्नीसंग सम्र्पक राख्न राम्रो हुन्छ ।

यो सुविधा पाउनका लागि व्यक्तिले प्रमाणित गर्नुपर्ने कुराहरु हुन,
१) १५ जुन २०१२ का दिनमा ३१ बर्ष ननाघेको,
२) १६ बर्ष भन्दा कम उमेरको हृदा अमेरिकामा आएको,
३) १५ जृन २०१२ का दिन अमेरिकामा रहेको र त्यस दिन सम्ममा अमेरिकामा लगातार बसोबास गरेको ५ बर्ष भैसकेको,
४) यहाँको स्कूलमा पढिरहेको अथवा हाईस्कूलबाट ग्रयाजुयट गरेको, जिईडिको प्रमाणपत्र प्राप्त गरेको अथवा युएस आर्मफोर्स वा कोष्ट गार्डमा काम गरि स सम्मान सेवानिवृत भएको,
५) अदालतबाट १ बर्ष वा सो भन्दा बढी सजाय हुने अपराध (Felony) गरेको ठहर नभएको, १ बर्ष भन्दा कम सजाय हृने गम्भीर विज्याई, (Significant Misdaneanor), वा सामान्य किसिमका एक भन्दा बढी विज्याई (Misdaneanor) गरे वापतमा दोष ठहर नभएको तथा अमेरिकाको समाज र राष्ट्र्यि सुरक्षामा खतरा नपुग्ने चरित्र भएको हुनुपर्ने ।

यो सुबिधा सबैले पाउँछन् भन्ने छैन किनकि प्रत्येक व्यक्तिको मुद्दामा पाईने आधारमा सुविधा दिने वा नदिने भन्ने निर्णय गरिन्छ । यदि सुविधा माग गर्ने व्यक्तिको अभिलेखबाट अपराध गरेको, अमेरिकी समाज र राष्ट्रियताको सृरक्षामा खतरा हृने लगायतका अन्य तथ्यहरु पाईएमा उक्त व्यक्तिलाई डिर्पोटेशन लगायतका अन्य कार्वाही पनि हुन सक्दछ । अत. निवेदन दिनु भन्दा अगाडी फाईदा बेफाईदा के हुन्छ त्यो जान्नु पर्दछ । किनकि कतिपय ग्रिनकार्ड पाएका व्यक्तिहरु नागरिकताको अन्तर्वार्तामा जाँदा ग्रिनकार्ड त्यही छोडी डिर्पोटेशनको अभियोग लागेको सूचना बोकेर आएको पाइएको छ, अनधिकृत व्यक्तिको सहयोग वा आफ्नै अनुभवले नागरिकताको निवेदन दिंदा ।
यो Deferred Action व्यवस्थाको आधारमा वर्क पर्मिट पाउनका लागि हाल अद्यागमन अदालतमा डिर्पोटेशनको मुद्दा खेपिरहेका वा अन्तिम निर्णय भै सकेका व्यक्तिले सिधै सुविधाका लागि निवेदन हाल्न सक्दैनन् । उनीहरुले अदालतको अनुमतिबाट सरकारी वकिल मार्फत सुविधाको लागि कार्वाही चलाउनु पर्दछ ।

संक्षेपमा भन्नुपर्दा अद्यागमन कार्यालयले आधिकारिक रुपबाट कहिले,कहाँ, कसरी र के प्रमाण राखेर वर्क पर्मिटको लागि निवेदन दिने भनि सूचना ननिकालेसम्म माथि लेखिएका कुराहरु प्रमाणित गर्ने कागज प्रमाणहरु  जुटाउन थाल्नुहोस् । निवेदन दिने समय सुरु भएको आधिकारीक सूचना निस्केपछि आफ्नो कागज प्रमाण लिएर अद्यागमन सम्बन्धि कानुनका अनुभवी एटर्नीको सल्लाह र सुझाव लिएरमात्र निवेदन दिनुहोस् । अनधिकृत व्यक्तिले लिने रकम भन्दा कतिपय अबस्थामा एटर्नीले लिने पारिश्रमिक कम हुन्छ र तपाईले खोजेको बेलामा कार्यालयमा भेटिन्छन् तपाईंको मद्दतका लागि । अनधिकृत व्यक्तिहरुले जस्तो रकम लिएर भाग्दैनन् । आफै जानिफकार हुनुहृन्छ भने राम्ररी बिचार गरेर मात्र कार्वाही अगाडी बढाउनहोस् । तपाईको मंगल होस।

(यो लेखमा व्यक्त गरिएका बिचारहरु पाठकको सामान्य जानकारीका लागि मात्र हुन् । कानृनी उपचारका लागि सल्लाह भने होईनन् ।
 
| Back to Home | Discussion Thread List | Forums List |

 

 

RECENT logins
show | hide
ksherpa08 3:52:37 AM
ksherpa08 12:56:01 AM
sherpa-kyidug 5:34:33 PM
stairway 8:14:00 PM
stairway 8:13:20 PM
sherpa-kyidug 7:56:52 PM
sherpa-kyidug 4:38:30 PM
stairway 10:05:31 AM
stairway 10:04:23 PM
sherpa-kyidug 9:25:02 PM
sherpa-kyidug 9:10:44 PM
sherpa-kyidug 9:09:57 PM
stairway 9:01:40 PM
photohera 2:33:58 PM
photohera 2:33:39 PM
photohera 2:27:50 PM
sherpa-kyidug 1:14:50 PM
photohera 3:46:58 AM
photohera 2:18:39 AM
photohera 1:54:17 AM
photohera 1:07:36 AM
SSherpa 1:24:25 PM
SLama 11:49:01 AM
sherpa-kyidug 11:43:31 AM
kisan 9:26:30 PM
admin 12:36:40 PM
ksherpa08 5:30:23 AM
ksherpa08 5:28:27 AM
angsamir 8:00:47 PM
ksherpa08 1:27:35 PM
Refer to a friend


Featured Ads
 
© 2003-2005 New York Sherpa Kyidug