USERNAME
PASSWORD
Remember me
Users Online :   82
Registered Members : 2995
Home | About Us | Community | E-Talk | News | Newsletter | Help | Stats
 Discussion Forum > Politics & Economics > के आङ काजी शेर्पाले सम्प्रदायिक उदण्ड मच्याएकै हुन्न ?
There are 2 messages in this thread.
This thread has been viewed 588 times.

himal             Reply | Notify Admin
 6/18/2012 1:26:37 AM



शोषित पीडित दमित आदिबासी, मदेशी, दलितको आवाज उठाउनु के अपराध हो ?

काङ्रेश एमाले पार्टी छाड्ने लर्को शुरु भयो । शायद उपेन्द्र र गच्चादारले पार्टी छाड्ने आट नगरेको भए यो अवस्थामा हुन्थेन । मदेश मुत्त्तिको आवाज बुलन्द् हुन्थेन । पार्टिकै झोले भएर बस्थे होलान । एउटा निर्बाँचनका टिकटको लागि रोई कराई गर्दै बाहुन नेताहरुको घर दैलो चाहार्थे होलान तर आज उनिहरुसँग सिधा नजरले    हेरेर जातिबादी बाहुनसँग टक्कर लिने भएका छन । मदेशी जनताले गर्ब गर्ने ठाउँ बनाएका छन । स्वाभिमानका राजनीति गरेका छन ।
अनि देशभरी टिकट बाडने ठाउमा पुगेका छन । यही हो आत्मसम्मान । यही हो राजनीति । जोखिम मोल संसार तिम्रै हो । कायर भए दासता बाहेक केही हातमा छैन । सङ्कल्प भए बिकल्प अनेक छन । यसर्थ ढेड करोड आदिबासी सहित दुई करोड भन्दा बढी पीडितहरु छन ।   
राष्ट्रिय दैनिक पत्रीका र खबरहरुमा    आङ काजी शेर्पालाई जातिय सद्भभाव बिथोलेको आरोपमा ने. क. पा. एमाले पार्टीबाट निस्कासन गरिएको खबर सार्वजनिक गरियो यो अहिले नेपाली राजनीतिमा हट केक भएको छ् ।    यदि जातीय सदभाव बिथोलेकै हो भने किन माधव नेपाल के. पी. ओली र जलनाथ खनाललाई पार्टीले कारबाही गरेनन आङ काजीले बोलेका कुराहरु पार्टिको सर्बोच्च निकाय ८ औ महधिबेशन बुटवलबाटै पारीत भै सकेको होईन र ? अनि... २०६४ साल को संबिधान सभाको निर्वाचनमा घोषणा गरेर घोषणापत्र मार्फत नेपाली जनता संग भोट् मागेको होईन र ? पार्टीको स्थाई समिती, पोलिट ब्युरो अनि केन्द्रिय कमिटीबाट पास भएर आएको होईन र ? अनि त्यही कुरा लागु हुनु पर्छ भन्दा आङ काजी शेर्पाले के अपराध गरे ? किन उनी कारबाहीको दायरामा ल्याए ? किनकी वहाँले उत्पीडित, दमित, सिमान्तक्रित जनताको पक्षमा बोले । बाहुनबादको कडा शब्दमा बिरोध गरे । अझ बनौ बाहुनको दास बन्न चाहेन । यसरी जनताको पक्षमा बोल्दा र अन्यायको बिरुद्द बोल्दा सम्प्रदायिक हुन्छ भने हामी सबै पार्टीका आदिबासी जनजातिहरु सम्प्रदायिक हुन तयार छन् यदि यस्तै एकोहोरो आरोप लागिरहने हो भने पार्टी बाहुन्बादी पार्टीहरु नारायणहिटी म्युजियममा परिणत हुनेछन ईतिहासको खलपात्रको रुपमा नेताहरु हुनेछन
किनकि पार्टीले कुनै निर्णय नै नगरी पार्टी अध्यक्षले माओवादीसंग सात बुँदे सहमति गरेको, माधव नेपालले नेतृत्व गरेको सरकार ढाल्न बामदेव गौतमले हस्ताक्षर संकलन गरेको, अखण्ड सुदूरपश्चिमको नाममा भीम रावललगायतले हस्ताक्षर गरेको या आर्थिक सहयोग गरेको , युवा नेताको नाममा योगेश भट्टराई, नेत्र पन्थीहरुले काँग्रेसका युवाहरुसंग मिलेर विज्ञप्ति जारी गरेको लगायतका काम के पार्टीको नीति र निर्णय विपरित थिएन त ओलिले तथानाम संस्थापन पक्षलाई गाली गर्दा हुने रहेछ नि होईन र ? सचिकै कारवाही गर्ने हो भने सुरुवात त्यहीबाट गर्नु पर्दछ। नत्र भने जनजाती भएकै करणले पूर्वग्रह राखी कारबाही गर्न पाईन्छ जनैबादी एमालेले???? किनकी उनिहरु बाहुन हुन ।    हत न पत किन राजेन्द्र श्रेष्ठ लाई निकालेर किन कृष्ण गोपाल राख्नु पर्‍यो किनकी आदिबासी स्वाबिमान बेचेर ओलिको पुछ्छ्रर भन्न् पुगे कृष्ण गोपाल तर राजेन्द्र श्रेष्ठ आत्म सवाभिमान ढगमागएन ।
कसरी हुन्छ छिन्ताङ र पिस्करका नाईकेसँग घाटी जोडेर बर्गीय आन्दोलन ? खोई उनिहरुलाई कारबाही रत्न बान्ताव ईले र बिरे थामीको रगतले सराप्लान ।
यदि प्राकृतिक न्यायको सिदान्तमा भन्ने हो भने पहिला एमाले पार्टीले जले, माकुने र ओली लाई कारबाही हर्नु पर्थ्यो किनकी उनिहरुले महधिबेशनको अपमान गरे नेपाली जनताको अपमान गरे बिदेशी ईशारामा संबिधान सभा बिघठन गरे, आदिबासिको ४११ मत पुग्ने निश्चित देखे पछि संबिधान सभा बिगठन गरे । उनीहरुलाई जनताले कठघरामा उभ्याउने छन । कडा से कडा कारबाही गर्ने छन ।
देश र जनताको लागि यस्ता कारबाही भोग्न तयार छौ तर दासत्ता स्विकार्य छैन । आधुनिक दासत्ता मानव सभ्यताको कलंक हो । सभ्य मानिसको तिरस्कारको पात्र हुनु हो । यसर्थ यस्ता कुकार्यको ढ्टेर बिरोध गरौ । हामी न्यायको पक्षमा अन्याय र अत्याचारको बिरुद्दमा सम्प्रदायिक हुन तयार छौ तर बाहुनबादिको पिछलग्गु हुन तयार छैनौ । सबै खाले षडयन्त्रकारीको डटेर बिरोध गरौ ।
एमाले काङ्रेश्मा रजिनामाको लर्को आउँदैछ ।
 
 
| Back to Home | Discussion Thread List | Forums List |

 

 

RECENT logins
show | hide
stairway 8:14:00 PM
stairway 8:13:20 PM
sherpa-kyidug 7:56:52 PM
sherpa-kyidug 4:38:30 PM
stairway 10:05:31 AM
stairway 10:04:23 PM
sherpa-kyidug 9:25:02 PM
sherpa-kyidug 9:10:44 PM
sherpa-kyidug 9:09:57 PM
stairway 9:01:40 PM
photohera 2:33:58 PM
photohera 2:33:39 PM
photohera 2:27:50 PM
sherpa-kyidug 1:14:50 PM
photohera 3:46:58 AM
photohera 2:18:39 AM
photohera 1:54:17 AM
photohera 1:07:36 AM
SSherpa 1:24:25 PM
SLama 11:49:01 AM
sherpa-kyidug 11:43:31 AM
kisan 9:26:30 PM
admin 12:36:40 PM
ksherpa08 5:30:23 AM
ksherpa08 5:28:27 AM
angsamir 8:00:47 PM
ksherpa08 1:27:35 PM
ksherpa08 5:13:20 AM
photohera 2:25:54 AM
khumjungmingma 6:15:13 PM
Refer to a friend


Featured Ads
 
© 2003-2005 New York Sherpa Kyidug