नेपाल आदिवासी जनजाति महासंघ र थारु संयुक्त संघर्ष समितिले आव्हान गरेको आन्दोलनका क्रममा बैशाख २७ गते नवलपरासीको कावसोती डण्डामा प्रहरीको गोली लागी गम्भीर घाइते भएका धनबहादुर थनैत थारुको राजधानीको शिक्षण अस्पतालमा उपचारको क्रममा २३ गते निधन भएको छ । आदिबासी जनजाती महासंघले आज २४ गते बुधबारको दिन वीर धन बहादुर थारु थनेत लाई सहिद घोषणा गरिनु पर्ने परिवारलाई उचित क्षतिपुर्ति राज्यले दिनु पर्ने, घटनाको छानबिन गरी दोषी प्रहरीलाई अबिलम्ब कारबाही गरिनु पर्ने, निज सहिद परिवारलाई राज्यले रोजगारको ब्यबस्था गरिनु पर्ने लगायतको चार सुत्रिय माग राखी महाराजगन्ज एरिया बिहाब नौ बजे देखी दिउसो एक बजे सम्म ठप्प परेका थिए । आदिबासी थारुहरुको सङ्रग्रहलय त्यसक्रममा ब्वस्त पारिएको थियो । राज्यको बिभेदकारी मिडियाले त्यही सम्बन्धी राज्य चौथो अङगले निश्पक्ष समाचार सङ्कलनको लागि महासंघका महासचिब आङ काजी शेर्पाले अनुरोध गर्दा वहामाथि नै जाई लागि नेपाली पत्रकारिताको नाङगो प्रस्तुती दिएका थिए ।
सरकारी स्तरबाट यो मागलाई क्याबिनेटबाट सम्बोधन हुने ब्यहोराको पत्र गृह मन्त्रालयको प्रबक्ताबाट आएपछि कार्यक्रम भोली बिहान ७ बजे सम्मको लागि स्थगित गरिएको छ भने सरकारलाई दबाब स्वरुप आज २४ गते र २५ गते तराई बन्द्को कार्यक्रम अगाडि सारिएको छ । यदि राज्यले दमन जारी नै राखेको खण्डमा नेपाल बन्द सम्म हुने कार्यक्रम तय गरिएको छ । यसर्थ राज्य पक्षले दमनको नीति होईन बार्र्ताद्वारा समस्या समाधान गर्ने तर्फ अग्रसर होस् । यस निन्दनिय कार्यको आदिबासी जनजाती महासंघद्वारा घोर भर्त्सना गरिसकेको छ । जिल्ला प्रशासन कार्यालयहरु घेराउ गर्ने लगायतका कार्यक्रम विरोधमा समेटिएका छन्।
सो कार्यक्रममा आदिबासी अधिकारकर्मिको बाग्लो उपस्थित रहेको थियो ।
उपचारकै क्रममा महेन्द्र आले मगर, बिशाल थारु र तारा थारु थनेत शिक्षण अस्पातलमा मनमोहन ब्लकमा उपचारकै क्रममा रहेका छन ।