गणतन्त्र विरोधी जेठ २६ को विरोधसभा बहिष्कार गरौ
ज्ञानेन्द्रको अरबौ कालो धन खर्चेर राजावादी कमल थापा र विदेशी शक्ति केन्द्रबाट अरबौ डलरको अनुदानमा विदेशी प्रभुको ईशारा र निर्देशनमा सघीयता विरोधी चित्रवहादुर केसी, जातिय पहिचानको विरोधी नेपाली कांग्रेस, नेकपा एमाले घोषणा गरेको जेठ २६ गतेकोे विरोधसभालाई गणतन्त्रवादी, संघीयतावादी धर्मनिरपेक्षवादी र जातिय पहिचानको लागि लडेका सबै आदिवासी, मधेशी, महिला, दलित, अपाङ्ग, मुस्लीम, श्रमजीवि मजदुर र न्यायप्रमी जनसमुदयहरुले वहिष्कार गरौ ।
यो विरोध सभाको मुल उद्वेश्यहरु
१ गणतन्त्र समाप्त गरेर ज्ञानेन्द्रलाई फेरी नेपालको राजा बनाउन
२ एउटा वाहुन हटाएर अर्को वाहुन प्रधानमन्त्री हुन राज्यसत्ता कब्जा गर्न
३ धर्म निरपेक्ष हटाएर नेपाललाई हिन्दु अधिराज्य घोषणा गर्न
४ आदिवासी, मधेशी, महिला, दलित, अपाङ्ग, मुस्लीम, श्रमजीवि मजदुरहरुलाई अधिकार विहिन बनाउन संघीयतालाई समाप्त गर्न
५ देशमा राजनीतिक अस्थिरता पैदा गरेर देशको राष्ट्रियता र राष्ट्रिय अखण्डता कमजोर बनाउन
६ आदिवासी जनजाति, मधेशी, दलित, अपाङगको आन्दोलन, १० वर्षे जनयुद्ध र २०६२÷६३ को जनआन्देलनका ऐतिहासिक उपलव्धी संस्थागत हुन नदिन
७ संविधान निर्माण नगरेर नेपाललाई भुटान बनाउन
८ मजदुर मारा उद्योगपति कताकथित सदभाव ¥यालीका आयोजकहरुलाई मन्त्री बनाउन
९ नेपालमा जातिय विद्धेष र धार्मिक विद्धेष फैलाउन
१० तिन दलका आदिवासी जनजाति वरिष्ठ नेताहरु हटाएर आदिवासी जनजाति विरोधी ब्रहमाणवादी ३ दलका पारास गगन थापा, योगेश भट्टराई, लेखराज भट्टालाई मन्त्री बनाउन