USERNAME
PASSWORD
Remember me
Users Online :   35
Registered Members : 2995
Home | About Us | Community | E-Talk | News | Newsletter | Help | Stats
 Discussion Forum > New York Sherpa Kyidug Issues > हार्दिक धन्यवाद
There are 1 messages in this thread.
This thread has been viewed 918 times.

Sherpa-Kyidug             Reply | Notify Admin
 5/25/2012 2:43:31 PM


टाशी देलेग !!!

मानिसले हिम्मत गरेर कुनै शुभ कार्य गरे अवश्य सफल हुन्छ भन्ने कुरा सोलुखुम्बुको खुम्जुङ गा. बि. स. खुन्दे गाउँको दायाङ्जी शेर्पाले देखाएको छ ।

नेपालमै पनि सामुहिक रुपमा बाहेक अन्यले एक्लै यस्तो केङ्ग्युर ( कग्य्रुर ) पढाउने काम सोच्नु अथवा जिम्मा लिनलाई हिम्मत गर्ने मानिस पाउन गर्हो हुन्छ अथवा यस्तो कार्य गरेको सुन्नमा आउनु बिरलै हो । तर हाम्रो भर्खरै मात्र न्यू योर्कमा खरिद गरेको शेर्पा किदुग गुम्बा भित्र दायाङ्जी शेर्पाले अमेरिका जस्तो ठाउँ (जहाँ नत थुप्रै लामाहरु पाईन्छ, नत यस्तो काम गर्न लाई कसै सँग समय नै छ, नत पैसा नै पुर्याउन सक्छ ) मा यस्तो पवित्र केङ्ग्युर पढाउने काम गर्नु भएर सबै जना लाई चकित पारेको छ ।

विश्व शान्ति र सम्पूर्ण प्राणी जगतको कल्याणको लागि बुद्ध बचन त्रिपिटक ( केङ्ग्युर ) बाचन, जुन अन्दाजी ३०० जना जती लामाहरुले पढ्नु भयो भने एक दिन लाग्ने काम, बौद्द धर्मवलम्बीहरुको अत्यन्त पवित्र दिन सकादावाको पुर्णिमा जुन ४, २०१२ तारिख देखी सुरु भई जुलाई को १५ सम्म शेर्पा किदुग गुम्बामा सम्पन्न भयो । दिन दिनै विक डेमा ( सोमबार देखी शुक्रबार ) सात जना देखी विक एन्ड ( शनिबार र आईतवार ) मा १५ जना सम्म लामाहरुले केङ्ग्युर पढ्नु भयो ।

हिजो जुलाई १५ को दिन केङ्ग्युर पढ्ने काम सम्पन्न भए पछी बिहान पहिलो चरनमा श्यारे लामा टुल्कु द्वारा छोक पूजा सम्पन्न भयो भने दिउसो दोश्रो चरनमा केङ्ग्युरको ङोवाको लागि फेन्डो रिन्पोछे लाई शेर्पा क्यिदुगमा स्वागत गरेको थियो भने हाम्रो शेर्वी रिग्शुङ को गुरु लोपोन ग्युर्मी छोड्रक शेर्पाले केङ्ग्युरको बारेमा गुम्बामा आउनु भएका सम्पूर्ण बौद्ध धर्मवलम्भी हरुलाई बिस्त्रित बिस्लेशन गर्नु भएको थियो ।

समाजको लागि अथवा सम्पूर्ण प्राणी हीत को लागि जुन वहाँले गर्नु भएको शुभ कार्य ( केङ्ग्युर पढाउने काम ) अत्ती सरहनिय छ । यस्तो महत्वपूर्ण पुण्य कार्यले हामी सबै मानव तथा प्रानीमा सुख सान्ती र सम्ब्रिद्दी प्राप्त हुने हाम्रो धार्मिक विश्वाश रही आएको छ । वहाँलाई हामी शेर्पा क्यिदुगको सम्पूर्ण परिवार बाट हार्दिक धन्यवाद र बधाई पनि दिन चाहन्छौ । साथै सम्पूर्ण बौद्ध मार्गी शेर्पा, टिबेटन, नेवार, गुरुङ हरुलाई जो जस्ले वहाँलाई कपच्याङ, डेल्वा अथवा श्याल्दिप गरेर सहयोग गर्नु भयो वहाँ हरुलाई पनि धन्याद दिन चाहन्छौ ।

लामाहरुलाई बिहान ब्रेक्फास्टअ, चिया ख्वाउने देखी, दिन भरी चिया, पानी, जुस ख्वाउन को लागि एक जना आफ्नै गाउको दिदी श्रीमती रिता लामा लाई तलब दिएर राख्नु भएको थियो भने लामा हरुको खानको बेवस्ता चाँही नजिकै को याक रेस्टुरेन्टमा गर्नु भएको थियो । शेर्पाहरुले बेलुकाको खान ( डिनर ) अगाडि श्यब्रु ( श्यब्थुक ) नाचेर कार्यक्रम सम्पन्न गरेको थियो ।


शेर्पा किदुग
न्यू योर्क
 
| Back to Home | Discussion Thread List | Forums List |

 

 

RECENT logins
show | hide
sherpa-kyidug 4:38:30 PM
stairway 10:05:31 AM
stairway 10:04:23 PM
sherpa-kyidug 9:25:02 PM
sherpa-kyidug 9:10:44 PM
sherpa-kyidug 9:09:57 PM
stairway 9:01:40 PM
photohera 2:33:58 PM
photohera 2:33:39 PM
photohera 2:27:50 PM
sherpa-kyidug 1:14:50 PM
photohera 3:46:58 AM
photohera 2:18:39 AM
photohera 1:54:17 AM
photohera 1:07:36 AM
SSherpa 1:24:25 PM
SLama 11:49:01 AM
sherpa-kyidug 11:43:31 AM
kisan 9:26:30 PM
admin 12:36:40 PM
ksherpa08 5:30:23 AM
ksherpa08 5:28:27 AM
angsamir 8:00:47 PM
ksherpa08 1:27:35 PM
ksherpa08 5:13:20 AM
photohera 2:25:54 AM
khumjungmingma 6:15:13 PM
photohera 12:57:28 PM
kisan 10:48:20 PM
dendi 9:54:16 AM
Refer to a friend


Featured Ads
 
© 2003-2005 New York Sherpa Kyidug