USERNAME
PASSWORD
Remember me
Users Online :   75
Registered Members : 2995
Home | About Us | Community | E-Talk | News | Newsletter | Help | Stats
 Discussion Forum > Breaking News > जेठ १३ र १४ संविधानसभा घेराउ र सडक प्रर्दशन
There are 3 messages in this thread.
This thread has been viewed 275 times.

kisan             Reply | Notify Admin
 5/25/2012 4:56:03 AM


जेठ १३ र १४ संविधानसभा घेराउ र सडक प्रर्दशन
आदिवासी जनजाति संयुक्त संघर्ष समितिको कार्य समितिको वैठक आज मिति २०६९ जेठ ११ गते काठमाडौमा संम्पन्न भयो । वैठकले जेठ ६ गतेको जनप्रर्दशन र जेठ ७, ८ र ९ गतेको नेपाल बन्दको समिक्षा गर्नुको साथै जेठ १४ गते सम्मको कार्यक्रम घोषणा गरेकोछ । काठमाडौ र बाहिरी जिल्लाहरुमा जेठ ६ गतेको जनप्रर्दशन मसाल जुलुस र जेठ ७, ८ र ९ गतेको तिन दिने नेपाल बन्द पूर्ण सफल, उत्कृष्ट एवं विशाल मानव सागर सहभागी आदिवासी जनजाति ऐतिहांसिक आन्दोलन र नेपालको सन्र्दभमा जनआन्दोलन दोश्रोको रुपमा परिभाषित गरियो । आन्दोलनमा भाए सवल पक्षहरुलाई पूँजीकृत गर्दै र भएको कमिकमजोरलाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गरियो ।

भावि कार्यक्रमको सन्र्दभमा
नेपाल सरकार र संर्घष समिति बीच भएको ९ वुंदे सझौता कार्यान्वयन गराउन, जातिय पहिचानको आधारमा राज्यको पुनसंरचना गराउन र जातिय पहिचानमा आधारित संघीयता सहितको संविधान जेठ १४ गते भित्र जारी गराउन दवाव दिने उद्देश्यले जेठ १३ र १४ गते काठमाडौ उपत्याकामा संविधानसभा घेराउ र बाहिरी जिल्लाहरुमा सडकमा जनप्रर्दशन गर्ने निर्णय भएकोछ ।

काठमाडौंमा संविधानसभा घेराउ र बाहिरी जिल्लामा जनप्रर्दशनलाई व्यवस्थित बनाउन जातिय संगठनका अध्यक्षज्यहरु र जिल्ला समन्वय परिषदका अध्यक्षज्यूहरुबाट समन्वयकारी भूमिकाको अपेक्ष गरिएकोछ । दुई दिनको कार्यक्रमको लागी आवश्यक पानी, टोइलेट, स्वयक सेवक, प्राथमिक ओषधी उपचार, माईक, सांस्कृतिक प्रर्दशन, गीत, कविता वाचन र वक्ताहरुको अग्रीम तयारको लागि सबैलाई हार्दिक अनुरोधछ ।

संविधानसभा घेराउ गर्ने स्थानहरुः
संविधानसभाको उत्तर पट्टी ( सिठ्ठी जुलुस बसेको स्थान) देखि पुरानो बानेश्वर चोकसम्म शेर्पा स्वायत्त प्रदेश कार्यान्वयन संर्घष समिति, लामा भोटे स्वायत्त कार्यान्वयन संर्घष समिति र हिमाली क्षेत्रका सबै आदिवासी जनजातिका जातिय संगठनहरु

मिन भवन ट्रली बसको चोक ः तामसलिङ, किराँत र लिम्बुवान स्वायत्त प्रदेश कार्यान्वयन संर्घष समिति र पहाडी क्षेत्रका आदिवासी जनजातिका जातिय संगठनहरु
कृष्ण टावर अगाडी नेवाः तमुवान र मगरात स्वायत्त प्रदेश कार्यान्वयन संघर्ष समिति र पहाडका आदिवासी जनजातिका जातिय संगठनहरु

शंखमूल तर्फको बाटोमा, थरुहट, वल्लो किराँत स्वायत्त प्रदेश कार्यान्वयन संर्घष समिति, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, अल्पसंख्या सिमान्तकृत आदिवासी जनजाति सञ्जाल र तराई र भित्री तराईका आदिवासी जनजातिको जातिय संगठनहरु

पुनश्च ः आदिवासी जनजाति संयुक्त संर्घष समिति गठन नभएका जिल्लाहरुमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको नामबाट जनप्रर्दशन सम्पन्न गर्न जिल्ला समन्वय परिषदका अध्यक्षहरुलाई यो सरकुर्लर जारी गरिएकोछ ।

कृपाय यो सूचनालाई सबैलै कम्तिमा ५० जना साथीहरुलाई पठाउनुस । आदिवासी जनजातिको अधिकारको लागि जेठ १३ र १४ सबै आदिवासी घर छाडेर कार्यक्रममा सहभागी हौ ।

आङ काजी शेर्पा किसान
महासचिव
नेपाल आदिवासी जनजाति महासंघ
 
 
himal             Reply | Notify Admin
 5/25/2012 10:33:39 PM


सबै जाउ शेर्पा स्वायत्त प्रदेश सुनिश्चिताको लागि संबिधानसभा भवनमा

घाम होस् या पानी
बुढा होस् या नानी
अधिकार लिनलाई सबै एक भै जानी
अधिकारै अधिकार छ यसमा छैन हानी
कोहि जान्न भन्छन भने लानु पर्छ तानी
अधिकार दिन्न भन्छन भने ठोक्नु पर्छ छानी .
आफ्नो    लागि लड्न लाई पार्नु पर्छ वानी
नलडी त पाईदैन कोहो छैन दानी
मागेर होईन अधिकार पाईन्छ खोसेर
प्रतिक्रिया बादीको पीठमा आगोले जोसेर
त्यसैले सबै जाऔ संबिधान सभा घेराउ गर्न लाई
सधैको लागि अधिकार लिन लाई
आफ्नो शासन आफैले गर्न लाई
आज दिनको ठिक १०.३० बजे गौशाला द्वारिका होटेल अगाडी बाट नारा जुलुशका साथ नया बानेश्वर संबिधान सभा भवन जाने हो    सबैले सबैलाई खबर गर्दै लिएर आउने .
 
| Back to Home | Discussion Thread List | Forums List |

 

 

RECENT logins
show | hide
ltlama 1:53:52 PM
ltlama 12:48:42 PM
sherpa-kyidug 5:49:04 PM
palagaga 5:12:26 PM
dendisherpa 9:26:29 AM
dendisherpa 9:26:17 AM
sherpa-kyidug 6:09:06 PM
dendisherpa 11:26:51 AM
dendisherpa 11:24:00 AM
dendisherpa 10:13:31 AM
dendisherpa 10:07:32 AM
Phurnyima 12:47:52 PM
Phurnyima 12:40:32 PM
sherpacyclist 11:37:03 AM
everestdsherpa 5:53:23 AM
Chhophel 1:29:56 AM
stairway 7:25:32 PM
khumjungmingma 6:01:36 PM
sherpa-kyidug 9:40:41 PM
sherpa-kyidug 10:05:48 AM
sherpa-kyidug 10:01:32 AM
sherpa-kyidug 1:57:16 PM
sherpa-kyidug 1:03:37 AM
sherpa-kyidug 1:03:20 AM
sherpa-kyidug 10:17:51 PM
sherpa-kyidug 10:17:27 PM
sherpa-kyidug 10:35:27 AM
sherpa-kyidug 8:18:32 PM
sherpa-kyidug 8:18:15 PM
admin 1:59:46 AM
Refer to a friend


Featured Ads
 
© 2003-2005 New York Sherpa Kyidug