USERNAME
PASSWORD
Remember me
Users Online :   88
Registered Members : 2995
Home | About Us | Community | E-Talk | News | Newsletter | Help | Stats
 Discussion Forum > General Forum > देश सम्झेर परदेशको नागरिकता
There are 1 messages in this thread.
This thread has been viewed 599 times.

ksherpa08             Reply | Notify Admin
 5/21/2012 1:14:34 PM


देश सम्झेर
,परदेशको नागरिकता
गगन बिरही
मार्च २३,२००२ शनिवारको दिन /९ वर्ष ३ हप्ता अगाडिको दिन मेरा लागि अमेरिका बसाईको अविस्मरणीय दिन रहेको छ /यही दिनमा पहिलो पल्ट कुङगा शेर्पा र म मिलेर अमेरिकाको न्युयोर्कवाट साप्ताहिक नेपाल समाचार नेपाली भाषामा प्रकासित गरेर पत्रकारिताको फाँटमा समाचारको बीउ छर्ने काम हामीले गरेको थियौं /त्यो निरन्तरता हामीले करिव २ वर्षा मात्र कायम गर्न सकेका थियौं /जुन बेला कर्मा ग्याल्जेन शेर्पा छोंग्बा लामा सन्त थापा मगर र राज कपूरको सराहनीय सहयोग झल्झली सम्झन्छु /यहाँ हरेक क्षेत्रमा यस्ता उत्साहित व्यक्तित्वहरु नभएका होइनन /त्यसैले स्वदेशका लागी कही नै केही भैरहेको छ पनि /मानौ राजनीतिको हलो नाजोते पनि सिर्जनाको डल्लो फोरेकै छन् /यही लाममा आज थुप्रै पत्रकार साथीहरु देखिंदा खुशी लाग्नु स्वाभाविकै हो /तिनीहरुले पाएका हण्डर र नदेख्ने घाउको पीडा २५ सेन्ट नतिरी सित्तै पत्रिका पढ्न पल्केकाहरुले बुझिदिए राम्रै हुन्थ्यो /
माथि उल्लेखित साथीहरु मध्ये सन्त मगरसंग को मेरो सम्बन्ध आजभन्दा ३१ बर्ष अघिदेखिको पुरानो सम्बन्ध हो /न्युयोर्कमा नामै सन्त र कामै सन्तले चिनिन्छ पनि /हरेकले गरिने कुनै पनि कार्यक्रम र सांस्कृतिक उत्सबमा आफु गए पनि नगए पनि केही न केही आर्थिक सहयोग पुरयाउन्दै आएको छ /शिष्ट ब्यबहार नम्र बोली उसको पहिले देखिको बाणी नै थियो /नेपाली कलाकारलाई सम्मान गर्ने परम्परा बसाल्नु पर्छ भन्ने बिचार वाट प्रभावित सन्तले थुप्रै कलाकारलाई मनग्य सहयोग पुरयाउन्दै आएको छ /भनिन्छ पनि "देखिने गरि गरेको सहयोग भन्दा नदेखिने गरि गरेको सहयोग लाखौँ जाति "
चौतारी रेष्टुरेन्टको मधुरो बत्तीसंगको छायामा सन्त बोल्दै गईरहेको थियो शब्दहरु केलाई केलाई /"यहाँको नागरिकता लिने दिनमा जजले भनेको सम्झन्छु ,तपाईहरु आफ्नो देशको संस्कृति भाषा परम्परा जोगाउनुसा ,सानै उमेरदेखि आफ्ना बच्चाहरुलाई आफ्नो रितिथिती र भाषा सिकाउनुस ,तपाइले पकाएको खानामा छिमेकीहरु लोभिन सक्छ ,उनीहरुलाई बाड़ेर दिनुस यही नै अमेरिकाको सौन्दर्य हो ,यही नै अमेरिकाको ब्युटी हो /"त्यतिखेर सन्तको बोलीमा एउटा निडर र प्रभावित शक्ति बोले जस्ता लाग्यो /एउटा बिजयको जुलुशको तस्बीर उसको अनुहारमा देखिन्थ्यो /गएको २०११ साल सम्म मेरो सन्त नेपाली थियो /२०१२ सालमा नेपाली अमेरिकन भयो /शुद्ध नेपाली हुन् सकेन /सन् २०१० अप्रिलमा भएको उक्त जनगणनाअनुसार ३० करोड ८७ लाख ४५ हजार ५ सय ३८ पुगेको देखिन्छ । अब सन्तको नागरिकताले एउटा अमेरिकनको नागरिकता थपियो /खुशीको मन्जरी पलाए पनि मनको छेउकुना वाट मैले बधाई समेत दिन सकिन /अथवा यसो भनु मैले जानी जानी बधाई नै दीइन /१८ बर्षसम्म उसले यहाँ गरेको अटुट मिहिनेत परिश्रमवाट प्राप्त नागरिकताको उच्च महिमालाइ सलाम भने गर्ने पर्छ /खुशी र सन्तोष कै कुरा भनु, उसले कुनै झुठो र नक्कली कागज पत्रले अमेरिका बस्न चाहेको हैन /माओवादी पिडित भन्दै नक्कली कागज बनाएर राजनिती शरणार्थी बनेका यहाँका ९० प्रतिशत टाठावाठा टाउकेहरुको भिडमा आफुलाई उभ्याउन चाहेंन पनि /
मनमा कालो बादल झैँ अनेकै कुराहरु मडारिदै आइरहेको छ /एउटा टेबुल वाट अर्को टेबुल हुँदै टाँसिन खोजिएका हामी विचका प्रस्नहरु अनुत्तरित छन् /सन्चो हुँदा हुँदै पनि सन्चो नभएको ख्याउटे मेरो अनुहारले सन्तको अनुहारलाई बेस्सरी हेर्न खोज्यो /उसको एक्लो जीवनका सातदोवाटोका घर जग्गा जमिन ,मनग्गे जीवन धान्न जोडिएका श्री सम्पतीहरु अचानक १६ मिमि मा तयार भएका चलचित्र झैँ घुम्न थाल्छन /यो ६ फुटे मान्छेलाई संसारै दिए पनि अघाइन्न रहेछ /जीवन वाट छलेर यहाँसम्म आईपुग्दा अनौठो बाहेक केही लागेंन / उ यहाँ आउने नपर्ने मान्छे ,उअसलाई किन चाहिएको थियो यहाँको नागरिकता ?म उसंग अति नजिक भएर बोल्न मन लाग्यो /तर मेरा शब्दहरु ओठ वाट झर्न सकेन / मानवीय परिवर्तनको कुरा गर्दा जसको सम्झन लायकको कुनै परिवर्तन छैन भने त्यो परिवर्तनको अर्थ रहँदैन /मैले मेरो सन्तमा देखेको परिवर्तन यही हो /आफ्नो जीवनलाई आफैले माया गरेंन भने कसले गर्ने ?सुत्नलाई सिरानी र मिठो अँगालो ,उमेर अनुसार छोरा छोरीको स्नेह प्यार र घर व्यवहारका मानबिय दिन चर्या भएन भने नियास्रो जिन्दगी बाहेक के हुन् सक्छ र ?र म मन मनै सोच्दै छु ,त्यो बाध्यतामा हजारौ सन्तहरु किन ?कहिले काँही साथी भाई माझ बसेर आफ्नो निधार खुम्च्याएर हास्ने बहाना सन्तले गर्थ्यो र बेस्सरी भन्थें पनि "एक्लो जीवनको सार्थकता के हो ?मेरो प्रश्नको जवाफमा उ भाग्न खोज्थ्यो /टार्न खोज्थ्यो र अन्तमा फिस्स हाँसेर छली हाल्थ्यो /
यी नै पलायन र निरस कुराहरुसंगा केही पेगहरु बढ्दै गयो /एउटा नसोचेको नभोगेको जिन्दगी यहाई भोग्दै छौं /यति घनिष्ठाको हाम्रो सम्बन्ध कतै चिस्सिने त होइन ?डर र त्रासको मसिना धर्साहरु बत्तीको उज्यालोसंग छड्के पर्दै गई रहेको थियो /बास्तवमा जतिनै देश सम्झे पनि मेरो देश वाट सन्तका औलाहरु उछित्याई सकेको थियो /कलेजो भरिको मायालाई कसैले चिरेको अनुभव गर्दै सन्तलाई भने "देश सम्झेर के गर्नु सन्त ?परदेशाको नागरिकता ली हाल्यौ /अब तिमी नेपाल जाने बेलामा अमेरिकन पासपोर्टमा नेपालको भिषा लिएर आफ्नो देशमा जानु पर्ने भयो ,बधाई छ /"मेरा यी शब्दहरु सन्तले थम्म्याउँन सक्यो कि सकेन /बाँकी शब्दहरु गायीका पबित्र बागचंद्को गीतको स्वरमा नबुझ्ने गरि मिस्सिसकेको थियो
 
| Back to Home | Discussion Thread List | Forums List |

 

 

RECENT logins
show | hide
sherpa-kyidug 5:49:04 PM
palagaga 5:12:26 PM
dendisherpa 9:26:29 AM
dendisherpa 9:26:17 AM
sherpa-kyidug 6:09:06 PM
dendisherpa 11:26:51 AM
dendisherpa 11:24:00 AM
dendisherpa 10:13:31 AM
dendisherpa 10:07:32 AM
Phurnyima 12:47:52 PM
Phurnyima 12:40:32 PM
sherpacyclist 11:37:03 AM
everestdsherpa 5:53:23 AM
Chhophel 1:29:56 AM
stairway 7:25:32 PM
khumjungmingma 6:01:36 PM
sherpa-kyidug 9:40:41 PM
sherpa-kyidug 10:05:48 AM
sherpa-kyidug 10:01:32 AM
sherpa-kyidug 1:57:16 PM
sherpa-kyidug 1:03:37 AM
sherpa-kyidug 1:03:20 AM
sherpa-kyidug 10:17:51 PM
sherpa-kyidug 10:17:27 PM
sherpa-kyidug 10:35:27 AM
sherpa-kyidug 8:18:32 PM
sherpa-kyidug 8:18:15 PM
admin 1:59:46 AM
admin 2:22:38 AM
sherpa-kyidug 7:54:20 PM
Refer to a friend


Featured Ads
 
© 2003-2005 New York Sherpa Kyidug