बेल्जियममा संयुक्त संघर्ष समिती गठन !
नेपाली जनजाती सरोकार मन्च, बेल्जियमको पहलमा राज्य पुनर्संरचनामा अग्राधिकार सहितको जातीय पहिचान तथा सामार्थ्यको आधारमा राज्यको वैज्ञानिक पुनर्संरचना गरौं भन्ने उद्देश्यमा संगठीत हुँदै संघर्षलाई अगाडि बढाउन निम्नानुसारको संयुक्त संघर्ष समिती गठन गरिएको छ ।
संयोजक
मेख गुरुङ
सोनाम शेर्पा, अध्यक्ष (शेर्पा समाज, बेल्जियम)
श्री प्रशाद गुरुङ, अध्यक्ष ( तमु समाज, बेल्जियम )
कुल मगर, अध्यक्ष (मगर समाज, बेल्जियम)
डिल्ली सुब्बा, अध्यक्ष (संयुक्त किराँत समाज, बेल्जियम)
भरत तामाङ्, अध्यक्ष (तामाङ समाज, बेल्जियम)
सोम नारायण थनेत अध्यक्ष (थारु समाज, बेल्जियम)
प्रेम पाठक, महासचिब (जन प्रगतिशिल मन्च,बेल्जियम)
राम बहादुर गुरुङ, अध्यक्ष (जनजाती सरोकार मन्च, बेल्जियम)
दिल आले, उपाध्यक्ष (मगर राष्ट्रिय मुक्ती मोर्चा, बेल्जियम)
फुल शेर्पा, उपाध्यक्ष (यूरोपियन शेर्पा समाज, यूरोप)
श्याम श्रेष्ठ
बिष्णु भुजेल
शेर ब. छन्त्याल
बदन योङहाङग
मणि राइ
जाङ्बु शेर्पा
दाबा शेर्पा
मिङ्मार लामा
रकम लामा
अर्बिन घले
उल्लेखित संयुक्त संघर्ष समितिको प्रथम बैठकले निम्न प्रस्तावहरु माथि ब्यापक छलफल गरी निर्णय गरियो ।
प्रस्ताब:
१) राजनैतिक
२) संघर्ष
निर्णय :
१) नेपालको राजनैतीक अवस्थामा निर्माणाधिन संविधान, संघीयता र राज्य पुनर्संरचनाको बिषयमा ब्यापक छलफल भयो र अग्राधिकार सहितको जातीय पहिचान र सामर्थ्यको आधारमा राज्य पुनर्संरचना गराउनको लागि नेपालका राजनैतिक दलहरुलाई ब्यापक दवाब दिने निर्णय गरियो ।
२) (क) उक्त बिषयवस्तुलाई समेटेर संयुक्त संघर्ष समितिको परिचय सहित एक विज्ञप्ती तत्कालै जारी गर्ने निर्णय गरियो ।
(ख) नेपालमा संविधान सभा मार्फत संविधान जारी गर्ने घोषित मिती जेठ १४ (मे २७ तारीख २०१२) का दिन बेल्जियम स्थित नेपाली कुटनीतिक निकायका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरुको उपस्थितीमा ब्यापक अन्तर्किर्या गर्ने निर्णय गरियो । उक्त अन्तरकृया कार्यक्रमको रुप नेपालको संविधानमा निर्माण हुने प्रगतिको आधारमा हुनेछ ।
Yes kadamko hami sherpa lagayat samasta Adhibasi Janazati, Madhesi Morcha, Mahila, Muslim Dalit ra pichada barga swagat gardachau ra thap urja sahit 14 pradesh Kayam nai garne Chau. Nepal ma Bived hin Rajya sthapana vayi Nepal ko Sarwangin Bikas Hos vanne Shuvakamana Chha.Yesari nai, USA, UK, Canada, Australia, Japan , Europe lagaya sabai thau bata Sanghrasa Samiti Gathan Gari Dabab diye 14 pradesh Sunischit garau. It is NOw or NEVER...Get us Stand up Get up for our right!!!!!!
नेपाली संयुक्त संघर्ष समिती बेल्जियमको दोस्रो बैठक बस्यो
मिती २०१२ मे २७ तारिख आईतवारका दिन नेपाली संयुक्त संघर्ष समितीको दोस्रो बैठक आन्ट्वेर्पेनमा बस्यो ।उक्त अवसरमा नेपालको वर्तमान राजनीतिक घटना उपर बृहत छलफल गर्दै बिभिन्न प्रस्तावहरु पारित गरियो |
प्रस्ताव नं १- समितिमा सदस्य थप गरिएको सम्बन्धमा
थप गरिएको समितिको सदस्य बालेन्द्र गुरुङ्गको सम्बन्धमा सर्वसम्मत रुपमा अनुमोदन गर्दै बैठकमा स्वागत गरियो ।
प्रस्ताव नं २-
संयुक्त संघर्ष समितिको नामाकरण सम्बन्धमा
निर्णय: नेपालको संविधान निर्माणको क्रममा संयुक्त संघर्ष समितिले लिएको उद्देश्य अनुरुप संघर्षको विशिष्ठतालाई ध्यानमा राख्दै 'नेपाली संयुक्त संघर्ष समिती' को स्थानमा "नेपाली आदिवासी जनजाती संयुक्त संघर्ष समिती, बेल्जियम" राख्ने निर्णय गरियो। साथै यसै संघर्ष समितिलाई बेल्जियमको सन्दर्भमा र नेपालको राजनीतिक बिकास क्रमलाई ध्यानमा राख्दै आवश्यक परेमा आदिवासी जनजाती महासंघमा परिणत गर्न सकिने निर्णय गरियो ।
प्रस्ताव नं ३-
ज्ञापन पत्र
निर्णय: नेपाली राजनीतिक घटनाक्रमलाई अध्ययन गर्दै आदिवासी जनजातिहरुको हक अधिकार स्थापित नभएमा त्यस्को विरोध स्वरुप यथाशिघ्र नेपाली राजदूतावासमा ज्ञापन पत्र बुझाउने निर्णय गरियो साथै यस बिषयलाई अन्तरराष्ट्रियकरण गर्ने निर्णय गरियो।
प्रस्ताव नं ४-
सदस्यताको सम्बन्धमा
यस संयुक्त संघर्ष समितिको उद्देश्यलाई आत्मसाथ गर्दै संगठित हुन चाहने सम्पूर्ण शुभचिन्तकहरुलाई संगठित गर्ने निर्णय गरियो।
प्रस्ताव नं ५-
आर्थिक सम्बन्धमा
क) २७ मे २०१२ मा गर्ने भनिएको विरोध कार्यक्रममा ब्यबस्थापन तर्फ (बस, हल तथा पोस्टर सम्बन्धमा) जिम्मा लिनु भएका साथीहरु कुल मगर र सोम नारायण थारुले उक्त कार्यक्रम रद्ध भएतापनि कुनै रकम चुक्ता गर्न नपरेकोले उहाहरुलाई धन्यवाद दिने निर्णय गरियो।
ख) यस संघर्ष समितिको आर्थिक गतिविधी संचालन गर्न प्रेम पाठकको संयोजकत्वमा निम्न सदस्यहरु रहने गरी आर्थिक परिचालन समिती राख्ने निर्णय गरियो ।