USERNAME
PASSWORD
Remember me
Users Online :   630
Registered Members : 2995
Home | About Us | Community | E-Talk | News | Newsletter | Help | Stats
 Discussion Forum > Breaking News > अमेरिकामा दुई चेम्बर अफ कमर्स बिच सम्झौता सम्पन
There are 1 messages in this thread.
This thread has been viewed 222 times.

ksherpa08             Reply | Notify Admin
 5/14/2012 7:27:47 PM


अमेरिकामा दुई चेम्बर अफ कमर्स    बिच सम्झौता सम्पन

अमेरिका, न्यूयोर्क - अमेरिका नेपाल व्यवसायी संघ (यूएस    नेपाल चेम्बर अफ कमर्स ) र नेपाल चेम्बर अफ कमर्स नेपालका बिचमा अमेरिकाको न्यूयोर्कमा मे १२ मा आयोजित एक कार्यक्रममा    memorandum of understanding (mou_    मा एक सम्झौता भएको    छ । न्यूयोकको रिजउडमा अमेरिका नेपाल व्यवसायी संघको आयोजनामा आयोजत उक्त कार्यक्रममा उक्त संघको तर्फवाट सचिव प्रकाश थापा, अध्यक्ष मोहन ज्ञवाली र नेपाल चेम्बर अफ कमर्सका तर्फवाट महासचिव कमलेस कुमार अग्रवाल    र अध्यक्ष सुरेन्द्र कुमार बस्नेतले हस्ताक्षार गर्नुभएको छ ।

अमेरिका भ्रमणमा रहेका उक्त व्यापारी मण्डलको स्वागतका लागी आयोजित उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघको न्यूयोर्क    स्थित कार्यालय नियोग दुतावास र अमेरिका नेपाल व्यवसायी संघ द्वारा संयुक्त रुपमा आयोजना गरिएको हो ।
संघका अध्यक्ष मोहन ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्र कुमार बस्नेतले    “आज भएको यो    सम्झौता अमेरिकामा रहेका नेपाली व्यापारी,व्यवसायी र नेपालमा रहेका व्यापारी व्यवसायीका लागी ऐतिहासिक भएको छ भन्नुभयो ।” आज पछि अमेरिकामा अमेरिका नेपाल व्यवसायी संघ चेम्बरको आघिकारिक प्रतिनिधि भएको छ भन्दै उहांले यस संस्थाले नेपाली व्यापारीहरुको हकहितको लागी काम गरोस र यसबाट नेपाली व्यवसायीले फाईदा लिन सकोस भन्दै नेपाली व्यवसायीको लागी चेम्बरले नेपाल र अमेरिकन सरकार संग पहल गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रममा बोल्दै चेम्बरका महासचिव कमलेस कुमार अग्रवालले    यो सम्झौताले नेपाल र अमेरिकामा बसेर व्यवसाय गर्ने व्यापारी बिच एउटा पुलको काम गर्ने ,देशमा नयां लगानिका बाटाहरु खुल्ने र व्यापारीहरु बिच समन्वय सहकार्यमा महत्वपूर्ण भुमिका खेल्ने छ भन्नुभयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मिसनका नायव स्थायी प्रतिनिधी सेवा लम्सालले अमेरिका नेपाल व्यवसायी संघले सुरु गरेको यो काम ऐतिहासिक भएको र नेपाल मिसनले यो काम लाई    सफल बनाउन सक्दो सहयोग गर्ने छ भन्नुभयो । त्यसैगरि मिसनका मिनिष्टर अफ काउन्सिल अमृत राईले अमेरिकामा हरेक संस्था भएपनि व्यापारीको संस्था नभएको र यो संघले व्यापारीहरुको लागी थालेको एकताले अमेरिकन नेपाली व्यवसायीहरु एक जुट भएर अगाडी बढ्ने छन भन्नुभयो ।


अमेरिकाका लागी नेपाली वाणिज्य दुत प्रेम राजा महतले यो संघले व्यापारीहरुलाई एकजुट बनाउनुहोस आफुले हरेक कदममा सहयोग गर्ने भन्दै । अमेरिकी सरकार, यहांको चेम्बर संघ नेपाली व्यवसायीका लागी आफू काम गर्न तयार रहेको छु भन्नुभयो । दुई चेम्बरका बिचमा भएको सम्झौतालाई ऐतिहासिक भन्दै यसले नेपाली व्यवसायीलाई ठूलो फाईदा पुग्ने छ भन्नुभयो ।

उक्त समारोहमा बोल्दै नेपाली जनसम्पर्क समिती अमेरिकाका अध्यक्ष्ाँ खगेन्द्र जिसीले नेपालमा बन्न लागेको संविधानमा दोईेल नागरिताको प्रावधान हटाउन थालिएको छ भन्दै सबैले मिलेर यसलाई टड्कारो रुपमा उठाउनु पर्छ भन्दै यो संघले गर्ने क्रियाकलपमा आफ्रनो पूर्ण रुपमा सहयोग हुने छ भन्नुभयो । त्यसैगरि कार्यक्रममा रिजउड नेपलिज सोसाइटिका अध्यक्ष श्री पराजुलिले सामाजिक संस्था र व्यापारीक संस्था बिच समन्वय हुनुपर्छ भन्दै यो संघले अमेरिकामा रहेका व्यापारीहरुको उत्थानका लागि लडोस आफूले हरेक कदममा साथ दिन्छ भन्नुभयो ।

कार्यक्रममा अमेरिका नेपाल पत्रकार संघका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पा , पत्रकार सूर्य थापा , UNDFका अध्यक्ष सिता खरेल , समाज सेवी डा; तारा निरौला ,वाल्टिमोर एसोसिएसनका अध्यक्ष विजय श्रेष्ठ , शेर्पा किदुङ्गका सचिव पाशाङ्ग शेर्पा लगायतका वक्ताले दुई चेम्बर बिच भएको सम्झौता ऐतिहासिक भएको उल्लेख गर्दै यसले व्यपारीहरुको हकहित,सुरक्षाका लागी पहल गरोस भन्दै आफूले हरेक कदममा साथ दिन्छौ भन्नुभयो । कार्यक्रममा केन्द्रिय सदस्य केदार श्रेष्ठ लागायतका पर्तिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरुलाई स्वागत भाषण संघका कोषाध्यक्ष कुगां शेपाले गनुभएको थियो भने कार्यक्रमको संञ्चालन सचिव प्रकाश थापाले गनुभएको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य वेद प्रसाद खरेलले संघले आगामी ६ देखि एक वर्ष भित्र अधिवेशन गर्ने ,हाल सम्म ३१वटा स्टेट बाट २४० व्यपारीहरुले आवद्धता जनाइसकेको र    यो संस्था गैर राजनितीक , मुनाफा
 
| Back to Home | Discussion Thread List | Forums List |

 

 

RECENT logins
show | hide
SSherpa 1:24:25 PM
SLama 11:49:01 AM
sherpa-kyidug 11:43:31 AM
kisan 9:26:30 PM
admin 12:36:40 PM
ksherpa08 5:30:23 AM
ksherpa08 5:28:27 AM
angsamir 8:00:47 PM
ksherpa08 1:27:35 PM
ksherpa08 5:13:20 AM
photohera 2:25:54 AM
khumjungmingma 6:15:13 PM
photohera 12:57:28 PM
kisan 10:48:20 PM
dendi 9:54:16 AM
BhikshuniLozang 3:20:10 AM
sherpa-kyidug 9:58:43 PM
sherpa-kyidug 9:14:17 PM
ThamoNgawang 2:37:38 PM
sherpaz 11:59:06 AM
stairway 7:31:28 AM
Chhophel 12:58:02 AM
Mendewa 1:30:14 PM
kisan 3:19:11 AM
kisan 3:19:05 AM
ksherpa08 11:11:54 AM
ksherpa08 9:28:55 AM
sherpa-kyidug 4:50:49 AM
ksherpa08 2:06:55 AM
MSherpa2008 11:17:57 PM
Refer to a friend


Featured Ads
 
© 2003-2005 New York Sherpa Kyidug