USERNAME
PASSWORD
Remember me
Users Online :   81
Registered Members : 2995
Home | About Us | Community | E-Talk | News | Newsletter | Help | Stats
 Discussion Forum > New York Sherpa Kyidug Issues > न्यूयोर्कको सामुदि्रक आँधी (Hurricane Irene) सम्बन्धी सूचना
There are 3 messages in this thread.
This thread has been viewed 1008 times.

sherpa-kyidug             Reply | Notify Admin
 8/27/2011 6:02:13 PM


संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्क तथा नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कको सामुदि्रक आँधी (Hurricane Irene) सम्बन्धी सूचना

१. सामुदि्रक आँधी
(Hurricane Irene) ले न्यूयोर्क, न्यूजर्सी तथा कनेटिकटको तटीय क्षेत्र (Lowland Area) मा यही अगष्ट २७ को रातीदेखि अगष्ट २९, २०११ को विहानसम्ममा उल्लेख्य क्षति पुर्‍याउन सक्ने समाचार आएको सन्दर्भमा सो क्षेत्रमा बसोवास गर्नुहुने सम्पूर्ण नेपालीहरुलाई स्थानीय अधिकारीहरुद्वारा जारी भएको निर्देशनलाई पालना गर्नुहुन र आवश्यक पूर्व तयारी गरी सजकता अपनाउनु हुन अनुरोध गरिन्छ ।

२. नेपालीहरुलाई कुनै सहयोगको आवश्यकता परेमा सामुदायिक संघ संस्थाका पदाधिकारीज्यूहरुले आवश्यक पहल गर्नुहुन अनुरोध गरिन्छ । साथै नेपाली नेपालीहरु बीचमा सम्पर्क र सहयोग आदान प्रदान गर्नुहुन पनि हार्दिक अनुरोध गरिन्छ ।

३. नेपालको स्थायी नियोग तथा नेपाली महावाणिज्यदूतावासको सहयोग आवश्यक परेमा तृतीय सचिव डिल्लीप्रसाद आचार्यलाई फोन नं. १-६४६-३७१-२७४८ मा तृतीय सचिव विश्व पनेरुलाई फोन नं. १-२१२-७०६-०१९२ मा र स्थानीय सम्पर्क सचिव सन्ध्या पराजुलीलाई फोन नं. १-६४६-९१९-६७७५ मा सम्पर्क गर्नु हुन अनुरोध छ ।

अगष्ट २७, २०११
 
 
sherpa-kyidug             Reply | Notify Admin
 8/27/2011 6:14:17 PM


आङछिरिङ शेर्पा: न्युयोर्कमा गत मगलबार आएको भुकम्पको त्रास कम हुन नपाउदै अहिले दुई दिनदेखि यहाका बासिन्दहरु समुन्दी आधीबेरी (हुरिकेन / आइरिन ) को त्रासमा छन । विशेष गरि समुन्द्र आसपासका घरहरु प्रभावित हुने भएकाले त्यहाका बासिन्दाहरु सवै घरहरु छोडेर अन्यत्र गइसकेका छन । सरकारले समेत प्रभावित त्यस्तो क्षेत्रका दुई लाख ५० हजार भन्दा बडि बासिन्दालाई सुरक्षित स्थानमा सरेर जान आग्रह गरेका छन । न्युयोर्कमा पहिलो हुन सक्ने यो आधीबेरिको खतराप्रति सचेत हुनका लागी दुईदिनदेखि न्युयोर्क राज्यका मेयर बुलुम बर्गले न्युयोर्कबासीलाई घरमा चाहिने खानेकुरा, पिउने पानी, टर्च लाइट, व्याट्री किनेर राख्न सुझाव दिदै आएका छन । त्यस्तै आफुनो महत्वपुर्ण कागजत समेत सुरक्षित रुपमा आफुसंग राख्न जानकारी समेत दिइसकेका छन ।

मौसमविदका अनुसार निकै खतरापुर्ण रुपमा आउन सक्ने यो प्राकृतिक प्रकोपमा ६० माइल प्रति घण्टाको तिब्र गतिको हावासंगै जमिनमा १२ इन्चसम्म पानी पर्न जानकारी दिईसकेका छन । आधीबेरिको कारण न्युयोर्कको गर्भनर आन्दे्र एम कुमोले शनिबार दिउसोदेखिनै न्युयोर्कको सबै सार्वजनिक यातयात सेवा र हवाई सेवाहरु बन्द गरिसकेका छन । यसका साथै न्युयोर्कदेखि अन्यत्र जाने भुमीगत रेलमार्ग , बस मार्ग र सवै पुलहरु समेत बन्द गरिसकेका छन । मेयर बुलुमबर्गले प्रभावित क्षेत्रका बासिन्दालाई सुक्रबार बेलुकासम्मनै त्यहाबाट अन्यत्र जान सुचना दिइसकेका छन । मौसमविदका अनुसार शनिबार विहान ७ बजेतिर नर्थ क्यारोलोना हुदै आउने आधीबेरीले न्युयोर्क लगायत आसपासका राज्यहरुमा पनि असर पर्ने जानकारी दिइसकेका छन । ' सुरक्षाका लागी प्रभावित क्षेत्रमा नबस्न हामीले आग्रह गरेको हो' न्युयोर्कको मेयर बुलुकबर्गले भने- ' यस्तो अपातकालिन स्थिति आउन लागेकोले अहिले सार्वजनिक सेवाहरु बन्द गर्ने निर्णय गरेको हो' ।

आधीबेरिको कारण शनिबार दिउसो १२ बजेदेखि आइतबार बेलुकासम्मको लागी न्युयोर्कको ४ सय ६८ ट्रेन स्टेसन , हजारौ बसको सेवा बन्द गरेको छ भने जेएफके र लगाडिया विमानस्थालबाट उडान हुने विभिन्न ५ हजार उडान रद्धा गरेको छ । आधीबेरिसंगै आउने तिब्र गतिको हावाको कारण बिजुलीको लाइन र पानीको अभाव हुन सक्ने भएकाले अहिले उपभोक्तहरु मैनबत्ति, टर्च लाइट र पसलबाट पिउने पानी किनेर राख्न थालीसकेका छन । यसका साथै कुनै पनि अपातकालिन स्थिति आएमा अन्यत्र जानका लागी आफनो महत्वपुर्ण कागजत, चाहिने र सरसमान समेत पोका पारेर राखेका छन । अहिले न्युयोर्क लगायत आधीबेरि आउन सक्ने विभिन्न राज्यका बासिन्दाहरु मनमा डर र त्रासका कारण शनिबार र आइतबार राखेका विभिन्न कार्यक्रम समेत रद्ध गरिसकेका छन । उनीहरु अहिले रेडियो र टेलिभिजनको छिन छिनको समाचारको सम्पर्कमा रहिरहेका छन । आधीबेरिकै कारण शनिबार विहानै नर्थक्यारोलोना र भर्जिनियाका बासिन्दाहरुले दुख खेप्नु परेको सञ्चारमाध्यामहरुले जनाएको छ । यो प्राकृति विपत्तिबाट हामी सवै जोगिन सकु र कसैलाई पनि केही क्षति नहोस भनी भगवानसंग प्रर्थाना गरौ ।

Source: www.everestimesnews.com
 
| Back to Home | Discussion Thread List | Forums List |

 

 

RECENT logins
show | hide
sherpa-kyidug 4:38:30 PM
stairway 10:05:31 AM
stairway 10:04:23 PM
sherpa-kyidug 9:25:02 PM
sherpa-kyidug 9:10:44 PM
sherpa-kyidug 9:09:57 PM
stairway 9:01:40 PM
photohera 2:33:58 PM
photohera 2:33:39 PM
photohera 2:27:50 PM
sherpa-kyidug 1:14:50 PM
photohera 3:46:58 AM
photohera 2:18:39 AM
photohera 1:54:17 AM
photohera 1:07:36 AM
SSherpa 1:24:25 PM
SLama 11:49:01 AM
sherpa-kyidug 11:43:31 AM
kisan 9:26:30 PM
admin 12:36:40 PM
ksherpa08 5:30:23 AM
ksherpa08 5:28:27 AM
angsamir 8:00:47 PM
ksherpa08 1:27:35 PM
ksherpa08 5:13:20 AM
photohera 2:25:54 AM
khumjungmingma 6:15:13 PM
photohera 12:57:28 PM
kisan 10:48:20 PM
dendi 9:54:16 AM
Refer to a friend


Featured Ads
 
© 2003-2005 New York Sherpa Kyidug