नेपाल शेर्पा बिधाथी मन्च सम्पूर्ण शेर्पा बिधाथिहरुको एक मात्र सामाजिक छ छाता संगठन को रुपमा शेर्पा समुदायमा स्थापनाकालदेखिनै निरन्तर शेर्पा समुदयको विषेस पहिचानको रुपमा रहेको भाषा, धर्म, सन्स्क्रितीहरु को समरक्षण गर्दै शिक्षा क्षेत्रमा अगी बढन उत्सहित गर्दै निरन्तर राष्ट्र निर्माणमा टेवा पुर्यौने महान लक्ष्य शाहीत अघी बढीरहेको सबैमा अवगत नै छ । यसै सन्दर्भमा कक्षा १२ र क्याम्पसका बिभिन्न तह हरुमा पठन पठान गर्दै आइ रहेको मानवशास्त्र तथा समाजशास्त्रका विभिन्न पुस्तकहरुमा नेपालको जाती जनजातिहरुको सनछिप्त अध्ययन शिरषक अन्तर्गत शेर्पा जातिको विवाह सन्स्कार बिषयमा शेर्पा समुदयमा बहुपती प्रथा बहुपत्नी तथा मामाचेला र फुपुचेली बिच्मा विबाह गर्ने विसेस पहिचनको रुप्मा रहेको र हाट बजारमा गएकी केटी लाई जबर्जस्ती घिस्एर पत्नी बनाउने जस्ता शेर्पा समुदयमानै नभएको भ्रमाक विसएे बस्तु प्रती नेपाल शेर्प विद्यार्थी मन्च केन्द्रिय कार्य समितिको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त भ्रामक सन्देश प्रती मन्च घोर आपती प्रकत गर्दछ ।
डा. सोम प्रसाद खतिवडा र डा. कमला दाहाल द्वर लिखित नेपाली समाज र सन्स्क्रिती को परिचय बिषय कक्षा १२, प्रा. डा. प्रेम कुमार खत्री र गोकर्न प्रसाद ग्यावली द्वारा लिखित नेपालमा मानवशास्त्र र समाजशास्त्र कक्षा १२, हरी प्रसाद घिमिरेको समाजशास्त्र तथा मानवशास्त्र कक्षा १२ र राज अधिकारीको समाजशास्त्र तथा मानवशास्त्र बि. ए. प्रथम वर्स लगयता समाजशास्त्र र मानवशास्त्र अन्तर्गत्का विभिन्न पाठ्यपुस्तक हरु विना अनुसन्धान, तथ्यहिन र त्रुटी पूर्ण पठ्यपुस्तक ले आम शेर्पा समुदय को मान प्रतिस्ठा माथि नै गम्भिर आघात पुर्याएको छ , सो पठ्यपुस्तकहरुले लाखौंलाख विद्यार्थीहरुमा शेर्पा समुदय प्रती भ्रामक सन्देस फैलाई नेपालको प्रागिक क्षेत्र माथिनै गम्भिर प्रश्न खडा भएको हाम्रो ठहर छ ।
उक्त त्रुटीपूर्ण बिषयबस्तुलाई यथाशिघ्र पठनपाठन बन्द गरी साकारत्मक शन्देश फैलाउन तत्काल परिमार्जन आवश्यक देखिन्छ । अन्यथा हामी कानुनी प्रकृयाबाट अघी बढन वाध्य हुने छौ । साथइ ती भ्रामक र त्रुटीपूर्ण पाठ्यपुस्तकहरु प्रती विश्वास नगरन सबै सचेत जनसमुदय मा हार्दिक आनुरोध गर्दछौ ।
किशोर शेर्पा 9841420486
अध्यक्ष
देन्दी शेर्पा 9841195243 (dendis184@gmail.com)
सचिव