सम्पूर्ण शेर्पा दाज्यु भाइ तथा दिदी बहिनी हरु लाई टाशी देलेक !!!
यो चाही बिशेस गरेर न्यु योर्क, न्यु जर्जी तथा इस्ट कोस्ट मा बसोबास गरेका शेर्पा हरुको लागि हो र यो शायद काठमाडौँ मा पनि लागु गराउन सकिन्छा कुरा के भने आज शेर्पा क्यिदुग को अफिस अथवा गुम्बामा एउटा लोम्जु पुजा भएको थियो / पुजा Pittsburg, Pennsilvania को स्वर्गीय अनि दिकी ( दिकु ) को थियो / मान्छे हरु निकै नै जम्मा भयो र पुजा राम्रो संग सम्पन्न भयो / अब खास कुरा के भने सबै जनाले फलफुल अथवा जुस लिएर आए / त्यो हाम्रो शेर्पा को पहिला देखि को चलन हो जुनलाइ हामीहरु अहिले पनि पालना गर्छौ / ल ठिक छ नाना थरि मान्छे ले नाना थरिको फल फुल र जुस हरु त ल्याए तर अब त्यस लाइ के गर्ने भन्ने समस्या भयो / आजको कुरा एउटा नमुना मात्रा हो तर यहाँ न्यू योर्क मा हरेक पूजा र ओवङ मा यसरी नै छो बेशी हुने गर्छन् / यो समस्या आज मात्र भएको होइन र मलाई यो कुरा लेख्न मन लागेको अहिले होइन /
अब तपाई आफै भन्नोस्, जब तपाइको पुजा छ र तपाइले १०० वटा कार्ड बाडेछा रे त्यस को मतलब लगभग २०० जना ( बुडा बुडी गनेर ) आउछा भन्ने तपाइको अन्दाज हुन्छा होइन ? अब तपाइले २०० जना लाइ मात्र ठिक्क पुग्ने छो त किन्नु हुन्न, तपाइले केहि नभए पनि २२५ अथवा २३० जना लाइ पुग्ने गरी ( हाम्रो संस्कारमा बडी भएको राम्रो मान्ने ) छो को लागी भिभिन्न किसिमको खाने कुरा हरु किनेको हुन्छा एकदिन अगाडी नै / अब पुजा हुने दिनमा त्यो छो को सामान बिहानै छ्योस्हम को अगाडी राम्रो संग मिलाएर राखेको हुन्छ / त्यसपछि पुजा सुरु हुन्छा र पछि आफन्त हरुको आगमन सुरु हुन्छ / अब माथी भने झैँ अब फेरी नाना थरि को छुट्टा छुट्टै किसिमको पचासौ थरिको खाने कुरा को पोको आउन थाल्छ / त्यो पनि अर्काको चिटिक्क मिलाएर राखेको छो को छेउमा /
अब आयो छो प्याक गर्ने बेलाको समस्या / जिन्दक ले आफ्नो आफन्त लाई पुग्ने गरी एकै कसिमको थुप्रै आइटम्स मिलाएर किनेको छो प्याक गर्ने बेला अब त्यो आफन्त हरुले लिएर आएको नाना थरिको बेग्ला बेग्लै आइटम्स हरु के गर्ने भन्ने समस्या त्यहा निर आउछ / पहिलो समस्या आइटम्स नमिल्ने दोस्रो कुरा छो एकदम बेशी हुने / किनकि छो त जिन्दग ले सबलाई पुग्ने माथि अलि बढी पनि किनेको छ / जुन पुजा गर्ने जिन्दक ले त मेरो आफन्त ले ल्याउछ भनेर हिसाब त गरेको हुँदैन /
मैले जब कुनै पुजा ( ज्ञवा, लोम्जु, अथवा ओवंग ) हुन्छा र त्यहाँ छो चडाउने बेला जहिले पनि यो समस्या देखेको छु / अब आयो त्यो किन त्यस्तो भयो र त्यो खालको समस्या लाई कसरी समाधान गर्ने त ??? तपाइले तपाइको आफन्तलाई help होस् भन्ने बिचारले छो किनेर लानु भयो तर त्यसले तपाइको आफन्त लाई help को सट्टामा त्यस्तो दुखा हुन्छा भन्ने सोचेको हुन्न / पैसा खर्च गरी गरी कसले दुखा दिन्छ होला त्यो पनि आफ्नो आफन्त लाइ / अर्को कुरा हाम्रो समाजमा अर्काको मा जाँदा खाली हात जानु हुँदैन भन्ने चलन छ र त्यसले गर्दा यस्तो हुन गएको हो /
अब यस लाई मेरो बिचारमा यसरी कुनै पनि पुजामा जाँदा छो लिएर नजाऊ / किन पैसा खर्च गरेर अर्कालाई दुखा दिने / दुखाको कुरा गर्दा मुख्य दुखा को कुरा झन्डै लेख्न भुले छु / त्यो के भने अब छो त जिन्दक को राम्रो संग आइटम्स मिलाएको छो माथी आफन्त हरुले लिएर आएको जथा भावी जे मन लाग्यो त्यो हालेर थुप्रै चाहिने भन्दा बढी ( किनकि त्यो आफन्तले ल्याएको सामान सिदै गार्बेज मा हाल्ने कुरा त भएन ) छो प्याक हुन्छा अनि छो बाँडे पछी थुप्रै पोको छो बाँकी रहन्छ / अघि भिभिन्न किसिमको नाना थरिको छो ल्याउने हरु त छो एक पोको लिएर गइ हाल्छ / अब आयो जिन्दक लाइ ठुलो समस्या त्यो पचासौ पोको छो कहाँ पुरयाउने भन्ने / Mexican लाई दिनलाई खोज्नु जानु पर्ने हुन्छ गल्लि गल्लि / Mexican पाएन भने गार्बेज मा सिदै जाने भो / जिन्दक हरु २/३ दिन देखि काम गरेको ले कति खेर घर गएर थकाई मार्छु भन्ने बेलामा छो कता लाने के गर्ने भन्ने समस्या / अब हेर्नुस त तपाइको तेत्रो पैसा तिरेको छो को के हालत भयो ? तपाई धर्म कमाउन आउनु भएको उल्टै पाप पो लाग्ने भो /
अब हाम्रो गाउँ घर बाट चली आएको चलन हो यसरी लिएर आउने वानी / मेरो बिचारमा गाउँ घरमा खाने कुरा पाउना गाह्रो छ र त्यसो गरेको हो / गाउँ घरमा जे पनि खान पनि सक्छ / अब यहाँ त्यो समस्या छैन जे किन्न परे पनि जत्ति किन्न परे पनि पाई हाल्छा त्यसरी सबैले अलि अलि ल्याउनु पर्ने समस्या यहाँ छैन / यहाँ मान्छे ले जे पायो त्यो पनि खान्दैन / सबै जना मोटौला भनेर पिर गर्छन र सिलीम हुन खोज्छन / त्यस कारण अब देखि यसरी छो को पोको चाहि नल्याउदा राम्रो हुन्छा कि जस्तो लाग्छ / तपाईहरु लाइ पनि सजिलो किनकि जहिले पनि गुम्बामा पुगी सके पछि छो ल्याउन बिर्सेर फेरी फर्केर छो किन्न जानु पनि परेन / मेरो बिचारमा तपाई हरु खाली हात आउनु भएको छैन कारण तपाई संग खाता र खाम त छनी होइन ? तै पनि तपाइलाई ओहो आज केहि पनि ल्याएन भन्ने मनमा नराम्रो लाग्छ भने ( तपाइले $ १० अथवा $१५ भन्दा को बेशी छो किन्नु हुन्छ ) $५ शेर्पा क्यीदुगको डोनेशन box मा हाली दिनुस भै हाल्यो नी / यसरी सबैले $५ / $५ dollar डोनेशन box मा राख्दा कसैलाई दुखा पनि नहुने, कस्तो राम्रो IDEA होकी ?
यदि यो समस्या तपाईहरुलाई भयो भने त्यो समस्या कसरी हल अथवा समाधान गर्नु हुन्छ / पाहुना भनु अथवा आफन्त हरु छो एक एक पोको लिएर गइ हाल्छन अनि बाँकी भएको ४० / ५० पोको छो कता लाने कसलाई दिने न फाल्नु मिल्छा न खाने मान्छे छ, ल हेर्नुस अब समस्या / यहाँ त गार्बेज पनि जथा भाबी जति बेला मन लाग्यो त्यत्ति बेला फाल्न पनि मिल्दैन / यसरी अमेरिका जस्तो पैसा कमाउन गार्हो ठाउमा यसरी पैसा खेर फाल्न राम्रो होला त ?
त्यसकारण अब देखि यसरी पुजा गर्ने जिन्दक लाई ( help नै गर्ने हो भने )सजिलो बनाई दिन को लागी मा यहाँ हरु लाइ छो को पोको नल्याउना अनुरोध गर्दछु / यो अनुरोध धेरै मान्छे हरुको सल्लाह बाट गरेको हो / यो समस्या तपाई हरु पुजा गर्नु भएको लाइ त राम्ररी थाहा छ तर अरु लाइ यस्तो होला भन्ने मनमा त्यसै आउने कुरा पनि भएन तर अब देखि छो खान आउदा छो को पोको नलिकन आउनु भए कसो होला ???
तपाइँ हरु लाइ यो कुरा कस्तो लाग्यो त्यसको प्रतिक्रिया लेख्नु होला /
सम्पूर्ण शेर्पा दाज्यु भाई तथा दिदी बहिनी हरु लाइ टाशी देलेक !
आज म यहाँ फेरी एउटा नया पाठ लिएर आएको छु / हामीले पुजा तिर अथवा जहाँ मान्छे हरुले छ्याक, श्यावा ( ढोग ) गर्ने बेला यसो हेर्दा विभिन्न मान्छे ले विभिन्न तरिकाले छ्याक चडाएको देख्न पाउँछौ / त हाम्रो मनमा कुन तरिका चाही ठिक तरिका हो त भन्ने लागि रहेको हुन्छा तर कसलाई सोध्नु भन्ने हुन्छा र सोध्नु अप्ठ्यारो लागेर जस्तो पायो त्यस्तै छ्याक चडाएर जान्छौ / होइन त ?
अब म यहाँ हरु लाई ठिक तरिकाले छ्याक बुलु गर्ने तरिका लेख्दै छु / यहाँ म एकता छ्याक बुलु गर्ने बेलामा हाम्रो हात को पोजिशन ( जोड़ता ) कस्तो जुनु पर्छा र त्यो जोडेको हात कहाँ बाट कहाँ लाने भन्ने लेख्दै छु / किन भने कसैले जोडेको हात टाउको मा लगेर छ्याक सुरु गर्छा त कसैले कता बाट कता कता लान्छन तपाइँ हरुले देखी रहेको कुरा हो /
ल अब सुन्नुस है / जब छ्याक बुलु गर्ने बेला आयो तब हामीले हाम्रो दुइटा हात जोड्नु पर्छा भन्ने त सबलाई राम्ररी थाहा छ / र साधारण तय हामीले हाम्रो हात नमस्कार गर्ने जस्तो गरेर दुइ हात ट्याप्प जोड्छौ त्यो तरिका गलत हो छ्याक बुलु गर्ना लाइ / हाम्रो दुइटा हात हरुको फेद अथवा हत्केला को फेद हरु जोडेको हुनु पर्छा र माथी औला हरु पनि जोडेको हुनु पर्छा तर हात को बीच ( हत्केला ) जोडेको हुनु हुँदैन र यसो हेर्दा हात भित्र केहि ( फुल ) समातेको जस्तो देख्नु पर्छा / र अर्को कुरा हाम्रो दुइ वटा बुडी औला ( thumb ) हरु लाइ त्यो दुइटा जोडेको हात भित्र राख्नु पर्छा / हाम्रो रितिरिवाज मा जहिले पनि हामी केहि न केहि चडाउने चलन भएको ले यो चाही फुल चडाएको कल्पना गरेको जस्तो हो /
अब आयो ढोग्ने तरिका :
सब भन्दा पहिला, यसरी यसो हेर्दा अमेरिकन फूटबल ( दल्लो तर लाम्चो ) जस्तो देख्ने जोडेको हात छाती मा राख्ने / त्यस पछि टाउको मा लाने र टाउको मा राख्दा हातको औला हरु आकास तिर फर्केको हुनु पर्छा / कहिले काही मान्छे हरुले हात को औला हरु पछाडी फ़र्काउछन् / त्यस पछि जोडेको हात घाटीको सिदा ल्याउने र त्यस पछी छातीमा र त्यस पछि भुइमा ढोग्ने /