११ जुलाई २०११ - फंबोरो-यु के शेर्पा किदुग को आयोजनामा Phag-Ngi पर्बा समुदायको भेटघाट कार्येक्रमको रुपमा मनाएको छ I
PHAG -NGI पर्बा उल नामक ताराको उदय हुंदा खोलाका पानी औषधी युक्त हुने र यस समयमा खोलाहरुमा नुहाएमा र यस महिनामा सुङगुरको मासु खाएमा शरिरमा भएको घाउ खटिराहरु निको हुने र शरीर ह्रिष्टपुष्ट होइन्छ भन्ने बिश्वाषमा यो चाड मनाएको किम्बदन्तीछ भने यो पर्ब बालिनाली लगाइ सकेर आराम गर्ने समयको रुपमा पीकनीकको आयोजना गरेर नाचगान सहीत बिभीन्न मनोरन्जन कार्यक्रम गरि मनाउछन।
सो कार्यक्रमको सञ्चालन किदुगको महासचिब रिंजी शेर्पा ले सञ्चालन गर्नु भएको थियो, स्वागत किदुगको उप-ध्यक्ष तथा फाग-नगी कार्येक्रम संयोजक दावा सोनम लामाले मनतब्य सहित स्वागत गर्नु भये को थियो भने किदुगका सल्लाकर तथा बुद्धिस्ट कम्युनिटी सेंटर का अध्यक्ष काजी शेर्पाले यही महिनाको २५ जुलाई २०१० दिन बुद्धिस्ट कम्युनिटी सेंटरले ओक्फर्म स्कूलमा प्रहरी बरती/ चयन, लागु पदार्थ तथा मादक पदार्थ दुर्बेसन सम्बन्धी सूचना, सल्लाहाका साथमा तारा पूजा तथा प्रबचन आजोजनमा गरेको हुदा उपश्थितिको लागी अनुरोध गर्नु भयो I
२०१०
किदुगका प्रमुख सल्ल्हाकर आङ् कल्जंग लामाले समसायिक बिसाएमा प्रकाश पर्नु भएको थियो भने किदुग को अध्यक्ष गोम्बा शेर्पा ज्यूले किदुगको गतिबिधि बारेमा जानकारी गारौदै किदुगको सल्ल्हाकरमा फुरबा शेर्पा तथा कोषाध्यक्षमा साना शेर्पालाई मनोदित गरेको जानकारी गरौनु बायो I साथै यही महिनाको २४ जुलाई २०१० का दिन लुवेँनमा योजना हुना गैरहेको यूरोपको प्रथम भेलामा किदुगका प्रमुख सल्ल्हाकर अंग कल्जंग लामा,महासचिब रिन्जी शेर्पा तथा कोषाध्यक्ष साना शेर्पा, सल्लाहकार आङ्फुला शेर्पा ज्यूले प्रतिनिधी, प्रबेछ्यक रुपमा भाग लिने जानाकारी गराउनु भयो I
कार्येक्रम सामूहिक नाचगान सस्कृति सचिप,कमान सिंह लामा तथा दावा सोनम लामा को संयुकता DJ ले भरपूर मनोरंजनका साथ २१३७ Phag -Ngi पर्बा सम्पन्न भएको छ I
तपाई हरुले Phag -Ngi मनाउनु भए छ र रमाइलो पनि भएछ, जुन सुनेर खुशी लाग्यो / तर यहाँ हरुले के को आधारमा यो महिनामा Phag -Ngi मनाउनु भएको हो ? हामी हरुले पनि न्यु योर्कमा बर्सेनि Phag -Ngi मनाउदै आएका छौ र यस पालि को Phag -Ngi चाही अगस्ट मा परेको छ भन्छन / नेपालमा झन् धेरै वर्ष अगाडी देखि Phag -Ngi मनाउछ र यस पाली काठमाडौँ मा पनि अगस्ट मा नै मनाउदै छन् भन्छन /
बिदेशमा कहिले काही यसरी एकै ठाउमा भेला भएर मज्जा गर्नु एकदम राम्रो कुरा हो तर यसरी शेर्पा हरु को चाडलाई नै एक एक महिना अगाडी सार्नु राम्रो होइन जस्तो लाग्छ / हुन त हामी ले न्यु योर्क मा पनि केहि ( Phag -Ngi को मुख्य दिन Phag -Ngi मान्न कठिन हुन्छा ) दिनको फरक मा मान्ने गर्छ / कारण weekend ( Saturday ) पार्नु परेको को ले / तर एक महिना को फरक चाही अलि धेरै नै भएको जस्तो लाग्यो / एक हप्ता सम्म फरक परे त कुनै ठुलो कुरो होइन /
हामी शेर्पा हरुले जे काम गर्दा पनि दतुक हेर्नु पर्छ र दतुक अनुसार चाड अथवा कुनै पनि सुभ कार्यको लागि उपयुक्त दिन हरु हेर्ने गरिन्छ / दतुक्मा यस पालीको Phag -Ngi, अगस्ट ३ मा पर्ने रहेछ / From what I heard अगस्ट ३ मा Phayi Ngima सुरु हुन्छा जुन मुला खाने र खोलामा नुहाउने दिन हो / तर यस्तो ठुलो चाड पर्ब मान्द ठ्याक्कै त्यहिँ दिन मनाउना गार्हो हुन्छ र हामीले एक दुइ दिन अगाडी अथवा पछाडी शनिबार पारी गर्नु पर्ने हुन्छ /
मेरो मतलब हामी हरु शेर्पा culture जोगाउन विभिन्न कार्य क्रम हरु गर्छौ तर समय पनि अलि मिल्दो जुल्दो भएमा हाम्रो बाल बच्चा हरु confuse हुन बाट बच्छन जस्तो लाग्छ /
मलाई मनमा लागेको सानो कुरा लेखेको हो, मलाई लाग्छा हामी सबै लाई हाम्रो संस्कृति राम्रो लाग्छ र हामी सबले मिलेर हाम्रो चालचलन, चाड पर्ब हरु राम्ररी समय मिलायेर मनाउ भन्ने मेरो चाहना हो र सायद यो सबै शेर्पा हरु को चाहना पनि होला /
यो बारेमा अरु दाज्यु भाइ दिदि बहिनी हरु ले पनि केहि सरसल्लाह सुजाब विचार हरु लेखेर share गरौ न कसो त ? यसो गरे कसो होला? हाहाहा.... :)
तपाई को जे मान्यता छ हाम्रो पनि त्याही मान्यता हो तर हामी यहाँ सख्यात्मकरूपा कम हुनु तथा अगस्त महिनामा धेरै साथी भाई तथा नानिहरू होलीडे जाने भएकोले हामीले Phag -ngi को पुर्बा संध्या तथा समर भेटघाटको रुपमा कार्येक्रम गरेको थियो I तारा समाचारमा प्रबितिक त्रुटिले गर्दा 'पुर्बा संध्या तथा समर भेटघाट' छुटना गएको हुनाले फरक दिनमा मनाएको भन्ने सबै साथी भाईहरुलाई लागेको हुना सकछ I
तपाई र मेरो मान्यता मिलेको सुन्दा ख़ुशी लाग्यो / मैले तपाईको बिरोध गर्न खोजेको कतापी होइन तर जब तपाईले UK मा Phang Ngi सम्पन्न भएको लेख्नु भए पछि अली चित्त नबुझेर सानो जिज्ञासा राखेको मात्र हो / तपाई हामी सबैलाई आफ्नो भाषा,चालचलन र संस्कृति अत्ति मन पर्छ र तपाई हामी हाम्रो चाल चलन, चाड पर्ब अथवा संस्कृति जोगाउन अघी परेका छौ / तर तपाई हामीले नै केही साथी हरु हुन्दैन भन्दैमा आफ्नो अत्ति महतो पूर्ण चाड लाइ नै एक एक महिना अगाड़ी सार्नु अली मिल्दैन जस्तो लाग्छ / त्यसरी साथी भाई हरु बाहिरा जान्छ भनेर लोसर पनि एक महिना अगाड़ी खाएर त भएन नि होइन ? तपाई हामी ले हाम्रो बर्षमा बल्ल तल्ल एक चोटी आउने चाड लाई, सकेसम्म त्यही दिनमा मान्नु कोशिश गर्नु पर्छ तर तपाई हामी बिदेशमा जागीर खाएको मान्छे हरु ले हप्ताको बिचमा चाड अथवा कुनै पनि कार्यक्रम गर्न मुस्किल छ र जे काम अथवा कार्यक्रम अथवा चाड मनाउन Weekend अथवा Saturday, Sunday नै कुर्नू पर्ने बाद्यता त छँदै छ /
तपाईले साथी हरु कुनै बाहिरा जान्छ भनेर भेटघाट कार्यक्रम गर्नु भएको एकदम राम्रो हो तर त्यस भेटघाट कार्यक्रम लाई नजिक को हाम्रो चाडको नाम दिनु चाही हुन्दैन जस्तो लाग्छ / चाड मनाउन चाड कै लागी राम्रो कार्यक्रम राख्नु पर्छ / Phang-Ngi राम्रो संग खाने हो भने लावा अथवा Phang-Ngi organizer हरु चुन्नू पर्छा एक बर्ष अगाड़ी नै / तपाई हरु ले गर्नु भएको कार्यक्रम लाई कुनै नाम चाहिएमा त्यसलाई छ्यांग्दुंग अथवा छ्यांग्थुंग भन्न मिल्छ / छ्यांग्दुंग गर्न कुनै दतुक अथवा पात्र हेर्नु पनि पर्दैन र खाली साथी भाई दीदी बहिनी हरु र समय भए जति बेला कुनै पनि weekend मा गर्न मिल्छ /
तपाईले Phang-Ngi मा उल नामक तारा को उदय हुंदा खोलाको पानी औषधि हुने कुरा र सुंगुरको मासु खाएमा घाऊ खटिराहरु निको हुने कुरा पनि अली मिलेन / त्यों चाही शेर्पाको आठौ महीना ( दावा गेपा ) मा पर्छ / त्यसलाई "कर्म ऋषि" भन्छन / त्यत्ति खेर खोलाको पानी खाएमा अमृत सरी हुन्छा भन्छन र नुहाएमा जिउ सफा हुनेत छदैछ / तर सुंगुरको मासु खाने कुरा चाही गलत हो / शेर्पाको सुगुरको मासु खानु पर्ने खालको चाड चाही अहिले सम्म सुनेको छैन /
मैले सरसर्ती हेर्दा तपाइले Phang-Ngi मा सुँगुर को मासु खाने कुरा " Sherpa Cuture.com " बाट कपी गर्नु भएको जस्तो लाग्यो / Sherpa Cuture.com ले बिना आधार मा त्यो Phang-Ngi को बारेमा information राखेको जस्तो छ / मेरो बिचारमा त्यस्तो website खोल्ने मान्छे हरु ले राम्ररी अध्यन अथवा research गरेर मात्र correct information राख्नु पर्छ / यस्तो चाड हरु बारे गाउँ घरको बुदा पाका हरु संग राम्रो संग सोधेर बुझेर मात्र राख्दा राम्रो हुन्छ / हामी शेर्पा हरुको कुनै पनि चाडमा कुनै पनि किसिमको मासु खानु पर्ने भन्ने अहिले सम्म सुनेको छैन शायद हामी हरु बुद्धिस्ट भएको ले होला /
हामीले मान्ने Phang-Ngi शेर्पा को छैटौ महिना ( दावा ठुक्पा ) मा पर्छ र Phang- Ngi को बेला मुला खाए पनि बोसो हुन्छा भन्ने भनाई छ / मेरो बिचारमा काम काज खेती पाती सकेर मज्जा ले भेटघाट गरी छ्यांग पिउँदै, नाच गान गरी मस्ती गर्ने बेला जे खाए पनि मिठो हुन्छा र मोटो हुन्छा भन्ने बिस्वाश गरेको होला / तपाई हरुले शेर्पाको पाँचौ महिनाको अंतिम दिन औंशी को दिन जुलाई १० अथवा ११ मा Phang- Ngi खानु भएछ / जबकि दतुक अथवा शेर्पाको पात्र अनुसार Phang Ngi अगस्त को ३ देखि मात्र सुरु हुन्छ /
मैले जाने बुझे अनुसार को मैले यहाँ दुई शब्द राखेको छू / यस बारे बढ़ी जान्ने हरुले हामी लाई आफुले जानेको कुरा लेखेर Share गर्नु हुनेछ भन्ने आशा छ / हामी एक अर्काले जाने बुझेको कुरा यसरी एक अर्कामा Share गरौं /