<काठमाडौ, फाल्गुन २९ -
कान्तिपुर संवाद्दाता
जमलस्थित राष्ट्रिय नाचघर शुक्रबार शेर्पा कलाले रंगीन बन्यो । मुलुकभरका शेर्पा समुदायबाट छानिएका अविवाहित शेर्पा युवतीहरू मिस शेर्पा, २०१० को ताज उछिन्न तँछाडमछाड गरिरहेका थिए, स्टेजमा आङगी र पाङदेनदेखि परम्परागत शेर्पा नाचसम्म प्रस्तुत हुँदै थियो ।
यही माहोलमा सबैको ध्यान खिचिन नीमा याङजी शेर्पाले, जसले २५ हजार नगदसहितको मिस शेर्पा ताज पहिरिइन् । उनैलाई पछ्याउँदै जाङमु शेर्पा र छिरिङ शेर्पाले क्रमशः फस्ट रनर-अप र सेकेन्ड रनर-अपको ताज हात पारिन् । विविध सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको मिस शेर्पा प्रतियोगितामा शेर्पा संस्कृति झल्किने प्रदर्शनीसँगै सेलोदेखि स्याब्रुसम्म पस्किएको थियो ।
एकातिर परम्परा र संस्कृति अर्कोतिर पश्चिमा संगीतकेा तालमा क्याटवाक । फ्युजन स्वादको लाग्ने प्रतियोगितालाई कला संस्कृति संरक्षण केन्द्रले आयोजना गरेको हो । प्रतियोगिताको निणर्ायक मण्डलमा उषा खडी, लाक्पा शेर्पा, विजय पौडेल, सुमन श्रेष्ठ, पेम्बाछिरी शेर्पा र आङकाजी शेर्पा थिए>
It was a colorful event as well. Kantipur had also published her Name wrongly. Actually her name is Pema Yangji Sherpa.
Anyway, Congratulation for Miss Sherpa 2010 "Pema Yangji Sherpa"
Thanks
Who is the miss Sherpa 2010. Pema Yangji or Nima Yangji?
How was the organisation? Should they organise this competion next year too? What's about some photos in this web site?
palagaga