लोसार सास्कृतिक कार्यक्रमसगै शेर्पा किदुगलाई न्यूयोर्क सिटीबाट सम्मान
विस्वका राजाधनी मनिने न्यू योर्कमा युनाईटेड शेर्पा एसोसिसियसन (शेर्पा किदुग)द्वरा शेर्पाहरुको महान चाड च्य फो तग्लोको शुभ अवसरमा फेब्रुरी 27, 2010 मा लोसर सास्क्रितीक कार्यक्रम भब्यताका सम्पन गरियो। उक्त कार्यक्रम प्रमुख अतिथिको रुप संयुक्त राष्ट्र संघको लागि नेपाल नियोगका स्थायी प्रतिनिधी महामहिम राजदुत ज्ञान चन्द्र आचार्य र न्यू योर्क राज्यका कोम्प्ट्रोलर जोन सि लिउ हुनु हुन्थ्यो। अन्य अतिथिहरुमा क्यलिफोरनिय राज्यका सिनेटार ओमर अर राइन्स, शेर्पा जातिहरुमा पहिलो P.hd गर्नु हुने ब्यक्तित्व डा ल्हाक्पा नुर्बु शेर्पा, वर्डेन निमा वोङ्छु शेर्पा, शेर्पा किदुगका पूर्व अध्यक्ष एंबम बर्तमान सल्लहकार छेवाङ शेर्पा लामा र सोनाम गेल्जेन शेर्पा त्यसै गरी शेर्पा किदुगका सल्लहकारहरु आङ दावा शेर्पा, डा युला शेर्पा, आङ गेल्मु लामा, नुकु डोल्मा शेर्पा, शेर्पा कल्चर सेन्टरका संयोजक छोङ्बा लामा, भुपु मानानीय आङ ङवाङ शेर्पा, प्रोफेसर डा तारा निरौला, एभरेष्ट टाईम्सका प्रधान सम्पादक आङ छिरिङ्ग शेर्पा, ङिङ्मा छोक्पाका अध्यक्ष काजी शेर्पा, लोपेन ग्युर्मे छोटक, ह्योल्मो समाजका अध्यक्ष पेम्बा शेर्पा, जनजाती महासंघ द्रितिय उपध्यक्ष तथा किरात यक्थुम चुम्लुमका अध्यक्ष बिनोद पमु, युनाईटेड किरात राइ न्यूयोर्कका अध्यक्ष प्रभाकर राइ, तमाङ सोसैटी अफ अमेरिकाका अध्यक्ष ईन्द्र तमाङ लागयत अन्य संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिती थियो। उक्त कार्यक्रममा न्यू राज्य कोम्ट्रोलेर जोन सि लिउले किदुगले गरेको गतिबिधीहरुलाई प्रंसास गर्दै शेर्पा किदुगलाई न्यूयोर्क राज्यबाट सम्मान स्वरुप कदर पत्र पनि प्रदान गरेका थिए। त्यसै गरी न्यूयोर्क राज्यका मेयर ब्लुम बर्गले पनि उक्त कार्यक्रममा सम्पूर्ण शेर्पाहरुलाई सम्बोधन गरी लोसार शुभ कामना सन्देश पठाएका थिए उक्त शुभ कामना सन्देशमा शेर्पाहरुले न्यू योर्कको सास्कृतिक, आर्थिक र सामाजिक क्षेत्रको बिकासमा नयाँ अयम थपिएको कुरा उल्लेख गरेको छ। साथै उक्त शुभ कामना सन्देशमा शेर्पा किदुगलेद्वारा गरिएको सम्पूर्ण कार्यको प्रंसास पनि गरेको छ।
बिहानैदेखी लामाद्वरा साङ् सेर्किम(पाठ पूजा )गरी आयोजना गरेको उक्त कार्यक्रम तीन चरानमा बिभाजन गरी सन्चालन गरेका थिए। पहिलो चरानको कार्यक्रम दिउसो दुई बजे शेर्पा विद्यार्थीहरुको सस्था NSSP द्वारा न्यू योर्कमा रहेको विद्यार्थीहरुलाई समेल गराइ चेस, चित्रकला, हजिरीजाबब र अमेरिकामा रहेका शेर्पा महिला विद्यार्थीहरुको परिचय र अन्तर्कृया कार्यक्रम सन्चालन गरेको थियो। विद्यार्थीहरुको उक्त कार्यक्रम पस्चत डा ल्हाक्पा नुर्बु शेर्पा र छिरिङ्ग रितर शेर्पाद्वरा निर्मित शेर्पासँग सम्बन्धित"बेयुल" नामक ब्रितचित्र पनि प्रदसन गरेको थियो। दोस्रो चरानको औपचारिक कार्यक्रममा शेर्पा किदुगका अध्यक्ष छोङ्बा शेर्पाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने शेर्पा किदुग संम्रक्षक समितिका संयोजक छोङबा लामाले शेर्पा किदुगको कल्चरल सेन्टरको अबधारणा र गतिबिधीबारेमा प्रस्ट पर्नु पर्नु भएको थियो। सो कार्यक्रमका प्रमुख अतिथी संयुक्त राष्ट्रसघका लागि नेपाल नियोगका स्थायी प्रतिनिधि ज्ञान चन्द्र आचार्यले शेर्पा र सगरमाथा नेपालको गौरब भएको कुरा उल्लेख गर्दै बिदेशमा आएर पनि आफ्नो कला सस्कृतिलाई शेर्पा किदुगले जिबन्तता दिएको उल्लेख गर्दै सबैलाई लोसरको शुभकामना प्रदान गरेका थिए। त्यसै गरी क्यलिफोर्निय राज्यका सिनेटरले पनि आफु शेर्पाहरुबाट प्रभाबित भएको र आफु पनि शेर्पाहरुको गनिस्ठ मित्र भएको कुरा स्पस्ट पर्नु भयो। सिनेटर ओमरले नेपालको बिकट र ग्रामीण क्षेत्रमा करिब ५० भन्दा बढी पुस्तकालय स्थापना गरी उल्लेखनीय सहयोग पु-याउदै आएको छ। किदुगका सदस्य तथा भु पु महसचिब आङ गेल्जेन शेर्पाले अतिथिहरुको परिचय गराएका थिए। शेर्पा किदुगकै सास्कृतिक बिभाग अन्तर्गत गठन भएको शेर्वी रिक्स्युङ्का संयोजक दावा जाङ्बु शेर्पाले रिस्युङ्को गतिबिधिको बारेमा स्पस्ट परेका थिए।
त्यसै अवसरमा डा ल्हाक्पा नुर्बु द्वारा यस बर्ष ग्र्याजुएट गरेका शेर्पा विद्यार्थीहरुलाई प्रमाण पत्र र दिउसो NSSP द्वरा गरिएको प्रतियोगिताका बिजेता हरुलाई प्रमाण पत्र प्रदान गरेका थिए र सोही अवसरमा उहाले शिक्षाको महत्व अमेरिकामा धेरै रहेको कुरा उल्लेख गर्नु भयो। त्यसै गरी उक्त कार्यक्रममा शेर्पा किदुगद्वारा शेर्पा किदुगकै सास्कृतिक बिभागको रुपमा स्थापना भएको शेर्वी रिक्स्युङ्का सदस्यहरुलाई खाता लगाइ धन्यवाद प्रदान गरियो भने यस बर्षका लाप्सु आयोजक समितिका सदस्यहरुलाई पनि खाता लगाइ धन्यवाद प्रदान गरियो। सोही अवसरमा किदुगका कोश अध्यक्ष आङ ङवाङ शेर्पाले शेर्पा किगुग आर्थिक विवरण पेश गरेका थिए भने किदुगका महा सचिब ल्हाक्पा गेलु शेर्पाले किदुगको वार्षिक प्रतिबेदन पेश गरेका थिए।
साँझको सास्कृतिक कार्यक्रममा शेर्पा जातीको मौलिक सस्कृति झल्कने विभिन्न मनोराजनात्माक कार्यक्रम साथै नेपालबाट आएका चर्चित कलाकारहरु रोज मोक्तान र प्रेम लोप्चनको गीतले सवैजनालाई राती अबेरसम्म नचाएका थिए। उक्त लोसर सास्कृतिक कार्यक्रमका संयोजक किदुगका सचिब निमा शेर्पाले गरेका थिए भने पहिलो चरानको औपचारिक कार्यक्रम किदुगकै महासचिब ल्हाक्पा गेलु शेर्पा र दोस्रो चरानको सास्कृतिक कार्यक्रम आङ ल्हेमी शेर्पा र छिरिङ्ग शेर्पाले सन्चालन गरेका थिए।
शेर्पा किदुगद्वरा लोसर सास्कृतिक कार्यक्रममा पेश गरिएका वार्षिक प्रतिबेदन
आदरणीय शेर्पा दाजु भाई तथा दिदी बहिनीहरुमा,
शेर्पाहरुको महान चाड च्याक फो तगलोको सुभ अवसारमा यहाँहरुको उत्तर उत्तर प्रग्रतिको हार्दिक मंगलमय शुभ कामनाका साथ हार्दिक न्यानो अभिबादन तथा हार्दिक टासी देलेक।
विस्वको सर्बोच्चा शिखर सगरमाथा अनि बिस्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्म स्थान नेपाल र तिनै नेपालको पर्यबची शब्दको रुपमा आज विश्वाभर आफ्नो बिशेष प्रकारका बिशेषता बोकी उभिन सफल गौरबशाली शेर्पा हुनुमा हामी आँफै गौरम्भित छौ। शेर्पाहरुको महान चाड लोसरको शुभ अवसरमा शेर्पा जातीको धर्म, संस्क्रिती र पराम्परालाई जोगाउने उद्देस्य र हामीहरु बिच एक अर्कामा परिचय र लोसर शुभकामना अदानप्रदान र मनोरन्ज गर्ने उद्देस्यले लोसार सांस्कृतिक कार्यक्रम हरेक बर्ष शेर्पा किदुगले आयोजना गर्दै आएका छन र यस बर्ष पनि हामीले यो कार्यक्रम आजका दिन आयोजना गर्दैछौ.
कुनै पनि जातीको भाषा, धर्म, संस्क्रिती , र रिती रिवाजले त्यस जातिको स्पस्ट पहिचान दिन्छ। जब सम्म हाम्रो धर्म, संस्क्रिती र रितिरिवाजको संरक्षण तथा सम्बर्धन हुन सक्दैन तब सम्म हामीले हाम्रो समाजको कल्पना समेत गर्न सकिन्दैनौ । यी नै कुराहरुलाई मध्य नजार राखी हाम्रा अगुवा समाजसेबी शेर्पाहरुले संयुक्त राज्य अमेरिकामा बसोबस गरी रहेका हामी सम्पूर्ण शेर्पा जातिहरुलाई एकताबद्द गराउन, हाम्रो सामाजिक, सांस्कृतिक तथा धर्मिक कृयाकलापमा सहयोग पु-याउन र हाम्रो संस्क्रिती तथा बुद्ध धर्मको संरक्षण तथा सम्बर्धन गर्नको लागि सन १९९६ मा स्थापित शेर्पा किदुग अमेरिका हामी सम्पूर्ण शेर्पा जातिको आफ्नै साझा सस्था हो। यो सस्था लाई हल सम्मा प्रत्यक्ष अप्रत्यक्ष बिभिन्न मध्यमद्वारा सहयोग पुरयाउनु हुने सम्पूर्ण मनुभाबहरु प्रती हामी हार्दिक आभर प्रकट गर्दछौ।
आज हामी सम्पूर्ण शेर्पाहरुले वास्तविक रुपमा सोच्नु पर्ने यो छ कि हाम्रो यो संस्था शेर्पा किदुग रहेमात्र अमेरिका जस्तो ठाँउमा हाम्रो धर्म,संस्क्रिती र पराम्परा बँचाइ राक्न सक्दछौ र यदि हाम्रो यो सस्था नरहे हाम्रो रिती रिवाज, धर्म, संस्क्रिती सबै लोप भई हाम्रो ब्यक्तिगत मानब आकृति बहेक अरु केही रहने छैन। त्यसैले हाम्रो परम्परागत धर्म, संस्क्रिती र परम्परालाई जोगाउनको साथै हामीहरु बिच एक अर्कामा सहयोग पु-याउनको लागि पनि यो सस्थाको महत्व आज बढेको छ। म यो सस्थाको महा सचिबको हैसियतले यहाँहरुमा यस सस्थालाई आज जीवन्तता दिन, यसको बिकासमा सहयोग पु-याउन र आगामी दिनहरुमा यस सस्थाद्वारा गरिने अन्य प्रगतिको लागि सहयोग, सल्लाह र सुजाब दिनको लागि पनि हार्दिक आग्रह र अनुरोध गर्न चाहन्छु।
आजको यस गारिमय लोशर साझको कार्यक्रममा म हामीले यो एक बर्षमा भए गरेका कार्यहरुको वार्षिक प्रतिबेदन संक्षिप्त रुपमा पेश गर्न अनुमती चाहन्छु।
१, मार्च २७,२००९ दिन सर्बसम्मतबाट निर्बचित नयाँ कार्य समितीको सदस्यहरुको अप्रिल ५, २००९ का दिन बैठक बसी आ-आफ्नो कार्य क्षेत्रको बिभाजन गरी सबैले आफ्नो पदिय जिम्मेवारी साथ २००९ देखी २०११ सम्मको नयाँ कार्य समिती गठन गरियो।
2, मे ५, २००९ दिनमा तिब्बत अफिसद्वारा अयोजित दलाई लामा समक्ष न्यू योर्कमा रहेको हिमालयन समुदयहरुको परिचयत्माक कार्यक्रममा सहभागीत जनाइ शेर्पा शेर्पा किदुगको भुतपुर्ब अध्यक्ष एब कार्यक्रम संचालक सोनाम गेल्जेन शेर्पामार्फत शेर्पा किदुगको परिचय गरायो।
३, मे ०९, २००९ दिनमा हरेक बर्ष संयुक्त राष्ट्र संघको कार्यालयमा आयोजना हुने Vesak Day अर्थात बुद्ध पुर्णिमामाको कार्यक्रममा नेपाली महबाणिज्यदुत मार्फत यस पाली पनि शेर्पा किदुगले हाम्रा आदर्णीय लामाज्युहरु ङवाङ गेल्जेन लामा र गेलु लामालाई समेल गराइ कार्यक्रम गरियो।
४, जुन ०७, २००९ मा सम्पूर्ण बौधमार्गिहरुको महान चाड साका दावा पर्ब न्यू योर्कमा रहेको सम्पूर्ण शेर्पाहरुको सहयोगमा सफलता पूर्वक सम्पन गरियो र उक्त कार्यक्रममा टुङ्रम ग्यल्त्रुल रिन्पोचेलाई अंमण्त्रित गरी सम्पूर्ण उपस्थित मनुभबहरुलाई छेवङ वोङ्का साथ बुद्ध धर्म सम्बन्धी प्रबचनको कार्यक्रम पनि सन्चालन गरियो।
५,जुलाई ०८, २००९ का दिन नेपाली महाबाणिज्यदुत (Nepal Mission)द्वारा अयोजित " Taste of Nepal नामक कार्यक्रममा हामीले हाम्रा शेर्पा कलाकारहरु देन्डी शेर्पा, दावा जाङबु शेर्पा, आङ ङवाङ शेर्पा, मिङमा फुटी शेर्पा, छिरिग शेर्पा र छिरिङ्ग शेर्पालाई समेल गराइ शेर्पाहरुको पराम्परगत स्यब्रु नाँच प्रदशन गरी कार्यक्रम गरियो।
६, जुलाई २५, २००९का दिन हामीले खेलकुद्को मर्मलाई बुझी र नेपालीहरुमा भत्रित्वको भावना अभिप्रेरित गराउनको लागि न्यू योर्करहेको गोल्फरहरुलाई सहभागीता गराइ गोल्फर आङ छिरिङ् शेर्पा र सोनाम पेम्बा शेर्पाको सम्योजक्त्वमा गोल्फ टुर्नमेन्ट २००९को आयोजना गरियो।
७, अगस्त 2, २००९का दिन खेलकुद क्षेत्र बिकास र न्यू योर्क र असपासका क्षेत्रमा बसोबस गर्ने सम्पूर्ण नेपाली संस्था र समुदाय तथा अन्य संस्था र समुदायहरु बिच भेटगट र भात्रित्व भावनाको बिकास गर्नको लागि सम्पूर्ण नेपाली संस्थ र समुदाय लगायत तिब्बतियन समुदायलाई पनि समेल गराइ भलिबल र फुट्बल खेलको सफलता पूर्वक आयोजना गरियो। उक्त खेल प्रतियोगितामा फुट्बल थर्प १२ र भलिबल थर्प ८ वटा टिमहरुको सहभागिता गराएको थियो।
८, अगस्त २, २००९का दिन विश्व शान्ती र बातावरणको संरक्षण भन्ने नाराका साथ विश्व यात्रामा निस्केका फुर्तेम्बा शेर्पाको सहयोगार्थ कार्यक्रम आयोजना गरि उठेको रकम $ १७३० फुर्तेम्बा शेर्पालाई हस्तन्तरण गरियो।
९, अगस्त ८, २००९ का दिन Asian American coaliation ले आयोजना गरेको Hall of Fame Award कार्यक्रममा हामीले हाम्रा कलाकार डेन्दी शेर्पा, आङ ङवाङ शेर्पा, मिङ्मर शेर्पा, मिङमा फुटी शेर्पा, छिरिग शेर्पा, मेन्दो शेर्पा र छिरिङ्ग शेर्पालाई समेल गराइ कार्यक्रम गरियो। उक्त कार्यक्रममा हाम्रा शेर्पा कलाकार हरुले प्रम्परगत शेर्पा निर्त्य प्रस्तुत गरेको थियो। साथै उक्त Hall of Fame Award को लागि शेर्पा समुदायको तर्फबाट छेवाङ शेर्पा लामा, छोङ्बा लामा र लोप्संग ठिल्ले शेर्पाको नाम सिफरिश गरिएको थियो।
१०, नोवेम्बर ८, २००९ का दिन देखी न्यू योर्कमा रहेको केही उत्सहित शेर्पाहरुको सहयोगमा शेर्पा किदुगकै सास्कृतिक बिभागको मतहतमा रहने गरी श्री दावा जाङ्बु शेर्पाको संयोजक्त्वमा शेर्वी रिक्सुल सास्कृतिक उपसमिती गठन गरिएको छ उक्त उपसमितिले हाल क्षो र स्याब्रु कक्षाहरु सन्चालन गरिन्दैछ।
११, डिसेम्बर १३, २००९ का दिन शेर्पा किदुगको कार्यालयमा न्यू योर्कमा रहेको अग्रज शेर्पाहरुको उपस्थितिमा एक आकाशमिक बैठक बसी नेपालका शेर्पा सेवा केन्द्र अर्थात शेर्पा गुम्ब पनि चीन बिरोधी गतिबिधिमा संलग्न छ भनी कान्तिपुरमा प्रकाशित राष्ट्रिय अनुसन्धान बिभागको भर्मक प्रतिबेदन र समाचारको घोर आपती र बिरोध प्रकट गर्दै भिबिन्न संचार मध्यममा प्रेस बिग्यप्ती प्रकासित गरी सम्बन्धित निकायको ध्यानाकर्षक गरिएको छ।
११, डिसेम्बर १९, २००९ का दिन शेर्पा किदुगको गुम्बम सम्पूर्ण शेर्पा हरुको भलाई र गुम्बाको प्रगतिको लागि डोल्छोक पूजाको आयोजना गरियो। साथै उक्त दिन शेर्पा किदुगका पूर्व महसचिब स्वार्गिय फुर्ब शेर्पाको सम्झनामा श्रदन्झली स्वरुप मणी जपको कार्यक्रम पनि गरियो।
१२, जनवरी २४, १०१० का दिन स्वास्थ्यनै धन हो भन्ने कुरालाई मनन गर्दै NYU School of Medicine center को सहयोगद्वारा उच्च रक्तचप, मदुमेहे,कोलेस्ट्रोल, Lipid Panels (HDL, lDl) जस्ता रोगहरुको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम र स्वास्थ्य सम्बन्धी अन्य जानकारीको कार्यक्रम सफलता पूर्वक सन्चालन
१३, फेब्रुअरी १, २०१० मा हाइटिमा गएको बिनस्करी भुकम्पमा पीडितहरुको लागि मानबिय सहयोग र राहत पु-याउने उद्देस्यले शेर्पा किदुग अमेरिकाले न्यूयोर्कमा अबस्थित आफ्ना सदस्यहरुबाट संकलित जम्मा ५००५ डलरको चेक न्यूयोर्क सिटीको मेयर फन्डमा शेर्पा किदुगका पदधिकारीहरुद्वारा हस्तान्तरण गरियो।
१४, फेब्रुअरी छु, १०१० का दिन शेर्पाहरुको महान चाड लोशरको शुभ अवसरमा लोशर साझ कार्यक्रम आयोजना गरिदैछ।
१५, शेर्पा कल्चर सेन्टर निर्माणको लागि पनि गृहकार्यहरु गरी रहेका छन। शेर्पा कल्चर सेन्टरका निर्माणका लागि रकम उठाउने कार्य पनि निरन्तर गरी रहयो।
१६, माथि उल्लेखित कार्यक्रमहरु बहेक हामीले प्रत्येक आईतवारका दिन शेर्पा किदुगको अफिस सन्चालन गरी हाम्रो सदस्यहरुलाई सदस्यता बितरण तथा नबिकरण गर्ने कार्य गरिरहेको छ। यो सस्थामा हल सम्मा १६४ जना सम्रक्षक सदस्य, ७९ जना अजीबन र १३ जना सदरण सदस्यहरु भएको जानकारी पनि गरौदछौ। साथै हाम्रो शेर्पाहरुको धर्मीक कार्यक्रमको लागि किदुगमै ठाउँ उपलब्ध गराउनेदेखी लिएर शेर्पाहरुको हरेक कार्यक्रममा चाहिने शेर्पा किदुगका समानहरुको समयमै उपलब्ध गराउने कार्य पनि भइरहेको छ। यसको अतिरिक्त जो कोही शेर्पाहरुलाई अध्यागमन लगयात अन्य आवश्यक कार्यहरुमा हाम्रो कानुनबिदहरु मार्फत सहयोग प्रदान गरिनुका साथै किदुगबाट सिफरिस गर्ने कार्य पनि गरिएको छ। मानबिय भावनाका साथ अंमेरिकामा स्वर्गरोहन भएका शेर्पाको लागि $ ५०० उपलब्ध गराउने कार्य पनि भएको छ र यो बर्ष यो सेवा ३ जनालाई प्रदान गरिएको छ।
आफ्नो स्थापनाकल देखिनै यस सस्थाले हामीहरु माझ बिभिन्न रचनात्मक कार्यक्रमहरु सन्चालन गर्दै आएका छन र आशा छ कि यो सस्थाबाट हाम्रा सम्पूर्ण शेर्पाहरुले पाउनु पर्ने सुबिधाहरु प्राप्त गरी रहेकाछन।
अन्तमा यस शेर्पा किदुगको हितको लागि सहयोग पु-याउनु हुने सम्पूर्ण मानुभाबहरुप्रती हार्दिक आभार प्रकट गर्दै भबिस्यमा पनि यस शेर्पा किदुगको बिकासको लागि निरन्तर रुपमा सहयोग, सुजाब र सल्लहा प्राप्त गरी रहने छ भन्ने कुरामा हामी आशाबादी छौ।
धन्यवाद
ल्हाक्पा गेलु शेर्पा
महासचिब
शेर्पा किदुग अमेरिका
Sherpa Kyidug members and Network of Sherpa Students and Professionals (NSSP) New York deserve special thanks and appreciation for successful organization of Losar Program on February 27, 2010.
The range of different program activities organized by NSSP targeting for children and youths were effective and educating. The young Sherpa lady professionals sharing of their achievements and challenge stories were interesting, educating and empowering for coming generations.
The Sherpa cultural program beginning with welcome song, the dress up and presentation of the participants were really great. Different cultural performances initiated by the Sharwi Rikshung Loptak remained the particular attraction of the Losar party. The Sherpa song, with damngyang music performed by trainers Pasang Tshiri and Dendi Sherpa and followed by middle age Sharwa men and women was excellent one. The performers were mainly non- Khumbu Sharwa, which indicates that Sharwa from other parts of Nepal are interested to revive their cultural performances and preserve culture, if they have forgotten, for future generations.
The children probably under-ten performed Sharwa cultural dance Shyapthuk (shabru) was the major attraction and bore significant sense and importance for the future generations. This taught the lesson that young generation need to learn, train and proved it is possible to preserve our threatened culture, no matter wherever you are.
The award distribution ceremony by the NSSP to the US graduating Sherpa students from the First Sherpa PhD Fellow and Post Doctoral Fellow of the Yale University, Dr. Lhakpa Norbu Sherpa was very rewarding and empowering to the students and parents both. This ceremony presented a social recognition and appreciation for the academic achievement of Sharwa students in the USA.
Other entertainment programs of Sherpa dance, Nepali dance and English dance were equally well organized. Food and drinks were excellent. The program was attended by guests from Nepal Embassy, Heads of New York city, Senator of California, Political representatives from Nepal, more than thousand Sharwas from USA and abroad.
The program was culturally motivating, educating, sharing of happiness and enjoyment. Not only that it was also socially empowering and politically presenting Sherpa community as a united community, peaceful and maintaining their cultural identity in the globalized capital city of New York.
Apart from New York Losar, I would also like to appreciate all the Sherpa communities living in various parts of the USA, Europe, Australia, Japan and Asia who equally deserve special appreciation for making this years’s Losar Program a grant success and presenting Sherpa community as a distinct community who has its "own cultural" identity, sovereignty and glorifying the image of Nepal worldwide. At the same time, contributing to maintain our unique culture even today's vibrant globalized world context.
May the year bring peace, happiness, success in the lives of all Sharwas, Nepalese, and global population.
Congratulation for all Sharwas and Happy Losar! Tashi Delek!
I wish to extend my sincere thanks and gratitude to the Sherpakyidug for inviting and honoring me as one of the chief guest during the Losar Program held on February 27th, 2010 in New York. It was indeed great pleasure for me to know many of the Sherpas living in USA, and the cultural dance performed by the Sherpas was very praiseworthy.
The activities of the Sherpakyidug are applaudable and deserves appreciation from our community living in USA. Instead of concentrating its activities around New York, it should expand its members and incorporate Sherpas from other states to make it more effective in the near future.
I would be very happy to contribute my time and resource for the welfare of the Sherpa community living in USA. Finally, I wish all the best to the Sherpakyidug for its success. Thank you and Tashi dele.
Warden Nima Wangchu Sherpa
Santa Barbara, California.
Losar party was wonderful. Time and efforts dedicated by the SK Board Members were impressive. Most importantly, helping hands offered by the spouses of SK Board members were admirable, and exemplary.
Thuchitsey once again to all who worked in unity to make this Losar party an example of Sherpa Unity at work.
It must have been nearly 20 years ago that I first heard about Sherpa Losar celebration in New York. I was a University student in Seattle at the time. Our own Seattle Sherpa community was so small that those who can afford the time and money flew to New York to celebrate. I did not make it to New York but always admired the initiatives of the New Yorkers.
I returned to Nepal soon after. Over past two decades, Nepal went through a major political upheaval and economic decline. Many friends and acquaintances left Nepal to escape violence and seek economic opportunities elsewhere. Many ended up in New York.
Recently, I got an opportunity revisit US as a Fulbright Fellow at Yale University. Connecticut is not very far from New York and I was invited by the NY Sherpa Kyidug and the Sherpa Student and Professional Association (NSSP) to the Year of the Tiger Losar celebration. The one day event was action packed with children’s programs, cultural shows, activity reports, prize distribution, and speeches.
I arrived around 6:30 pm amidst of an interaction program on Sherpa women professionals and academics. It was encouraging to find that many younger women are now receiving advanced academic and professional degrees in various fields. Being in America seems to be working well for the women. They are able to become job holders and bread earners instead of being an under-appreciated homemaker back home. There were also unfortunate cases of prolonged family separations and impacts of the economic downturn.
Formation of Kyidugs and celebration of Losar in many areas US show the interests and commitment in maintaining culture and community spirit. Contrary to the common belief that immigrants easily gives up their culture, many are doing their best to retain their identity even under the most trying circumstances. The Buddhist altars in rooms, traditional folk music, and prayer flags proves that the material and spiritulism are resilient, because these are based on strong Buddhist values that are supported by a much larger communities of people around the world
As we left the party in the early hours of the morning, I was less sure of the survival of the Sherpa language. It had suffered many decades of state violence in Nepal. It now faces whole hoards of challenges associated with globalization. Saving a community language requires timely actions and commitments from people all ages and backgrounds. Younger generations must be able to demand it as part of their cultural inheritance. The older generation must take the responsibility to passing it on. An effective way to do that is to open a Saturday School in Sherpa language. This will take us one step closer to translating the Kyidug’s slogan “BE A SHERPA, SPEAK SHERPA" into a reality. Great slogan and excellent program, Thuchhe....