Dachhiri Sherpa has run ultra-marathons in the Himalayas and climbed Mount Everest, but he was content to set himself a relatively small mountain to scale at the Winter Olympics.
Dachhiri, a Nepali cross-country skier, was to compete in the men’s 15-kilometer freestyle at Whistler Olympic Park on Monday, hoping simply to cross the finish line.
“I just want to participate and do my best, but I do not have any objective in mind other than that,” the 40-year-old former construction worker said.
Dachhiri has already reached rarefied heights by qualifying to line up in an event with the world’s best racers.
Despite being born amid snow-capped mountain peaks in Solukhumbu, he was never likely to stumble across cross-country skiing. The sport does not have a single venue in Nepal.
He was introduced to cross-country skiing in 2002 after gaining a formidable reputation as a mountain runner who competed regularly in the Himal race, an ultra-marathon linking Annapurna Base Camp to Everest Base Camp.
“I win this race, and after that the Nepal Olympic committee called me to their office and asked me to start practicing the cross-country skiing,” he said.
“I had never been on skis before and it took me some time to learn. I can ski now, but not very well because everything is very difficult to do in Nepal. Also, being on my own makes it very, very difficult.”
Dachhiri has previously competed at the top level in cross-country skiing, placing 94th in the 15-kilometer classic at the 2006 Turin Winter Games and 76th in the 30km pursuit at last year’s world championships.
For the future, though, he has one clear goal in mind.
“One day, I want to make a small track in Nepal for cross-country skiing,” he said. “That will make me very happy.”
What a proud last name we have ! “SHERPA”. Born and raised in Solukhumbu region of a small farming village and today competing WINTER WORLD OLYMPIC.
Mr. Dawa Dachhiri Sherpa, We are very proud of you for taking SHERPA name to next level & to be a world class athletic!
We wish you All the best of LUCK in the world and HAPPY SHERPA NEW YEAR.
Viewer may read or find more information about Mr. Dawa Dachhiri Sherpa at his website - www.dachhiridawasherpa.com
follow the IOC Video clip link to view Nepal during opening ceromony: http://www.olympic.org/en/Multimedia-Player/All-Video/2008/08/08/lot1-2008-cerem-nepal/
http://www.vancouver2010.com/olympic-cross-country-skiing/schedule-and-results/mens-15-km-free_ccm015101zp.html
Vancouver winter Olympic game:
Swiss national Dario Cologna, gold medal winner finished men's 15km Cross-Country Skiing in 33:36.3 minuets while Dachhri Sherpa finished in 44:26.5 that made him only 10:50.2 minuets behind Dario. I think this still is a great success although he did not get to the top, 1st position, knowing that the Nepalese government provide him with not even the minimum condition and support.
What is unfortunate is that within the 10.50 minuets that he got behind the Champion 91 athletes went ahead of him.
What is most shameful of all is definitely not Dachhiri but the other Nepali, the Rongba athlete who appeared in the athlete possession in the opening ceremony who was there supposedly as downhill alpine skier but he dropped out from the participation and did not compete at all. I wonder if he had any intention to compete right from the beginning.
By भानु पौड्याल, on March 8th, 2010
भर्खरै क्यानाडाको भेन्कुवरमा सकिएको शीतकालीन ओलम्पिकमा नेपाली झण्डा बोकेर राष्ट्रको प्रतिनिधित्व गरेका थिए खेलाडी दाछिरी शेर्पाले। तर तपाईँलाई थाहा छ, त्यो यात्रा कसरी संभव भयो? दाछिरीको स्कीसँगको सम्बन्ध अनौठो पाराको छ। उनी अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता खेलाडी भएकाले क्वालिफाइङ खेल खेल्नु नपर्ने र एनओसीलाई स्कीमा कोही न कोही लानै पर्ने बाध्यता। एनओसीका एक टाउकेले सोधे ‘भाइ जापानमा हुने एसियन गेममा स्की खेल्ने हो’। सोलुको पाखामा हुर्केका दाछिरीले चिप्लिने त होला नि भनेर हुन्छ भनिदिएछन्। पछि कुरा बुझ्दा त त्यति सजिलो रहेनछ। तैपनि ६ दिनमा १२ घण्टा तालिम लिएर खेलेछन् उनले क्रस कन्ट्री स्की।
खेलाडी एक तर सहभागी १५। सरकारी खर्चमा पदाधिकारीहरुका श्रीमती, आउरे-बाउरे-धुपौरे र नक्कली पत्रकारहरु सहित १५ जनाको टोली सरकारी खर्चमा ओलम्पिकको रमझम हेर्न आएका थिए। भेन्कुवरको बजारमा जीवनराम श्रेष्ठ एक्लैले करिव ८००० अमेरिकी डलर चोखो कमाए भन्ने हल्ला चलेको छ।
सन २०१० को २१ औँ शीतकालीन ओलम्पिकको तयारीमा भेन्कुवर तातिरहेको थियो। एकातिर एकाधिकारी पूँजीपतिहरु मैत्रिपूर्ण खेललाई आफ्ना उत्पादनहरुको प्रचारको साधन बनाइरहेका थिए। अनि क्यानाडेली सत्ता लुटको संसारलाई दरिलो बनाउन एकाधिकारी पूँजिपतिहरुलाई सघाउन तल्लीन थियो। अर्कोतिर क्यानाडेली नागरिकहरु मोन्ट्रियललाई १९७६ को शीतकालीन ओलम्पिकको ऋण तिर्न ३३ वर्ष लागेको र १९८८ को क्यालगरी गृष्मकालीन ओलम्पिकले पनि गरिखाने जनतालाई केही नदिएको वास्तविकतालाई भुल्न तयार थिएनन्। भेन्कुवरका प्रगतिशील नागरिकहरुलाई भोपाल ग्यास काण्डको अपराधी युनियन कार्वाइडको उत्तराधिकारी डाओ केमिकल्स यस ओलम्पिकका धेरै प्रवर्द्वक मध्ये एक भएको पटक्कै मन परेको थिएन। श्रमजीवीहरु र सुकुम्वासीहरुको अधिकारको पक्ष र पवित्र खेलको एकाधिकार पूँजीवादी दोहनविरुद्ध तीब्र विरोध जारी थियो। यस विरोधका नाइकेहरु मध्ये एक हाम्रै नेपाली अवि शर्मा हुनुहुन्थ्यो। तर, समग्र नेपाली समुदायको आँखा भने ओलम्पिकमा भाग लिने नेपाली टिममाथि केन्द्रित थिए।
भ्रष्ट नेपाली ओलम्पिक कमिटी र यसका पदाधिकारीहरुले अल्पाइन स्कीका दर्विला खेलाडी श्याम ढकाल र उनीसँगै ओलम्पिकको लागि भनेरै तालिमप्राप्त उनका दुई साथीहरुलाई गरेको ब्यवहार हामीलाई जानकारी भइसकेको थियो। नलिएको पैसाको भर्पाइ दिनु भन्दा आफ्नो ओलम्पिक सपनालाई नै तिलान्जली दिनु श्रेयस्कर ठान्ने श्याम ढकाल, उनका साथीहरु र उनका प्रशिक्षकको बहादुरीको कदर नगरी रहन सकिंदैन। श्याम ढकाल प्रकरणका मुख्य खलनायक जीवनराम श्रेष्ठले एक दिन नेपाली खेलप्रेमीहरुको न्यायिक कठघरामा उभिनै पर्ने हुन्छ। [यो प्रकरण सम्बन्धी विस्तृत विवरण यहाँ उपलब्ध छ] यस प्रकरणले दु:खी भ्यानकुवरवासी नेपाली नेपाली ओलम्पिक टोलीको कला बिनाको प्रहसन हेर्दाहेर्दै पनि यस ओलम्पिकमा भाग लिएर नेपाललाई चिनाउने एक मात्र क्रस कन्ट्री स्की खेलाडी दाछिरी शेर्पालाई अभिनन्दन नगरी रहन सकेनौं।
६ वर्षको उमेरदेखि १५ वर्षको उमेरसम्म बौद्ध गुम्बामा बसेर धर्म अध्ययन गरेका दाछिरी शेर्पा अझै पनि बुद्ध धर्मको अभ्यास गर्छन्। सोलुखुम्बु जिल्लाको टाक्सिन्दु गाउँमा १९६९ मा जन्मेका दाछिरी बाबुको मृत्युपछि बाबुको काज-क्रिया र परिवारको भरण-पोषणको जिम्मेवारी वहन गर्न गुम्बाबाट बाहिर निक्लिएका थिए। पर्यटकहरुको सहयोगीको रुपमा कामगर्ने दाछिरी, धावन र स्कीमा रम्नु पूर्व कराते खेल्ने गर्दथे। उनका दाजुको प्रेरणाको कारणले सुरु भएको उनको धावन करियर स्की हुँदै ओलम्पिकसम्म पुगेको छ।
कुरा के थियो भने, सन १९९२ मा फ्रान्सका मिशेल र स्विट्जरल्याण्डका जिल्वेयर मिलेरा नेपालमा अन्तर्राष्ट्रिय सुपर म्याराथन (महा-दौड) आयोजना गरेको कुरा दाछिरीका दाजुले थाहा पाए। यो प्रतियोगिता प्रत्येक वर्ष आयोजना गरिन्छ। यो महा-दौडमा काठमाडौँको कालिकास्थानबाट धुन्चे – गोसाइँकुण्ड – मेलम्ची हुँदै काठमाडौँसम्म कुद्नु पर्दथ्यो। भाइको क्षमताको राम्रो जानकारी भएका दाजुले दाछिरीलाई पनि त्यो दौडमा सहभागी हुन प्रेरित गरे। १९९४ को महा-दौडको बीचैमा बिरामी परेर पूरा गर्न नसकेका दाछिरी १९९५ भने तेश्रो भए।
यसरी लामो दूरीका अब्वल दर्जाका धावकहरु मध्ये एक बनेका दाछिरी २००२ मा अन्तर्राष्ट्रिय स्तरको अर्को दौडमा सामेल भए। अन्नपूर्ण आधार शिविरदेखि सगरमाथा आधार शिविरसम्म दौडनु पर्ने यो प्रतियोगितामा चार हजार मिटर उकालो चढेर र तीन हजार सात सय मिटर ओरालो झरेर एक हजार किलोमिटरको दूरी पूरा गरिन्छ। विश्व स्तरका ४७ जना धावकहरुले भाग लिएको र २२ जनाले पूरा गरेको यो दौडमा दाछिरी प्रथम भए। उनले १०८ घन्टामा दौड पूरा गरे। सन् २००७ मा काठमाडौँको बौद्धदेखि डोल्पाको फोक्सुन्डो तालसम्मको दौडमा पनि दाछिरी प्रथम भए। हाललाई स्विट्जरल्यान्डमा बसोबास गर्ने, तर मातृभूमिको गौरवप्रति सचेत यी धावक युरोपमा नेपाली झण्डा बोकेर लामो दूरीको धावन प्रतियोगितामा भाग लिन कहिल्यै चुक्दैनन।
दाछिरीको स्कीसँगको सम्बन्ध भने अनौठो पाराको छ। २००२ को दौडमा प्रथम भएपछि उनलाई नेपाल ओलम्पिक कमिटीले सम्पर्क गरेछ। कुरा के परेछ भने, उनी अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता खेलाडी भएकाले क्वालिफाइङ खेल खेल्नु नपर्ने र एनओसीलाई स्कीमा कोही न कोही लानै पर्ने बाध्यता। एनओसीका एक टाउकेले सोधे ‘भाइ जापानमा हुने एसियन गेममा स्की खेल्ने हो’। सोलुको पाखामा हुर्केका दाछिरीले चिप्लिने त होला नि भनेर हुन्छ भनिदिएछन्। पछि कुरा बुझ्दा त त्यति सजिलो रहेनछ। तैपनि ६ दिनमा १२ घण्टा तालिम लिएर खेलेछन् उनले क्रस कन्ट्री स्की।
इटालीको टोरिनोमा खेलिएको बीसौं गृष्मकालीन ओलम्पिकमा पनि क्रस कन्ट्री स्कीमा नेपालको प्रतिनिधित्व गर्न एनओसीका रवि राजकर्णिकारले दाछिरीलाई भनेका रहेछन्। तर, लामो समयसम्म कसैले सम्पर्क नगरेकाले दाछिरीले एनओसीले बिर्सिसक्यो होला भन्ने ठानेका रहेछन्। पछि खेलमा जाने बेलैमा सम्पर्क गरेर सोधिएछ ‘तयारी पूरा भयो?’। आफ्नै बलबुतामा जे जति तयार थिए त्यसैको आधारमा उनले नेपाली झण्डा बोके टोरिनोमान पनि। खर्च कम गर्न स्विट्जरल्यान्डको आफू बस्ने ठाउँबाट टोरिनोसम्म उनी आफै गाडी चलाएर गएका थिए।
यद्यपि उनलाई उनको खेल स्थलमा जाने, खाने र बस्ने खर्चसमेत एनओसीले पूरा दिएको छैन, निर्माणकर्मीको रुपमा स्विट्जरल्याण्डमा काम गर्ने दाछिरीसँग एनओसीप्रति कुनै गुनासो छैन। उनलाई अभ्यास गर्ने र खेल्ने सामाग्रीको लागि मात्र कमसेकम ३००० देखि ५००० सम्म युरो लाग्छ। प्रशिक्षणको खर्च अलग्गै छ। अन्य तयारीको कुरा त परै छोडौं। र, यो सबै खर्च आफैंले जुटाउनु पर्दछ। मलाई आफैलाई सोध्न मन लाग्छ, के आफ्नो धन खर्चेर देशको झन्डा बोक्न पाउने अवसर खोज्न र उपयोग गर्न हामी नेपालीहरु दाछिरी शेर्पा जत्तिकै तत्पर छौं?
सेताम्मे हिउँले १२ महिना ढाकिने पाखाहरुको धनी नेपालमा स्की लगायत गृष्मकालीन खेलको प्रवर्धन नहुनु दाछिरी लज्जाजनक बिडम्वना ठान्दछन्। यसर्थ दाछिरीले अत्यन्तै नाप-तौल गरेर भने ‘म सन २०११ मा नेपालमी स्की तालिम केन्द्र खोल्ने तयारीमा छु’। आशा गरौं, दाछिरीको यो योजना सफल होस र नेपाल गृष्मकालीन खेलकुदको दक्षिण एसियाली केन्द्र बनोस्।
बौद्ध धर्मको अभ्यासकर्ता दाछिरी, काम र वचनले कसैलाई नबिझाउन सँधै सतर्क रहन्छन्। तर पनि उनले एक जना सहभागी खेलाडीको लागि ११ जना मानिसको टोली थप चार जना ‘पत्रकार’को दलबलसहित नेपालबाट सरकारी खर्चमा आएको कारण बुझ्न सकेका छैनन्। त्यो खर्च बच्न सकेको भए अरु खेलाडीहरु लाभान्वित हुन सक्ने उनको तर्क छ।
दाछिरीलाई एनओसीले पर्याप्त सम्मान र सहयोग नगरे पनि भेन्कुवरमा बस्ने नेपालीहरुले भने उनको अभिनन्दन गरेका छन। सन २०१० को फेव्रुअरी २८ तारिखका दिन भेन्कुवरस्थित क्याफे काठमाडौँमा भएको अभिनन्दन समारोहमा नेपाली सांस्कृतिक समाज बृटिस कोलम्बियाका अध्यक्ष रत्न राई, हिमालयन सकर क्लवका संस्थापक क्याप्टेन काल्देन शेर्पा र PNEFA का अध्यक्ष अवि शर्माले दाछिरीको सम्मानमा मन्तब्य ब्यक्त गर्नुभएको थियो। सो अभिनन्दनको आयोजना हिमालयन सकर क्लवले गरेको हो।
दाछिरीले दैनिक खर्च समेत पुग्ने जति नपाउनु, नेपालकै लागि भनेर तालिम लिएका श्याम ढकाल, उत्तम रायमाझी र सुबास खत्रीहरुलाई भ्रष्टाचारको माखे साङलोमा फसाईनु तर सरकारी खर्चमा पदाधिकारीहरुका श्रीमती, आउरे-बाउरे-धुपौरे र नक्कली पत्रकारहरु सहित १५ जनाको टोली सरकारी खर्चमा ओलम्पिकको रमझम हेर्न आउनुले नेपाल खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र नेपाल स्की एसोसिएसनको दयनीय स्थिति देखाउँछ। भेन्कुवरको बजारमा जीवनराम श्रेष्ठ एक्लैले करिव ८००० अमेरिकी डलर चोखो कमाए भन्ने हल्ला चलेको छ। नेपालमा प्राय यस्ता हल्लाहरु सत्य सावित हुने चलनलाई स्वीकार्ने हो भने आरु पदाधिकारीहरुले कति कमाए होलान भन्ने अनुमान लगाउन सकिन्छ। बिडम्बनाको कुरा यो छ कि, खेलाडी आफैं चाही स्कीमा उपयोग हुने सामानहरु उत्पादन गर्ने ‘रोशिग्निले’ भन्ने कम्पनीले आर्थिक सहयोग नगरेको भए भेनकुवर आउन सक्ने थिएनन। धन्न हामीले खेलाडी बिनाको नेपाली टोली आएको समचार पढ्न परेन। कहिले सम्म भोग्ने हो नेपालले नेपालको नाममा अन्तर्राष्ट्रीय ओलम्पिक कमिटीले दिएको रकम र नेपाली करदाताले तिरेको करको यो ब्रह्मलुट? प्रश्न अनुत्तरित छ।
(यो ब्लग दाछिरी शेर्पासंगको कुराकानी, अवि शर्माले उपलव्ध गराउनुभएको कुराकानी र यहाँ उपलब्ध सामाग्रीको आधारमा तयार पारिएको हो।