फेब्रुअरी ८ , ल्युभेन !
बेल्जियम शेर्पा किदुग को अन्तरक्रिया कार्यक्रम फेब्रुअरी ८ का दिन ल्युभेन मा सम्पन्न भएको छ ! उक्त कार्यक्रम मा नेपाल बाट आउनु भएका सभासद पासांग शेर्पा ज्यु प्रमुख अतिथि हुनुहुन्थ्यो ! शेर्पा जातिको प्रमुख चाड कै रुपमा मनाइने नयाँ वर्ष गेल्बु लोसार र लोसारको पुर्वागमनमा मनाइने ल्हप्सो पुजा कसरि र व्यवस्थित रुपमा मनाउने भन्ने वारे विस्तृत छलफल भएको थियो ! तदानुसार यहि फेब्रुवरी २१ तारिख का दिन बेल्जियमको हुई स्थित बौद्ध गुम्बामा २१३७ सौं ताकल्हो ल्होसार को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण शेर्पा दाज्युभाई तथा दिदीबहिनी हरुका साथै सम्पूर्ण नेपाली हरुको सु-स्वास्थ्य , दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामनाको निमित्त ल्हप्सो पुजा मनाइनेछ भने आगामी मार्च महिना को ६ तारिख का दिन ल्युभेन मा भव्य ल्होसार मनाइने तय भएको छ ! स्मरण रहोस उक्त ल्होसार कार्यक्रमको लागि नेपाल , अमेरिका र युरोपका अन्य देशहरु बाट समेत ख्याती प्राप्त शेर्पा कलाकार हरु आउनुहुने भएको छ !
बेल्जियम स्थित नेपाली संघ संस्था का पदाधिकारी र प्रतिनिधिज्यु हरुलाई ल्होसारको अग्रिम शुभकामना सहित यसै सुचना मार्फत उपस्थितिको लागि हार्दिक आमन्त्रण गरिएको छ !
लोसार कार्यक्रम : ६ मार्च
समय : ५ बजे देखि बिहान सम्म !
स्थान : ONS HUIS GOUDBLOEM STRAAT - 20 , 3000 leuven , Belgium.