USERNAME
PASSWORD
Remember me
Users Online :   86
Registered Members : 2951
Home | About Us | Community | E-Talk | News | Newsletter | Help | Stats
 Discussion Forum > Breaking News > युके शेर्पा किदुगको चौथो सम्मेलन सफलताका साथ सम्पन्न
There are 4 messages in this thread.
This thread has been viewed 511 times.

sherpa-kyidug             Reply | Notify Admin
 2/7/2010 11:42:09 AM


सम्पूर्ण शेर्पाको चाहना, एकीकृत समाजको परिकल्पना भन्ने मुल नाराका साथ भेटघाट रेष्टुरेन्ट अल्डरशटमा २४ जनवरीमा युके शेर्पा किदुगको चौथो सम्मेलन सफलताका साथ सम्पन्न भएको छ ।उद्घाटन सत्रको अध्यक्षता किदुगका अध्यक्ष आङ कल्जङ लामाले गर्नुभएको थियो भने अतिथिहरुमा लामा गुरु पासाङ नुरु शेर्पा, जनजाति महासंघ यूकेका अध्यक्ष श्रीप्रसाद लिम्बु, एनआरएनए यूकेका अध्यक्ष सुर्य गुरुङ, सृजनशील समाजका शेर सुनार, बुद्धिष्ट कम्यूनिटीका अध्यक्ष काजी शेर्पा, सल्लाहकार पेम्बा लामालगायत हुनुहुन्थ्यो । किदुगका अध्यक्ष आङ कल्जङ लामाले बेलायतमा क्रियाशील जनजाति महासंघ तथा एनआरएनए यूकेले यस सम्मेलनको


मुल नारालाई सार्थक बनाउन सक्छ भन्दै एनआरएन यूकेलाई सम्पूर्ण नेपालीहरुको साझा संस्थाको रुपमा अगाडि बढाउन महासंघको अवधारणा अवलम्वन गरे मात्र सफलता प्राप्त गर्न सकिने स्पष्ट पार्नु भयो ।

उहाले विश्वमा रहेका सबै नेपाली संघ संस्थाहरुले नेपाल सरकारले गैर आवासीय नेपालीलाई दिने भनिएको परिचयपत्रलाई बहिष्कार गरेर दोहोरो नागरिकताको लागि नेपाल सरकारलाई दबाबमुलक प्रयासहरु थालनी गर्नुपर्ने धारणा राख्नुभयो । बेलायतमा विभिन्न उद्देश्यका लागि गठन भएका संघ संस्थाहरुमा सबै समुदायलाई उपस्थितिको वातावरण मिलाउन सकेमात्र एकीकृत समाज निर्माणको परिकल्पना गर्न सकिने उहाले विचार व्यक्त गर्नुभयो ।

शुभकामना मन्तव्यको क्रममा जनजाति महासंघका श्रीप्रसाद लिम्बुले महासंघका गतिविधिको चर्चा गर्दै संघ-संस्थाको वाषिर्क साधारणसभा तथा सम्मेलनमा अन्य संस्थाका व्यक्तित्वहरुलाई आमन्त्रण गरेको यो पहिलो हो भन्नुभयो । यस कार्यबाट सम्मेलनको मुल नारालाई सार्थक बनाउन मद्दत मिल्ने कुरामा उहाले जोड दिनुभयो । एनआरएनए यूकेका अध्यक्ष सूर्य गुरुङले दोहोरो नागरिकताका बारेमा भएका पहलको बारेमा जानकारी दिनुभयो । सृजनशील समाजका अध्यक्ष शेर सुनारले दलितहरुको आत्मनिर्णयको अधिकारलाई सुनिश्चित गर्नका लागि एकीकृत हुनुपर्ने औंल्याउनु भयो ।

लामा गुरु पासाङ नुरु शेर्पाले छ्योमी (दीप) प्रज्वलन गरी सम्मेलनको उद्घाटन गर्नु भएको थियो । किदुगका उपाध्यक्ष गोम्वा शेर्पाले स्वागत मन्तव्य दिनु भएको थियो भने छिरिङ (चाद) लामाले धन्यवाद मन्तव्य तथा उद्घाटन सत्रको उद्घोषण किदुगका महासचिव रिन्जी शेर्पाले गर्नुभएको थियो ।
दोस्रो चरणको बन्द सत्रमा सांगठानिक प्रतिवेदन महासचिव रिन्जी शेर्पा र आर्थिक प्रतिवेदन श्रीमती पसि शेर्पा विधान संशोधन प्रस्ताव अध्यक्ष आङ कल्जङ लामाले प्रस्तुत गर्नु भएको थियो। प्रस्तावमाथि छलफलपश्चात अनुमोदन गरिएको थियो ।

सो सत्रमा बुद्धिष्ट कम्यूनिटी सेन्टरका बारेमा काजी शेर्पाले आफ्ना भनाईहरु राख्नु भएको थियो भने जनजाति महासंघ यूके, हिमालयन सांस्कृतिक केन्द्र नेपाल तथा, दोहोरो नागरिकता तथा विधान संशोधन प्रस्तावमाथि छलफल गरिएको थियो ।

सम्मेलनको बन्द सत्रमा काजी शेर्पा, पेम्बा लामा तथा श्रीमती पेम्जङ शेर्पाको अध्यक्ष मण्डलले गोम्बा शेर्पाको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ। नवनिर्वाचित पदाधिकारीहरुमा उपाध्यक्ष दावा सोनाम लामा, महासचिव रिन्जी शेर्पा, सचिव छिरिङ (चाद)लामा, कोषाध्यक्ष श्रीमती पसी शेर्पा र सह-कोषाध्यक्ष साना शेर्पा चुनिनु भएको छ । त्यसैगरी सदस्यहरुमा सोन लाकपा शेर्पा, फुर्वा शेर्पा, श्रीमती आङ माया लामा, आङफुला शेर्पा र पेम्बा शेर्पा रहनु भएको छ ।

त्यसैगरी क्षेत्रीय सांस्कृतिक सचिवमा कमन सिंह लामा, निमा शेर्पा (आसफोर्ड सह-कम्यूनिटी अध्यक्ष) तथा क्षेत्रीय प्रतिनिधि दावा शेर्पा -वेल्स), दावा शेर्पा (स्कटल्याण्ड), ग्याल्जन शेर्पा (नर्थवेष्ट र मिडल्याण्ड) रहनु भएको छ । सम्मेलनले प्रमुख सल्लाहकारमा आङ कल्जङ लामा तथा सल्लाहरकारहरुमा क्याप्टेन आङफुला शेर्पा, रि.ले.काजी शेर्पा, पेम्बा लामा तथा डा. ङवाङ शेर्पालाई चयन गरेको छ ।

 
 
uksonam             Reply | Notify Admin
 2/20/2010 4:04:29 AM


Dear chairman and all executive member of Nepal Sherpa Student Forum,
Thank you very much for posting few words we are grateful for that.
Dawa sonam lama
uk sherpa kidug
 
 
| Back to Home | Discussion Thread List | Forums List |

 

 

RECENT logins
show | hide
SSherpa 9:23:42 PM
lions 3:25:35 PM
badrex99 12:24:04 PM
dtsherpa 11:14:52 AM
lhakpagelu 11:07:58 AM
LhakpaGelu 10:03:50 AM
LhakpaGelu 9:41:20 AM
ThamoNgawang 8:03:10 AM
tongmarmendok 6:42:19 AM
LhakpaGelu 11:34:56 PM
chopel 9:34:44 PM
chopel 9:33:41 PM
Lama7428 5:51:00 PM
Salaka_Phujung 4:59:42 AM
atsnamche 3:07:31 AM
himalibabu 3:05:16 AM
himalibabu 3:05:16 AM
himalibabu 3:04:42 AM
ADSherpa38 5:27:59 PM
fsherpa 2:04:09 PM
sherpa-kyidug 1:00:00 PM
tongmarmendok 10:34:59 AM
pasangsherpa 8:56:18 AM
dtsherpa 1:24:57 AM
dtsherpa 1:12:33 AM
kisan 10:31:43 PM
kisan 10:04:23 PM
01_sherpa 8:27:48 PM
angphu_57 10:37:20 AM
chopel 10:35:01 AM
Refer to a friend


Featured Ads
 
© 2003-2005 New York Sherpa Kyidug