USERNAME
PASSWORD
Remember me
Users Online :   136
Registered Members : 2995
Home | About Us | Community | E-Talk | News | Newsletter | Help | Stats
 Discussion Forum > General Forum II > इमिग्रेशन कानुन पारित गराऊ, आप्रावाशीहरुको अस्तित्व बचाउ –बिनोद र
There are 2 messages in this thread.
This thread has been viewed 942 times.

Beckham             Reply | Notify Admin
 12/14/2009 9:35:50 PM


इमिग्रेशन कानुन पारित गराऊ, आप्रावाशीहरुको अस्तित्व बचाउ –बिनोद रोका   
(CIR) विल ११० औं यु एस कंग्रेसमा छलफल भएको थियो। (S1348) यस्ले बिना भिषा अमेरिकामा बसिरहेका २ करोड भन्दा बढी बिदेशीहरुलाई यहा बसोबास गर्न पाउने स्टाटस दिई नागरिकता पाउने सम्मको बाटो दिन्छ। यो बिल US Senate    मा मे ९, २००७ मा पेश भएको थिया तर यस्मा शंसोधनका लागि धेरै प्रस्ताबहरु ल्याईयो अनि यस बिललाई अग्राधिकार दिएर मतदानमा ल्याउनका लागि राखिएको प्रस्ताबले सिनेटमा ६० मत प्राप्त गर्न नसक्दा थन्कीएर बस्नु परयो।

यो बिल यसभन्दा अगाडी पारित हृन नसकेका ३ वटा बिलहरुको सहमति रुप हो। ती हृन मे २००५ मा प्रस्तावित Mc-Kennedy Bill, Cornyn-Kyl Bill र सिनेटर ,Arlen Specter ले ल्याएको बिल (S2611) हो जृन मे २००६ मा सिनेटबाट पारित भया तर हाउसबाट पास हृन सकेन। सिआइआर बिल अन्तीम चोटी पूर्व राष्ट्र्पति बृसको अनृरोधमा सिनेटमा छलफलका लागि जृन २५ मा लगियो तर प्रस्ताबको पक्षमा ३५ मत र बिपक्षमा ६४ मत परेको हृदा अगाडि बढन सकेन।

यस बिलले मृख्यतया निम्न व्यबस्था गरेको छ।
१। यो बीलले जेड Z    भिषाको व्यबस्था गरेको छ जस अनृसार कानृनले अयोग्य नठहरिएका। अमेरिकामा जनबरी १, २००८ सम्म बिना भीषा बसीरहेका बिदेशीलाई अमेरिकामा Social Security Number    दिई बसोबास गर्न दिने र ८ बर्षपछि ग्रीनकार्ड पाउन सक्ने व्यबस्था छ। यस्का लागि बिदेशीहरुले २००० डलर जरिवाना र काम गरेको अवधिको कर सरकारलाई बुझाउनु पर्दछ    र ग्रीनकार्ड पाएका मितिले ५ बर्षपछि अमेरिकाको नागरिकता पाउन निवेदन दिन सक्दछन।

२। पारिबारको पुनर्मिलन भएका व्यक्तिहरुले पनि आफनो श्रीमान।श्रीमती तथा २० बर्षननाघेका नाबालख छोराछोरीलाई अमेरिकी नागरिकले पाए सरहको सृविधा पाउने छन। हालको व्यवस्था अनृसार ग्रीनकार्ड भएका ब्यक्तिहरुले आफनो श्रीमान।श्रीमती तथा २० बर्षननाघेका नाबालख छोराछोरीलाई अमेरिकामा ल्याई संगै बस्नका लागि देश अनुसार    समयसम्म परिवारबाट विछोडीएर बस्नु पर्छ तर अमेरीकि नागरिकहरुले भने तृरुन्तै ल्याउन पाउछन।

३। हाल भै रहेको व्यबस्था अनृसार कामदारहरुले ग्रीनकार्ड पाऊनका लागि अमेरिकी रोजगारदाताले स्पोन्सर गर्नु पर्दछ तर यो बिलले त्यो व्यबस्थालाई हटाएर नम्बरलाई आधार बनाई दक्षतालाई प्राथमिकता दिएको छ। यस्तो व्यबस्था हाल बेलायत, अष्ट्रेलीया, क्यानडा र अन्य कतिपय बिकसित    देशहरुमा रहेको पाईन्छ।

४। गेष्र्टवर्करको प्राबधान। यो प्रावधान अनृसार अमेरिकामा विदेशीहरुलाई एक पटकमा २ बर्षम्मका लागि काम गर्न पाउने भिषा दिइन्छ जसलाई Y वाई भीषा भनिन्छ। २ बर्षकाम गरिसकेपछि कामदार आफनो देशमा फर्किएर १ बर्षपछि पुन अर्को पटक अमेरिकामा काम गर्न आउन सक्दछ।

५।ड्रीमएक्ट, यो प्राबधान अनृसार भिषाविना अमेरिकामा बसीरहेका विदेशीहरुका नाबालख सन्तानहरु जो अमेरिकाबाट हाईस्कृलसम्मको शिक्षा प्राप्त गरि कलेज जान लागेका छन वा अमेरिकी सेनामा सेवा गर्छन, तीनीहरुलाई अमेरिकामा बस्ने अनुमति दिन्छ।

६।अमेरिका र मेक्सीकोको बोर्डरलाई अझ सृरक्षित पार्न २०,००० बोर्डर पेट्रोल एजेन्टको व्यबस्था गरी र ३७० माईल पर्खालको निर्माण गर्नेछ।

यो बिल लाई फेरी राष्ट्र्पति बाराक ओबामाले २०१० मा पारित गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। तर पुरातन बिचार भएका सिनेटर र हाऊसका सदस्यहरुले यो बिलको बिरोध गरिहेका छन बिदेशीहरुलाई यस्तो सृबिधा दिइनृ हृन्न भनेर तर अर्कोतफै स्वयम राष्ट्र्पति एवं लिवरल बिचार राख्ने सदस्यहरुले भने आप्रबासीहरुको महत्व अमेरिकाको चौतर्फी बिकाशको लागि .अपरिहार्य रहेको हृदा यो बिल चाडो पास हृनृ पर्दछ भनि लागि रहनृ भएको छ।
   
यो बिलको बिपक्षमा रहेका व्यक्तिहरुले भने आफ्ना प्रतिनिधिहरुलाई फोन र इमेल, लेख तथा भेटघाट गरेर यो बिल पारित भएमा अमेरिकी नागरिकहरुले काम पाउदैनन, सरकारी खर्च बढछ जस्ता तर्क दिईरहेका छन जबकि अधिकांश विदेशीहरुले प्राय अमेरिकी नागरिकहरुले नगर्ने कामहरु गरिहेका छन भने शिक्षितहरुले गर्ने काम यँहाका दक्ष व्यक्तिहरुले गर्न नभ्याएका काम हृन जुन याँहाको लागि अति आवस्यक रहेको छ। त्यस्तै विदेशीहरुले तिर्ने गरेको कर उनीहरुले पाएको सुविधा भन्दा बढी रहेको आंकडाहरुले देखाउने गरेको पाईन्छ।
   
अनि आकडाले के पनि देखाउँछ भने कागजी प्रमाण बेगर अमेरिकामा बसोबास गरि रहेका बिदेशीहरुलाई हटाउने हो भने लगभग २८ लाख कामहरु खाली हृन्छन र यहाको जिडिपि २४५ बिलियन घटदछ। त्यस्तै एबिसीले भरखरै गरेको र्सर्बेक्षणले के देखाउछ भने ७१ प्रतिशत अमेरिकी मतदाताहरु बिना कागज अमेरिकामा बसोबास गरिरहेका बिदेशीहरुलाई यहा बसोबास गर्न पाउने अधिकार दिईन पर्दछ भन्ने मान्यता राख्छदन। तर र्समर्थनमा यसरी आफनो आवाज पुरयाउने काम त्यती जोडले भैरहेको छैन।

यो देश प्रजातान्त्रिक मान्यतामा विश्वास राख्ने भएको हृनाले जस्को पक्षमा बढी आवाज वा भोट पर्छ उसैले परिणाम पाउन सक्दछ। त्यर्सथ २ करोड भन्दा बढी आप्रावासीहरुको आधकार प्राप्तीका लागि हाम्रो पनि कर्तव्य हृन्छ कि आ आफना राज्यका प्रतिनिधिहरुलाई फोन र इमेल वा भेटेर बिलको र्समर्थनमा आवाज पृर्याउनृ। सबै प्रतिनिधिहरुलाई २०२ २२४ ३१२१ मा फोन गरेर आफनो आवाज पुरयाउन सकिन्छ। तपाईले आफनो आवाज पृरयाउन स्टाटस नभनि आफनो र बसोबास गरिहेको राज्यको नाम मात्र खृलाउनृ सक्नृहृन्छ।   
 
 
| Back to Home | Discussion Thread List | Forums List |

 

 

RECENT logins
show | hide
photohera 3:46:58 AM
photohera 2:18:39 AM
photohera 1:54:17 AM
photohera 1:07:36 AM
SSherpa 1:24:25 PM
SLama 11:49:01 AM
sherpa-kyidug 11:43:31 AM
kisan 9:26:30 PM
admin 12:36:40 PM
ksherpa08 5:30:23 AM
ksherpa08 5:28:27 AM
angsamir 8:00:47 PM
ksherpa08 1:27:35 PM
ksherpa08 5:13:20 AM
photohera 2:25:54 AM
khumjungmingma 6:15:13 PM
photohera 12:57:28 PM
kisan 10:48:20 PM
dendi 9:54:16 AM
BhikshuniLozang 3:20:10 AM
sherpa-kyidug 9:58:43 PM
sherpa-kyidug 9:14:17 PM
ThamoNgawang 2:37:38 PM
sherpaz 11:59:06 AM
stairway 7:31:28 AM
Chhophel 12:58:02 AM
Mendewa 1:30:14 PM
kisan 3:19:11 AM
kisan 3:19:05 AM
ksherpa08 11:11:54 AM
Refer to a friend


Featured Ads
 
© 2003-2005 New York Sherpa Kyidug