USERNAME
PASSWORD
Remember me
Users Online :   52
Registered Members : 2995
Home | About Us | Community | E-Talk | News | Newsletter | Help | Stats
 Discussion Forum > Politics & Economics > b> newyer party in LEUVEN
There are 3 messages in this thread.
This thread has been viewed 1486 times.

euro_pali             Reply | Notify Admin
 4/18/2007 9:20:55 AM



 
 
euro_pali             Reply | Notify Admin
 5/29/2007 1:43:46 PM


पैसा देखेपछि महादेवको तीन नेत्र
जे सुकै भन तिमीहरु मलाई,
धोकेबाज,बेइमान, कुलङ्गार,अरिँगाल
जिन्दगि चल्छ केबल पैसाले
पैसा देखे महादेवको तीन नेत्र!!

नेपालमा हुँदा खुब राजनिती गरियो,
आफ्नो पार्टीको लागि ज्यानै दिइयो।
छोडियो देश, युरोप आईयो
राम्रो पनि गरियो, नराम्रो पनि गरियो
बाऊबाजे देखि आस्था रहेको पार्टी
यहाँ पनि भेट्टाईयो,
त्यसमा आफू प्रबक्ता भैइयो।
न पैसा पाइयो,न भ्रस्टाचार गर्न पाईयो।
ठ्याक्कै बिरोधी शक्तिलाई भेटियो,
टन्न गाँठ पाउने बिश्वास पाईयो।
कार्यक्रम सुधारे बधाई पाउने,
बिथोले देखि खल्ती भरिने।
बनाउन गाह्रो भत्काउन सजिलो,
सजिलो काम गरी पैसा कमाईयो।
पैसा देखे महादेवको तीन नेत्र!!

प्रबक्ता हुनुको फाईदा उठाईयो,
आफ्नै पार्टीको बिरोध गरियो
राम्रो लाई नराम्रो बनाईयो,
टाउकोमै बसी घाँटि रेटियो
अरुको काममा आफ्नो नाम राखियो
जुन थालमा खाईयो,त्यहि थालमा थुकियो।
बिचरा तिमीहरुले पनि गल्ती नै गर्यौ,
नरिवलको रखवाली गर्न बाँदरलाई पठायौ
बाँदरले हातमा नरिवल पायो,
मलाई भने यहाँ लोट्टरी नै पर्यो
पैसा देखेपछि महादेवको तीन नेत्र!!

म पनि त इमान्दार् थिएं,
बाऊले राम्रै कुरा सिकाका थिए।
तर के गर्नु,
त्यहि बाऊलाई पनि पाल्नै पर्ने रैछ,
पैसा नभैइ नहुदो रैछ
फोहोर उठाको भरमा कति दिन बाँच्ने?
म त तिम्रो छोरा मात्रै हो बाउ,
पैसा देखेपछि महादेवको त तीन नेत्र!!

बल्ल बल्ल एउटा काम भेट्टाईयो,
नजाने पनि गर्ने आँट गरियो,
स्कुलमा पढाउन गैइयो
बिध्यार्थीबाटै लखेटिइयो ,
असक्षम शिक्षक भनी निकालिदियो।
अनि म के गरुँ त बाऊ ,
बेइमान हुँदा पैसा कमाईने,
पैसा देखे महादेवको तीन नेत्र!!


मलाई गाली नगर बाऊ
अब गर्नु गर्छ यो छोरोले ,
चुनावमा मलाई उठाउछन् रे
अनि मलाई नै जिताउछन् रे
सपथ खुवाउनेले खुवाइरहन्छन्,
त्यो सबै कन्टेनरमा फालिरहन्छु
यस्ता यस्ता काम म गरिरहन्छु,
बाऊ तिमीलाई पैसा पठाईरहन्छु
बाऊ म बिकें आज यत्र तत्र
किनकि
पैसा देखे पछि महादेवको तीन नेत्र!!

www.sangalo.be
 
| Back to Home | Discussion Thread List | Forums List |

 

 

RECENT logins
show | hide
ksherpa08 12:56:01 AM
sherpa-kyidug 5:34:33 PM
stairway 8:14:00 PM
stairway 8:13:20 PM
sherpa-kyidug 7:56:52 PM
sherpa-kyidug 4:38:30 PM
stairway 10:05:31 AM
stairway 10:04:23 PM
sherpa-kyidug 9:25:02 PM
sherpa-kyidug 9:10:44 PM
sherpa-kyidug 9:09:57 PM
stairway 9:01:40 PM
photohera 2:33:58 PM
photohera 2:33:39 PM
photohera 2:27:50 PM
sherpa-kyidug 1:14:50 PM
photohera 3:46:58 AM
photohera 2:18:39 AM
photohera 1:54:17 AM
photohera 1:07:36 AM
SSherpa 1:24:25 PM
SLama 11:49:01 AM
sherpa-kyidug 11:43:31 AM
kisan 9:26:30 PM
admin 12:36:40 PM
ksherpa08 5:30:23 AM
ksherpa08 5:28:27 AM
angsamir 8:00:47 PM
ksherpa08 1:27:35 PM
ksherpa08 5:13:20 AM
Refer to a friend


Featured Ads
 
© 2003-2005 New York Sherpa Kyidug