Home » Uncategorized » About ‘Nepal Day Parade’

About ‘Nepal Day Parade’

Nepal Day Parade

Nepal Day Parade

प्रेस बिज्ञप्ति

पत्रकार मित्रहरु
आदरणीय जनसमुदायहरु

शेर्पा किदुग एउटा यसतो सस्था हो जसले कसैको नकारात्मक टिका टिप्पणी गर्दैन आरोप प्रत्यारोप गर्ने काम गर्दैन र कसैको पक्ष पोषण गर्दैन, सबैप्रति समान ब्यबहार र सबैको सम्मान गर्दछ। तर नेपाल डे परेडको सम्बन्धमा आफ्नो धारणा स्पस्ट रुपमा राखेको हो। नेपाली मिडियामा शेर्पा किदुगले बहिस्कार गरेको भन्ने समाचारप्रति हाम्रो ध्यानाकार्षण भएको छ। त्यो बहिस्कार नभै हामीले उठाएका कुराहरु सुनिएन भने सहभागी हुन नसक्ने जानकारी गराएको हो। नेपाल डे परेडको अवधारणा ल्याउनु स्वागत योग्य कुरा हो र यसलाई भव्य र सभ्य रुपमा मनाउनु हामी सबै नेपालीहरुको कर्तब्य हो । ३ करोड नेपाली र राष्ट्रको प्रतिष्ठासँग गांसेको नेपाल डे परेड मनाउने सम्बन्धमा अमेरिकामा रहेको सबै नेपाली संघ संस्थाहरुको माझ वृहद छलफल र गृहकार्य नै नगरी ३ वटा संस्थाको अध्यक्षले मात्र आफुखुशी निर्णय गरी मे २२,२०१६ मा नेपाल डे परेड बिश्वको राजधनीको रुपमा लिईने न्यूयोर्क शहरमा मनाउने कुरा गत अप्रिल ३,२०१६ मा गरिएको पत्रकार सम्मेलनबाट जानकारी भएको हुंदा धेरै जस्तो नेपाली संघसंस्थाहरुले प्रश्न उठाउन थालिएको छ । प्रत्यक्ष रुपमा नेपाल र नेपालीको प्रतिष्ठासँग जोडिएको कार्यक्रम यति छोटो समय र हल्का रुपमा जिम्म्ेवारी लिनु तीन वटा संस्थाको अध्यक्षलाई कसले अधिकार दिएको छ? पर्याप्त गृहकार्य विना आवश्यक सरसल्लाह नगरिकन गर्न खोजिएको नेपाल डे परेड असफल भै नेपाल र नेपालीको बेइज्जत भएमा त्यसको जिम्मेवारी कसले लिने आदि ईत्यादि कुराहरु उठ्न थालिएको छन् । धेरै नेपाली संघ संस्थाहरुले नेपाल सरकारको प्रतिनिधि महावाणिज्यदुत न्यूयोर्कको अगुवाईमा सबै नेपाली संघ सस्थाहरुको सहभागितमा एक मुल आयोजक समिति बनाई उपयुक्त दिनको छनौट गरी नेपाल डे परेड अयोजना गरेमा विवाद रहित र भव्यताको साथमा सम्पन्न हुनेमा कसैको दुई मत हुन सक्दैन। साथै एन आर एन को सहभगिता पनि हुनु पर्दछ। मे २२,२०१६ को दिन तय भएको नेपाल डे परेडलाई कसरी नेपालको नेशनल डे को रुपमा लिने? ६ दशक भित्र ३/४ वटा फरक फरक नेशनल डे को रुपमा आएको तपाई हामी सबैले देखेका छौ । नेपालमा एक पक्षले वर्तमान संबिधानलाई स्वीकार नगरेको, केही पक्षहरु संविधान संशोधनको कुराहरु गरिरहेको र कोही अन्दोलन गरिरहेको पनि हाम्रो सामु छर्लंग छ । त्यस आवस्थामा भोलिका दिनहरुमा अर्कै दिनमा पनि नेशनल डे हुन सक्दछ। देशको नेशनल डे त्यस्तो होस् जो स्थिर होस जसमा सबै नेपालीहरुको सहभगिता हुने वातावरण होस जसले नेपालको शान र राष्ट्रियता झल्कियोस, बिश्व सामु नेपाल र नेपालीको शीर उच्च पार्न सकियोस र हामी सबैले नेपाली हुनुमा गौरव गर्न सकियोस् भन्ने अर्थमा नेपाल डे परेड हरेक बर्षको बुद्ध जयन्तीको दिनलाई अथवा सगरमाथामा पहिलो मानव पाइला टेकेको दिनलाई नेपाल डे परेडको रुपमा मनाउनु पर्दछ । बुद्ध जयन्तीलाई संयुक्त राष्ट्रसंघले हरेक बर्ष बेशक डे को रुपमा मनाउदै आएको आवस्थामा हामी नेपालीहरु बुद्ध नेपालमा जन्मेको हो भनी कराई रहंदा किन बुद्ध जयन्तीलाई नेपाल डे परेडको रुपमा नमनाउने ? सगरमाथाबाट बार्षिक रुपमा करोडौको राज्श्व उठाउदा मे २९ लाई किन नेपाल डे परेडको रुपमा नमनाउने ? बुद्ध र सगरमाथालाई नेपाल सरकार,राजनीतिक दल र अन्य संघसंस्थाहरुले किन बिश्वसामु संधै मागी खाने भांडोको रुपमा मात्र प्रयोग गर्न खोज्छ । शेर्पा किदुग अमेरिका बुद्ध जयन्ती वा र मे २९ लाई नेपाल डे परेडको रुपमा मनाउनु पर्दछ भन्ने धारणा राख्दै यी दुई दिनलाई उच्च महत्व नदिएमा शेर्पा किदुग अमेरिका मे २२,२०१६ को दिन तय भएको नेपाल डे परेडमा सहभागी नहुने सबैमा जानकारी गराउंदछौ।
धन्यवाद

अध्यक्ष
दावा जाङ्बु शेर्पा
शेर्पा किदुग अमेरिका न्युयोर्क

Comments are closed.