शेर्पा किदुग अमेरिकाको वार्षिक साधारण सभा गत मार्च १८ २०१७ मा सम्पन्न भएको छ। किदुगका अध्यक्ष उर्गेन शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रबक्ता पेम्बा गेलु शेर्पाले स्वागत मन्तब्य, महासचिब तेन्डी शेर्पाले वार्षिक प्रतिबेदन र सहकोषाध्यक्ष फुरनिमा शेर्पाले आर्थिक प्रतिबेदन पेश गरेका थिए।

किदुगको आफ्नै भवनको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा धर्म गुरु लोपेन ग्युर्मे छोडकले पनासमा दिप प्रज्वलन गरी शुभरम्भ गर्नु भएको थियो। किदुगद्वारा प्रस्तावित तीनवटा महत्वपूर्ण प्रस्ताबहरु माथि गहन छलफल भैई सोही प्रस्ताबहरु मध्ये किदुगका कार्य समितिका महत्वपूर्ण पदहरु अध्यक्ष, उपध्याक्ष महासचिब र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीबाट छनोट गर्ने वा नगर्ने र किदुगको साधारण, अजिबन र संरक्षक सदस्य शुल्क बढाउने कि नबढाउने भन्ने सम्बन्धमा किदुगका सबै सदस्यहरुको राय सुझाब र मतलाई समेट्ने उद्देश्यले सबैलाई पत्रचार गरी निर्णय गरिने भएको छ। उपस्थित सदस्यहरुले किदुगको बिर्हतर हितको लागि बिभिन्न सुझाब र प्रस्ताबहरु पेश गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat