ब्यावसायिक फुटबल टीम (Professional Soccer Team) गठनको निर्णय सहित USFC र NSSP को बजेट पारित ।

गत आईतवार मेई २०, २०१८मा बसेको शेर्पा किदुगको कार्यसमिति बैठकले चालु आर्थिक वर्षको लागि युनाइटेड शेर्पा फुटबल क्लबको लागि $80,000.00 (अस्सी हजार डलर) तथा शेर्पा विद्यार्थी र व्यावसायिकहरुको सन्जाल (NSSP) को लागि 11,000.00 (एघार हजार डलर)को बजेट पारित गरिएको छ ।

USFC ले हाल संचालनमा रहेको फुटबल तालिमलाई थप सुविधाका साथ व्यवस्थित बनाउँदै लगिने छ भने १७ वर्ष भन्दा माथिका लाई व्यावसायिक फुटबल क्लबमा आवद्ध गरिने छ ।

NSSP ले समुदायका युवा तथा विद्यार्थीहरुलाई संगठित गर्दै विभिन्न शैक्षिक तथा चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने छन् ।

USFC र NSSP का सम्पूर्ण कर्मठ र जुझारु साथीहरुलाई धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat